२०८१ बैशाख १४

कांग्रेस कार्यसम्पादन समितिको बैठक जारी

काठमाडौँ — नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बसिरहेको छ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा गत बिहीबारदेखि जारी कार्यसम्पादन समितिको बैठक आइतबार दिउँसो २ बजेबाट बसेको हो ।


Advertisement


बैठकमा यसअघि नै महामन्त्री विश्वप्रकाश शर्माले पेस गरेका भ्रातृ तथा शुभेच्छुक संस्था, स्थानीय तहको निर्वाचनको तयारी लगायत विषयमा छलफल हुनेछ । साथै, प्रधानन्यायधीशविरुद्व दर्ता भएको महाभियोग प्रस्ताव र संसद्‍बाट एमसीसी अनुमोदन गराउने विषयमा समेत छलफल हुने नेताहरूले बताएका छन् ।

बैठकमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहित १३ जना पदाधिकारीसहित कार्यसम्पादन समितिका ३७ जना नेताहरू सहभागी छन् ।

Copy link
Powered by Social Snap