२०८२ चैत्र २५

राजनीति

बालुवाटारमा प्रधानमन्त्री र प्रचण्डबीच ‘वान टु वान’ वार्ता सुरू

बालुवाटारमा प्रधानमन्त्री र प्रचण्डबीच ‘वान टु वान’ वार्ता सुरू

देश, राजनीति
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा छलफल सुरू भएको छ।  बुधबार संसदीय दलको बैठक सकेर सोझै बालुवाटार पुगेका प्रचण्ड र देउवाबीच ‘वान टु वाट’ वार्ता चलिरहेको छ। स्रोतका अनुसार बैठक केहीबेर अगाडि सुरू भएको हो। ‘केही बेर अगाडि बालुवाटार आइपुगेका प्रचण्ड र देउवाबीच वान टु वान वार्ता भइरहेको छ,’ स्रोतले भन्यो। Advertisement संसदीय दलको बैठकमा अध्यक्ष प्रचण्डले आजको संसद बैठकमा अमेरिकी सहयोग परियोजना (एमसिसी) टेबल नगर्न अनुरोध गर्नेबारे सांसदहरूलाई जानकारी गराएका थिए। बैठकमा प्रचण्डले आज संसदमा एमसिसी टेबल नगर्न अनुरोध गर्ने तर जबरजस्ती टेबल भयो भने त्यसबाट पर्ने सबै असर व्यहोर्न तयार रहेको बताएका थिए। बैठकमा प्रचण्डले पहिला प्रतिपक्षी एमालेले गरिरहेको संसद अवरोध हट्नुपर...
राप्रपाको महिला र विद्यार्थी संगठन कमल थापाको राप्रपा नेपालमा समाहित

राप्रपाको महिला र विद्यार्थी संगठन कमल थापाको राप्रपा नेपालमा समाहित

राजनीति
राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन राप्रपा नेपालमा समाहित भएको छ।  केन्द्रीय कार्य समितिको बैठकले सिंगो संगठन राप्रपा परित्याग गरी राप्रपा नेपालमा समाहित भएको निर्णय भएको संगठनकी अध्यक्ष ममता राईले बताइन्।  Advertisement पार्टीको केन्द्रीय महाधिवेशन सम्पन्न भएपश्चात राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वले भातृ संगठनहरूलाई हेर्ने दृष्टिकोणमा फरक, नीतिमा क्रमिक विचलनको श्रृङ्खला बढ्दै गएकोलगायत कारणले संगठन राप्रपा नेपालमा समाहित भएको उनले बताइन्।  यस्तै, राप्रपाको अर्को भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन पनि राप्रपा नेपालमा समाहित भएको छ।  कार्यबाहक अध्यक्ष शशी भण्डारीले संगठन कमल थापा नेतृत्वको राप्रपा नेपालमा समाहित भएको जानकारी गराए।  संगठनका जिल्ला समिति, क्याम्पस इकाइ समितिहरू स...
राप्रपा पदाधिकारी बैठकको निर्णय: महाअभियोग विकृति/विसंगतिको समाधान होइन

राप्रपा पदाधिकारी बैठकको निर्णय: महाअभियोग विकृति/विसंगतिको समाधान होइन

राजनीति
राष्ट्रिय प्रजातन्त्र पार्टी पदाधिकारी बैठकले महाअभियोग न्याय क्षेत्रमा रहेको हालको विकृति/विसंगतिको समाधान नभएको निष्कर्ष निकालेको छ।  Advertisement मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले न्याय क्षेत्रको विकृतिको मूल दोष प्रणालीमा रहेको निष्कर्ष निकालेको हो।  ‘प्रणालीमा आमूल सुधार नभएसम्म यस्तो अवस्था आइरहनेछ,’ निर्णयमा उल्लेख छ, ‘राप्रपा महाअभियोगको खेलमा समावेश हुने छैन।’  प्रधानन्यायाधीश चेलेन्द्र शमसेर राणामाथि महाअभियोग प्रस्ताव दर्ता भएको विषय अदालतमा राजनीतिक दबाब, प्रभाव, हस्तक्षेप र भागबण्डाको क्रियाकलापको दुष्परिणाम रहेको पदाधिकारी बैठकको निर्णय छ।  अदालतको मर्यादाविपरीत न्यायाधीशहरूले इतिहासमै पहिलोपटक हड्ताल गर्ने, कानुन व्यवसायीले आन्दोलन गर्ने, राजनीतिक दलले न्यायालयलाई दबाब र प्रभावमा पार्ने ...
एमालेले माग्यो स्वास्थ्यमन्त्री विरोध खतिवडाको राजीनामा 

एमालेले माग्यो स्वास्थ्यमन्त्री विरोध खतिवडाको राजीनामा 

राजनीति
नेकपा (एमाले) ले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको राजीनामा मागेको छ।  पार्टीका स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा मन्त्री खतिवडाले झूट बोलेको भन्दै राजीनामा मागिएको उल्लेख छ।  Advertisement एक टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा मन्त्री खतिवडाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार भएको बेलामा आफूले कोभिडविरूद्धको खोप पाँच हजारमा किनेर लगाएको अभिव्यक्ति दिएको विज्ञप्तिमा उल्लेख छ।  सो अभिव्यक्ति झूटो र अफवाहपूर्ण भएको भट्टराईले बताए।  ‘खोप किनेर लगाएको भन्ने स्वास्थ्यमन्त्री खतिवडाको भनाइ सरासर झूटो र अफवाहपूर्ण छ,’ विज्ञप्तिमा उल्लेख छ।  मन्त्री खतिवडाले खोपको पहिलो मात्रा सिभिल अस्पताल, बानेश्वरमा लगाएको अभिलेखमा सुरक्षित रहेको एमालेले जनाएको छ। ...
सर्वोच्चका न्यायाधीशलाई महाअभियोगबारे सबै एमाले सांसदको नजर ओलीमा

सर्वोच्चका न्यायाधीशलाई महाअभियोगबारे सबै एमाले सांसदको नजर ओलीमा

राजनीति
एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओली। फाइल तस्बिर। प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को सोमबार बसेको संसदीय दलको बैठकमा सांसदहरूलाई ६ वटा खाली कागजमा हस्ताक्षर गर्न लगाइयो। जसमध्ये एउटा बैठकको प्रयोजनका लागि थियो भने पाँच वटा महाभियोगको प्रयोजनका लागि थिए। Advertisement प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग संवैधानिक इजलासमा बसेका सर्वोच्च अदालतका चार न्यायधीश र सभामुख अग्नि सापकोटालाई महाभियोग लगाउन एमाले सांसदहरूको हस्ताक्षर गराइएको थियो। संसदीय दलको बैठकमा एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले नेतृत्वले उत्तेजनामा नआइकन सुझबुझपूर्ण ढंगले निर्णय लिने बताएका थिए। संसदीय दलको बैठकमा काउन्टर महाभियोग लगाउनु पर्ने र महाभियोग लगाउन नहुने दुबैखाले धारणा आएका थिए। सत्ता गठबन्धनले प्रधानन्याधीश राणालाई महाअभियोग लगाएसँगै सर्वो...
कांग्रेस कार्यसम्पादन समितिको बैठक जारी

कांग्रेस कार्यसम्पादन समितिको बैठक जारी

राजनीति
काठमाडौँ — नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बसिरहेको छ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा गत बिहीबारदेखि जारी कार्यसम्पादन समितिको बैठक आइतबार दिउँसो २ बजेबाट बसेको हो । Advertisement बैठकमा यसअघि नै महामन्त्री विश्वप्रकाश शर्माले पेस गरेका भ्रातृ तथा शुभेच्छुक संस्था, स्थानीय तहको निर्वाचनको तयारी लगायत विषयमा छलफल हुनेछ । साथै, प्रधानन्यायधीशविरुद्व दर्ता भएको महाभियोग प्रस्ताव र संसद्‍बाट एमसीसी अनुमोदन गराउने विषयमा समेत छलफल हुने नेताहरूले बताएका छन् । बैठकमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहित १३ जना पदाधिकारीसहित कार्यसम्पादन समितिका ३७ जना नेताहरू सहभागी छन् । ...
हामीले कुनै देशसँगका सम्झौताको आधारमा गठबन्धन बनाएका होइनौं : अध्यक्ष दाहाल

हामीले कुनै देशसँगका सम्झौताको आधारमा गठबन्धन बनाएका होइनौं : अध्यक्ष दाहाल

राजनीति
काठमाडौँ — सत्तारुढ गठबन्धन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सरकार ढलाउने खेल भइरहेको बताएका छन् । उनले सत्तारुढ गठबन्धन कुनै सम्झौताको आधारमा नबनेको बताएका छन् ।  माओवादीले पार्टी केन्द्रीय कार्यालयमा आइतबार आयोजना गरेको 'जनयुद्ध दिवस' कार्यक्रममा दाहालले भने, 'हामीले कुनै देशविशेषसँग गरेको सहमति, सम्झौता, परियोजना, आर्थिक सहयोग या लेनदेनको आधारमा गठबन्धन बनाएको होइन ।' Advertisement दाहालले 'प्रतिगमन' गर्नेहरू चुप नबसेको भन्दै 'प्रतिगमन विरोधी आन्दोलबनाट आएको गठबन्धन सरकार गिराउन खोजिएको' बताए । उनले गठबन्धन बनाउँदाका आधारमा सबै टिक्नुपर्ने उल्लेख गरे । 'गठबन्धन बनाउँदा केही सैद्धान्तिक र केही राजनीतिक मान्यताहरूलाई अगाडि सारेका थियौं । तिनै मान्यताका आधारमा गठबन्धन बनाएका हौं,' उनले भने, 'संविधान, लोकतान्त्रिक गणतन्त्र र राष्ट्...
आयोगमा आइतबारबाट निर्वाचनको दैनिक ‘प्रेस व्रिफिङ’

आयोगमा आइतबारबाट निर्वाचनको दैनिक ‘प्रेस व्रिफिङ’

राजनीति
काठमाडौँ — निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचन र आयोगका दैनिक गतिविधिबारे प्रत्येक दिन आमसञ्चार माध्यमलाई  जानकारी गराउने भएको छ । Advertisement कान्तिपथस्थित आयोग परिसरको मिडिया सेन्टरबाट फागुन १ गतेदेखि प्रत्येक दिन अपराह्न चार बजे प्रवक्ता–सञ्चारकर्मी भेट कार्यक्रम सञ्चालन हुनेछ । निर्वाचनका सन्दर्भमा आयोगका दैनिक गतिविधि तथा निर्वाचनसँग सम्वन्धित अन्य विषयमा आमसञ्चार माध्यमलाई सूचना सम्प्रेषण गर्ने उद्देश्यले ‘प्रेस मिट’ गर्न लागिएको आयोगका प्रवक्ता शालीग्राम शर्माले जानकारी दिए । स्थानीय तहको निर्वाचन यसअघि नै आगामी वैशाख ३० गतेका लागि घोषणा भइसकेको छ । दैनिकरुपमा सञ्चारमाध्यममार्फत सम्पूर्ण नेपालीलाई निर्वाचन गतिविधि अद्यावधिक गरी निर्वाचन वातावरण बनाउन आयोगलाई सहयोग गर्ने हेतुले प्रवक्ता सञ्चारकर्मी भेटघाट राखिएको उनले बताए । दैनिकरु...
तीनवटै निर्वाचनसम्म गठबन्धन रहन्छ : शिक्षामन्त्री पौडेल

तीनवटै निर्वाचनसम्म गठबन्धन रहन्छ : शिक्षामन्त्री पौडेल

राजनीति
काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तीनवटै तहको निर्वाचन सम्पन्न नहुन्जेलसम्म सत्तारुढ गठबन्धन कायमै रहने दाबी गरेका छन् । सत्तारुढ माओवादी केन्द्रका नेतासमेत रहेका मन्त्री पौडेलले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न गर्नेगरी सत्तारुढ गठबन्धनले आफ्नो कार्यसूचिलाई अघि बढाएको पनि बताए । Advertisement शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले स्थानीय तहको निर्वाचन सम्पन्न हुनेवित्तिकै सरकारले संघ र प्रदेशको निर्वाचनको मिति घोषणा गर्ने बताए । मन्त्री पौडेलले भने, ‘अहिलेकै गठबन्धनले तीन वटै तहको निर्वाचन सम्पन्न गर्छ । र यही गठबन्धनले एक वर्षभित्र सबै चुनाव गरेर स्थानीय तहको सरकार, प्रदेश तहको सरकार र संघीय सरकार निर्वाचनको प्रक्रियाबाट नयाँ नबन्दासम्म सकुशल निर्वाचन गर्ने गरी यो गठबन्धनले आफ्नो...
सहमति कार्यान्वयनका लागि सरकार र चन्द नेतृत्वको नेकपाबीच छलफल

सहमति कार्यान्वयनका लागि सरकार र चन्द नेतृत्वको नेकपाबीच छलफल

राजनीति
काठमाडौँ — सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच भएका सहमति कार्यान्वयन गर्नेबारे छलफल भएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा शनिबार भएको छलफलमा सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण, कानुन न्याय तथा संसदीय मामिलामन्त्री दीलेन्द्रप्रसाद बडू, महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे, कानुनसचिव उदयराज सापकोटा र नेकपाकातर्फबाट खड्गबहादुर विश्वकर्मा सहभागी थिए । Advertisement छलफलमा सरकार र चन्द नेतृत्वको नेकपाबीच २०७७ फागुन २० गते भएको तीन बुँदे सहमति कार्यान्वयनमा अहिलेसम्म भएका प्रगति र अब गर्नुपर्ने कार्यका विषयमा छलफल भएको गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । उनले फिर्ता लिन मिल्ने मुद्दा छिटो फिर्ता गर्ने विषयमा समेत छलफल भएको बताए । साथै नेकपाका नेता विश्वकर्माले विभिन्न आन्दोलनका क्रममा पार्टी कार्याकर्ताल...