२०८१ बैशाख १३

राप्रपाको महिला र विद्यार्थी संगठन कमल थापाको राप्रपा नेपालमा समाहित

राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन राप्रपा नेपालमा समाहित भएको छ। 

केन्द्रीय कार्य समितिको बैठकले सिंगो संगठन राप्रपा परित्याग गरी राप्रपा नेपालमा समाहित भएको निर्णय भएको संगठनकी अध्यक्ष ममता राईले बताइन्। 


Advertisement


पार्टीको केन्द्रीय महाधिवेशन सम्पन्न भएपश्चात राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वले भातृ संगठनहरूलाई हेर्ने दृष्टिकोणमा फरक, नीतिमा क्रमिक विचलनको श्रृङ्खला बढ्दै गएकोलगायत कारणले संगठन राप्रपा नेपालमा समाहित भएको उनले बताइन्। 

यस्तै, राप्रपाको अर्को भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन पनि राप्रपा नेपालमा समाहित भएको छ। 

कार्यबाहक अध्यक्ष शशी भण्डारीले संगठन कमल थापा नेतृत्वको राप्रपा नेपालमा समाहित भएको जानकारी गराए। 

संगठनका जिल्ला समिति, क्याम्पस इकाइ समितिहरू समेत क्रमिक रूपमा राप्रपा नेपालमा समाहित हुने महासचिव जनक फडेराले बताए।

यसअघि राप्रपाको भातृ संगठन पूर्वप्रहरी परिषद थापा अध्यक्ष रहेको राप्रपा नेपालमा समाहित भइसकेको छ।

Copy link
Powered by Social Snap