२०८१ बैशाख १३

राप्रपा पदाधिकारी बैठकको निर्णय: महाअभियोग विकृति/विसंगतिको समाधान होइन

राष्ट्रिय प्रजातन्त्र पार्टी पदाधिकारी बैठकले महाअभियोग न्याय क्षेत्रमा रहेको हालको विकृति/विसंगतिको समाधान नभएको निष्कर्ष निकालेको छ। 


Advertisement


मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले न्याय क्षेत्रको विकृतिको मूल दोष प्रणालीमा रहेको निष्कर्ष निकालेको हो। 

‘प्रणालीमा आमूल सुधार नभएसम्म यस्तो अवस्था आइरहनेछ,’ निर्णयमा उल्लेख छ, ‘राप्रपा महाअभियोगको खेलमा समावेश हुने छैन।’ 

प्रधानन्यायाधीश चेलेन्द्र शमसेर राणामाथि महाअभियोग प्रस्ताव दर्ता भएको विषय अदालतमा राजनीतिक दबाब, प्रभाव, हस्तक्षेप र भागबण्डाको क्रियाकलापको दुष्परिणाम रहेको पदाधिकारी बैठकको निर्णय छ। 

अदालतको मर्यादाविपरीत न्यायाधीशहरूले इतिहासमै पहिलोपटक हड्ताल गर्ने, कानुन व्यवसायीले आन्दोलन गर्ने, राजनीतिक दलले न्यायालयलाई दबाब र प्रभावमा पार्ने अवस्थाले न्यायालयलाई कमजोर बनाइरहेको राप्रपाको ठहर छ।

Copy link
Powered by Social Snap