२०८२ चैत्र २५

राजनीति

छलफलमा प्रधानमन्त्री देउवा, दाहाल र नेपाल

छलफलमा प्रधानमन्त्री देउवा, दाहाल र नेपाल

राजनीति
काठमाडौँ — प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धका दुई नेताबीच छलफल जारी छ । शनिबार प्रधानमन्त्री देउवासँगको छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष सहभागी छन् । Advertisement समसामयिक राजनीतिक विषयमा उनीहरुबीच छलफल चलिरहेको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । एमसीसी सम्झाैता र स्थानीय चुनाव लगायतका विषयमा पनि उनीहरुबीच छलफल भइरहेको उनले बताए । पछिल्लो समय अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदन गर्ने सम्बन्धमा नेपाली राजनीतिक दलबीच फरक फरक धारणा आइरहेको हुँदा उनीहरु छलफलमा जुटेको बताइएको छ । ...
जनयुद्ध दिवसमा मधेस प्रदेशमा सार्वजनिक बिदा

जनयुद्ध दिवसमा मधेस प्रदेशमा सार्वजनिक बिदा

राजनीति
मधेस प्रदेश सरकारले जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने भएको छ। Advertisement आइतबार २७ औं जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशभर सार्वजनिक बिदा दिन लागिएको हो। शुक्रबार आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सूचना जारी गरी बिदा दिइएको जनाएको छ।  
कांग्रेस बैठक आइतबार पनि बस्ने

कांग्रेस बैठक आइतबार पनि बस्ने

राजनीति
काठमाडौँ — नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार पनि सकिएन । १४ औं महाधिवेशनपछि गठित समितिको बिहीबारदेखि सुरू भएको पहिलो बैठकमा नेताहरूले बोल्नेक्रम नसकिएपछि बैठक लम्बिएको हो । प्रवक्ता प्रकाशशरण महतले आइतबार दिउँसो २ बजे पुनः बस्ने गरी बैठक स्थगित भएको जानकारी दिए । Advertisement ‘नेताहरूले बोल्नेक्रम सकिएको छैन, कतिपय विषयहरूमा अझै अध्ययन र छलफल गर्नुपर्ने आवश्यक देखिएको छ,’ उनले भने, ‘आइतबारसम्म त्यसमाथि होमवर्क गरेर निर्णयमा पुग्छौं ।’ शुक्रबार नेता शेखर कोइराला, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसीलगायत नेताले बोलेका छन् । ...
राज्यको सम्पत्ति फिर्ता ल्याउन नसके एक सेकेन्ड पनि पदमा बस्दिनँ : पर्यटनमन्त्री आले

राज्यको सम्पत्ति फिर्ता ल्याउन नसके एक सेकेन्ड पनि पदमा बस्दिनँ : पर्यटनमन्त्री आले

राजनीति
काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो मन्त्रालय अन्तर्गतको अतिक्रमणमा परेका राज्यको सम्पत्ति फिर्ता ल्याउन नसके आफू एक सेकेन्ड पनि मन्त्री पदमा नबस्ने बताएका छन् । Advertisement पर्यटन मन्त्रालयमा शुक्रबार आयोजित दोस्रो त्रैमासिक प्रगति समीक्षा र मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री आलेले मातहतका अतिक्रमित सरकारी सम्पत्ति फिर्ता गर्न नसके आफू एक सेकेण्ड पनि पदमा नबस्ने बताएका हुन् । राज्यको दोहन भएको सम्पत्ति फिर्ता ल्याउनु आफ्नो कर्तव्य भएको उनले बताए । विगतदेखि नै सरकारी जग्गाहरुमा अतिक्रमण भइरहे पनि सम्बन्धित निकाय टुलुटुलु हेरेर बसेको भन्दै आफूले फिर्ता गराएरै छाड्ने मन्त्री आलेको भनाइ थियो । पदमा बसुन्जेल इमान्दारीपूर्वक देशको लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री ...
मसालका नेता ढकाल र जिसी एमालेमा प्रवेश

मसालका नेता ढकाल र जिसी एमालेमा प्रवेश

राजनीति
काठमाडौँ — मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल)का नेता योगेन्द्र ढकाल र अजिता जिसी नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।  Advertisement काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रमबीच ढकाल र जिसीलाई पार्टी प्रवेश गरेका हुन् । कार्यक्रममा सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सही पार्टी छनौट गरेको भन्दै ढकाल र जिसीलाई पार्टीमा स्वागत गरेका थिए । नवप्रवेशी ढकालले भने देशभक्त नेता ओली भएकाले आफूहरु पनि ओली नेतृत्वकै पार्टीमा बसेर देश र जनताको सेवा गर्न चाहेको बताएका थिए । ...
दाहाललाई ओलीले भने– ‘एमसीसीबारे पहिले तपाईंहरु निर्णय गर्नूस्, एमालेले त गरिहाल्छ’

दाहाललाई ओलीले भने– ‘एमसीसीबारे पहिले तपाईंहरु निर्णय गर्नूस्, एमालेले त गरिहाल्छ’

राजनीति
काठमाडौँ — अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौताका विषयमा सत्ता गठबन्धनमा रहेका दलबीच धारणा बनेपछि मात्रै एमालले निर्णय गर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । Advertisement एमसीसीबारे निर्णय लिन बिहीबार साँझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहालले ओलीलाई टेलिफोन गर्दा ओलीले उक्त कुरा गरेको एमाले एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताएका छन् । एमसीसीका सम्बन्धमा विदेशीले सोधून् वा स्वदेशीले जसले सोधे पनि एमालेको धारणा स्पष्ट रहेको उनले बताएका छन् । शुक्रबार रिजालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘एमसीसीमा तपाईंले निर्णय नगरी भएन भन्दै हिजो साँझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फोन गर्दा हाम्रो पार्टीका अध्यक्ष केपी ओलीले स्पष्ट शब्दमा भन्नुभएको छ– ‘तपाईंहरूले पहिले केपी ओलीलाई...
एमसीसीमा एमाले यता न उता

एमसीसीमा एमाले यता न उता

राजनीति
फाइल तस्बिर : एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेतासँग गत भदौ २४ गते बालकोटमा भएको एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोलीको भेटवार्ता । काठमाडौँ — अहिले मुलुकमा सर्वाधिक चर्चाको विषय बनेको एमसीसी मुद्दामा प्रमुख प्रतिपक्षी दल एमालेले कुनै आधिकारिक धारणा बनाएको छैन । सरकारको नेतृत्वमा रहँदा एमसीसी अनुमोदन गराउन कसरत गरेका एमाले अध्यक्ष केपी ओली अहिले एमसीसीलाई घरेलु राजनीतिको दाउपेचमा उपयोग गर्न प्रयासरत छन् । सत्ताको नेतृत्वमा रहेको कांग्रेस एमसीसी अविलम्ब पारित गराउने पक्षमा छ भने माओवादी केन्द्र र एकीकृत समाजवादी यथास्थितिमा अनुमोदन नगर्ने अडानमा छन् । Advertisement पछिल्लो समय पार्टी विभाजनमा भूमिका खेलेको आरोप लगाउँदै एमालेले सभामुख अग्नि सापकोटाको राजीनामा र माधव नेपालसहितका १४ सांसदमाथि कारबाहीको सूचना टाँ...
राज्यका मुख्य तीन अंग असफल भइसके : नेता गजुरेल

राज्यका मुख्य तीन अंग असफल भइसके : नेता गजुरेल

राजनीति
काठमाडौँ — नेकपा (क्रान्तिकारी माओवादी) नेता सीपी गजुरेलले एमसीसीका कारण सत्ता गठबन्धन टुट्ने अवस्थामा पुगेको बताएका छन् । उनले एमसीसीका कारण सत्ता गठबन्धन अहिले टुट्ने कि भरे टुट्ने भन्ने अवस्थामा पुगेको बताएका हुन् ।  Advertisement पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)ले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा उनले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका राज्यका मुख्य तीन अंग असफल भइसकेको दाबीसमेत गरे । नेता गजुरेलले मुलुकको अर्थतन्त्रसमेत ‘कोल्याप्स’ हुने अवस्था पुगेको उल्लेख गर्दै यो संकटबाट मुलुकलाई निकास दिन कम्युनिष्ट क्रान्तिकारीहरु सहकार्यका साथ अघि बढ्नुको विकल्प नरहेको बताए। ‘अहिले एमसीसीको सकंट हेर्नुस् त । गठबन्धन अहिले टुट्ने हो कि भरे टुट्ने जस्तो भइराखेको छ । कार्यपालिकामा संकट छ । व्यवस्थापिकामा सं...
राष्ट्रिय सभा निर्वाचनमा अन्तर्घात छानबिनको जिम्मा प्रदेश कमिटीलाई

राष्ट्रिय सभा निर्वाचनमा अन्तर्घात छानबिनको जिम्मा प्रदेश कमिटीलाई

राजनीति
काठमाडौँ — नेकपा (एमाले)ले राष्ट्रिय सभा निर्वाचनमा अन्तर्घात भएको विषयमा छानबिन गर्न प्रदेश कमिटीलाई जिम्मेवारी दिएको छ । भक्तपुरको जर्मन हस्पिटालिटी होम्समा बुधबार भएको सचिवालयको बैठकले प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा चुनावमा एमालेको प्रतिनिधिभन्दा कम मत आएको विषयमा छानबिन गर्ने जिम्मेवारी प्रदेश कमिटीलाई दिने निर्णय गरेको हो ।  Advertisement ‘राष्ट्रिय सभा चुनावमा किन मत काम आयो भन्ने विषयमा खोजी गर्ने जिम्मेवारी प्रदेशमा कमिटीलाई दिइएको छ । कमजोरी भएको रहेछ भने कारबाहीको विषय पनि होला त्यो पनि प्रदेश कमिटीले नै गर्ने निर्णय भएको छ,’ उपाध्यक्ष सुरेन्द्र पाण्डेले भने, ‘जुन-जुन स्थानमा समस्या देखा परेको त्यही प्रदेश कमिटीले छानबिन गर्छ ।’ त्यसैगरी, बैठकले स्थानीय चुनावको मिति घोषणाका लागि दबाबको आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ । ...
श्रममन्त्रीको तलबभत्ता पुर्कोट कालिका क्याम्पसलाई

श्रममन्त्रीको तलबभत्ता पुर्कोट कालिका क्याम्पसलाई

राजनीति
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आफ्नो तलब भत्तावापतको रकम तनहुँको भानु–९ स्थित पुर्कोट कालिका बहुमुखी क्याम्पसलाई प्रदान गरेका छन्। Advertisement तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएदेखि नै तलब भत्तावापतको रकम विभिन्न सङ्घसंस्थालाई सहयोग गर्दै आएका मन्त्री श्रेष्ठले पुर्कोट कालिका बहुमुखी क्याम्पसलाई आफ्नो तलबभत्तावापतको रु ५० हजार प्रदान गरेका हुन्। उक्त रकम नेकपा (एकीकृत समाजवादी) का स्थानीय कार्यकर्तामार्फत क्याम्पस सञ्चालक समितिका अध्यक्ष दुर्गाबहादर राउतलाई हस्तान्तरण गरिएको छ। मन्त्री श्रेष्ठले गृहजिल्लाका शैक्षिक संस्था, स्थानीय युवा क्लब, आमा समूहलगायत सामाजिक संस्थालाई तलबभत्तावापतको रकम सहयोग गर्दै आएका छन्। उनले चुनावमा उम्मेदवार हुँदा नै तलबभत्ता नलिने घोषणा गरेका थिए।  ...