२०८३ असार २२

राजनीति

एकताबद्ध कांग्रेस निर्माणमा सभापतिको ध्यान पुगोस् : पौडेल

एकताबद्ध कांग्रेस निर्माणमा सभापतिको ध्यान पुगोस् : पौडेल

राजनीति
काठमाडौँ — कांग्रेस नेता रामचन्द्र पौडेलले एकताबद्ध र सुदृढ नेपाली कांग्रेस आजको आवश्यकता भएको बताएका छन् । नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई बुधबार बिहान बधाई दिँदै पौडेलले लोकतन्त्र र संविधान अहिले पनि खतरामुक्त नभइसकेको अवस्थामा सबैलाई समेटेर सशक्त र एकताबद्ध कांग्रेस निर्माणमा सभापतिको ध्यान पुग्नुपर्ने बताए । Advertisement पौडेलले लेखेका छन्, 'हामी राष्ट्रिय जीवन र पार्टी जीवनको इतिहासको अत्यन्तै गम्भीर मोडमा छौ । एकातिर सात दशक लामो संघर्षबाट नेपाली जनताले स्थापित गरेको लोकतन्त्र र संविधान सभा मार्फत जारी संविधान अहिले पनि खतरामुक्त भइसकेको छैन भने अर्कातिर नेपाललाई अस्थीरता र अधोगतितिर धकेल्ने प्रपञ्च जारी छन् । यी दुवै संकटबाट देशलाई पार लगाउनका लागि एकताबद्ध र सुदृढ नेपाली कांग्रेस आजको आवश्यकता हो । सबैलाई समेटेर सशक्त र एकताबद्ध कांग्रे...
देउवालाई बधाई दिँदै थापाले भने : पार्टीलाई थिति र विधिमा चलाउनुहुन्छ भन्ने अपेक्षा छ

देउवालाई बधाई दिँदै थापाले भने : पार्टीलाई थिति र विधिमा चलाउनुहुन्छ भन्ने अपेक्षा छ

राजनीति
बुधबार बिहान सामाजिक सञ्जालमार्फत देउवालाई बधाई दिँदै थापाले पार्टीलाई थिति र विधिमा चलाउने परम्पराको सुरुवात गर्ने अपेक्षा व्यक्त गरेका छन् । Advertisement थापाले भनेका छन्, 'आदरणीयशेर बहादुर देउवाज्यू,पुन: सभापतिमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई! आम कांग्रेसजनको एकताको अपेक्षालाई आत्मसात गर्दै पार्टीलाई थिति र विधिमा चलाउने परम्पराको सुरुआत गर्नु हुनेछ भन्ने अपेक्षा गर्छु।समुन्नत नेपालको अभियान र पार्टी रुपान्तरणका मुद्दामा सहकार्य हुने नै छ।' प्रधानमन्त्री देउवा कांग्रेसको १४ औँ महाधिवेशनबाट पुनः सभापतिमा निर्वाचित भएका हुन् । दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ८ सय ७८ मतले पराजित गर्दै उनी सभापति बनेका हुन् ।सोमबार भएको मतदानमा कसैले पनि ५० प्रतिशत मत ल्याउन नसकेपछि बढी मत ल्याउने दुई जनाबीच मंगलबार पुनः निर्वाचन गराएर कांग्रेसको ...
सभापति पदको मतगणना राति १० बजेपछि

सभापति पदको मतगणना राति १० बजेपछि

राजनीति
काठमाडौँ — सभापति चयनका लागि कांग्रेसको दोस्रो चरणमा भएको मतदानको गणना मंगलबार राति १० बजेपछि हुने भएको छ ।  Advertisement राति ८ बजे मतदान सकिने अनुमानसहित १० बजेपछि मतगणना हुने निर्वाचन समितिका सदस्य तेज बहादुर रावलले जानकारी दिए । पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदानमा गएको हो । मतदान अहिले प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा चलिरहेको छ । सभापतिका लागि शेरबहादुर देउवा र शेखर कोइराला प्रतिस्पर्धा छन् । कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनमा भने देउवा, कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रत्याशी थिए । पहिलो चरणमा देउवाले २२५८ मत पाएका थिए । त्यस्तै, कोइरालाले १७०२, निधिले २४९, सिंहले ३७१ र गुरुङले २२ मत पाए । देउवालाई सिंह, निधि र गुरुङले समर्थन गर्ने ...
एक हजार बढी कांग्रेस महाधिवेशन प्रतिनिधिको स्वास्थ्य परीक्षण

एक हजार बढी कांग्रेस महाधिवेशन प्रतिनिधिको स्वास्थ्य परीक्षण

राजनीति
काठमाडौँ — नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि महाधिवेशनस्थल भृकुटीमण्डपको मुख्य प्रवेशद्वार नजिक स्थापना गरिएको स्वास्थ्य शिविरमा एक हजारभन्दा बढी महाधिवेशन प्रतिनिधिले स्वास्थ्य सेवा लिएका छन् । Advertisement महाधिवेशनका लागि पार्टीले पूर्वमन्त्री एवं नेता मोहनबहादुर बस्नेत संयोजक रहेको स्वास्थ्य समिति गठन गरेको थियो । शिविरमा महाधिवेशन प्रतिनिधिले खासगरी उच्च रक्तचाप र मधुमेहसम्बन्धी परीक्षण गराएको डा हेमन्त गौतमले जानकारी दिए । महाधिवेशन प्रतिनिधिलाई शिविरमा स्वास्थ्य परीक्षण गराई निःशुल्क औषधि प्रदान गर्ने व्यवस्था मिलाइएको छ । महाधिवेशनका लागि प्राडा रामचन्द्र अधिकारीको नेतृत्वमा १० सदस्य स्वास्थ्य टोली खटिएको छ । परीक्षण आउनेमध्ये केहीमा सामान्य रुघाखोकी र झाडापखालासम्बन्धी समस्या देखिएको पनि डा. गौतमले बताए । कोभिड–१९ को संक्रमणक...
देउवालाई शशांकले भने- ‘म एकताको पक्षमा छु, पक्ष/विपक्षमा लाग्दिनँ’

देउवालाई शशांकले भने- ‘म एकताको पक्षमा छु, पक्ष/विपक्षमा लाग्दिनँ’

राजनीति
काठमाडौँ — कांग्रेस महामन्त्री शशांक कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको बताएका छन् । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवासँगको भेटमा कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको जनाउँदै कसैको पक्ष/विपक्षमा नलाग्ने बताएका हुन् । Advertisement भेटमा प्रधानमन्त्री देउवाले आफूलाई सभापति जिताउनका लागि सहयोग गरिदिन आग्रह गरेका थिए । देउवालाई जवाफ दिँदै शशांकले 'म पार्टी एकताको पक्षमा रहेको र कसैको पक्ष/विपक्षमा नलाग्‍ने बताएका थिए ।' १४ औं महाधिवेशन अन्तर्गत सोमबार भएको निर्वाचनमा कोइराला, शेरबहादुर देउवा, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रत्यासी थिए । पहिलो चरणमा देउवाले २२५८ मत पाएका छन् । त्यस्तै, कोइरालाले १७०२, निधिले २४९, सिंहले ३७१ र गुरुङले २२ मत पाएका छन् । ...
दोस्रो चरणको निर्वाचनमा मेरो विजय हुन्छ : कोइराला

दोस्रो चरणको निर्वाचनमा मेरो विजय हुन्छ : कोइराला

राजनीति
काठमाडौँ — नेपाली कांग्रेसका सभापति उम्मेदवार डा. शेखर कोइरालाले दोस्रो चरणको निर्वाचनमा आफू निर्वाचित हुने बताएका छन् । पहिलो चरणको चुनावी परिणामपछि नागरपोखरीस्थित अरणय होटलमा पत्रकार सम्मेलनमा उनले आफू निर्वाचित हुने विश्वास व्यक्त गरे । Advertisement परिणाम जे आएपनि आफूले चुनावी नतिजा स्वीकार गर्ने कोइरालाले बताए । १४ औं महाधिवेशन अन्तर्गत सोमबार भएको निर्वाचनमा कोइराला, शेरबहादुर देउवा, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रत्यासी थिए । पहिलो चरणमा देउवाले २२५८ मत पाएका छन् । त्यस्तै, कोइरालाले १७०२, निधिले २४९, सिंहले ३७१ र गुरुङले २२ मत पाएका छन् । ...
कोइरालाविरुद्ध देउवा, सिंह, निधि र गुरुङ एकढिक्का

कोइरालाविरुद्ध देउवा, सिंह, निधि र गुरुङ एकढिक्का

राजनीति
अब कांग्रेस सभापतिका लागि देउवा र अर्का प्रत्यासी शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने भएको छ । दोस्रो चरणमा अर्का प्रत्याशी कल्याण गुरुङले पनि देउवालाई नै समर्थन गरेका छन् । कोइरालाविरुद्ध देउवा, सिंह, निधि र गुरुङ एकढिक्का भएका हुन् । Advertisement पहिलो चरणको निर्वाचनमा देउवा र कोइरालाले सबैभन्दा धेरै भोट पाएका थिए । पहिलो चरणमा ४ हजार ७४३ महाधिवेशन प्रतिनधिमध्ये ४ हजार ६७९ मत खसेको थियो । त्यसमध्ये ७६ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । खसेको मतमध्ये देउवाले २२५८ र कोइरालाले १७०२ मत पाएका थिए । देउवा र कोइरालाबीचको मतान्तर ५५६ रहेको छ । दोस्रो चरणमा सिंह, निधि र गुरुङले पनि देउवालाई नै समर्थन गरेपछि कोइरालामाथि दबाब परेको छ । पहिलो चरणमा सिंहले ३७१, निधिले २५० र गुरुङले २२ मत पाएका छन् । आफूविरुद्ध बाँकी स...
कांग्रेस महाधिवेशनमा पत्रकारमाथि दुर्व्यवहार भएकोप्रति पत्रकार महासंघको ध्यानाकर्षण

कांग्रेस महाधिवेशनमा पत्रकारमाथि दुर्व्यवहार भएकोप्रति पत्रकार महासंघको ध्यानाकर्षण

राजनीति
नेपाली कांग्रेसको १४ औं महाधिवेशनका क्रममा समाचार संकलनका लागि पुगेका पत्रकारमाथि प्रहरी र निर्वाचन समितिका सदस्यहरूले दुर्व्यवहार  गर्दै समाचार संकलनमा अवरोध गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। Advertisement महाधिवेशनका क्रममा आज तीन घण्टा ढिलो गरी सुरू भएको मतदानको फोटो खिच्न जान लागेका पत्रकाहरूलाई प्रहरी र निर्वाचन समितिका सदस्यहरूले भित्र जान नदिई दुर्व्यवहार गर्दै समाचार संकलनमा रोक लगाएका थिए। महासंघले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘नेपाली कांग्रेसजस्तो जिम्मेवार पार्टीको महाधिवेशनमा पत्रकारलाई समाचार संकलनमा सहज बनाइनु पर्नेमा यस किसिमको व्यवहार र व्यवधान हुनु आफैंमा निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो।’  पत्रकारलाई निर्वाध रूपमा प्रेस स्वतन्त्रताको उपभोगको वातावरण बनाई प्...
सबै सांसदलाई एन्टिजेन परीक्षण गराउन आह्वान

सबै सांसदलाई एन्टिजेन परीक्षण गराउन आह्वान

राजनीति
मंगलबारदेखि सुरु हुने संघीय संसद्को बैठकअघि कोरोनाको एन्टिजेन परीक्षण गराउन आह्वान गरिएको छ।  Advertisement संघीय संसद् सचिवालयद्वारा जारी सूचनामा प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्षलगायत सबै सांसद्हरु लगायतलाई एन्टिजेन परीक्षण गर्न भनिएको छ।  संसदीय मामीला आवद्ध सञ्चारकर्मी, मर्यादापालक, सुरक्षाकर्मीहरुकोसमेत एन्टिजेन परीक्षण गर्ने कार्यक्रम छ। एन्टिजेन परीक्षण आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, स्काई लाइट हल, नयाँ बानेश्वरमा हुनेछ। यसैबीच सभामुख अग्निप्रसाद सापकोटाले भोलिदेखि सुरु हुने संघीय संसदको अधिवेशन तयारीका सम्बन्धमा आज बिहान ११ बजे संघीय संसद भवन नयाँबानेश्वरमा बैठक स्थललगायतको निरीक्षण गर्ने कार्यक्रम रहेको छ। ...
बैठकको निर्णय सबैले स्वीकार्नु पर्छ : ओली

बैठकको निर्णय सबैले स्वीकार्नु पर्छ : ओली

राजनीति
नेकपा (एमाले) को अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकले उत्कृष्ट प्रक्रियाबाट नेतृत्व चयन गरेको भन्दै बैठकको निर्णयलाई सबैले स्वीकार्नुपर्ने बताएका छन्।   भक्तपुरको जर्मन होम हस्पिटालिटीमा जारी केन्द्रीय कमिटीको दोस्रो दिनको बैठकलाई सम्बोधन गर्दैै उनले पार्टी एकतालाई मूल मन्त्र मानेर अगाडि बढ्नुपर्नेमा जोड दिए।  Advertisement अध्यक्ष ओलीले भने, 'हाम्रो बीचको एकताले मात्र सबै कुरा जित्न सकिन्छ, एकताको मन्त्रमा ध्यान दिएर अगाडि बढ्नुपर्छ कसैलाई जिम्मेवारी पुगेन भनेपछि उचित जिम्मेवारी दिनेछौं।' केन्द्रीय कमिटी नेतृत्व व्यवस्थापन र जिम्मेवारी दिने कुरा सरल होइन गाह्रो कुरा हो भन्दै उनले केन्द्रीय कमिटीका लागि मात्रै आफूलाई ९०० जनाको नाम आएको बताए।  पोलिटब्यूरोका लागि पनि ५० प्रतिशतभन्दा बढी योग्य व्यक्ति हुँदाहुँदै पनि उत्कृष्ट...