२०८१ बैशाख ७

एमसीसीको विरोध गर्दै गठबन्धनका नेता श्रेष्ठ सडकमा

काठमाडौँ — सत्ता गठबन्धन नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ एमसीसीको विरोध गर्दै सडक प्रदर्शनमा उत्रिएका छन् । नेमकिपासहित गठबन्धन दलहरु माओवादी केन्द्र र एकीकृत समाजवादी सम्बद्ध कार्यकर्ताहरुले गरेको प्रदर्शनमा सहभागी हुन उनी सडकमा पुगेका हुन् ।


Advertisement


माओवादी केन्द्रले यथास्थितिमा एमसीसी पास नगर्ने बताउँदै आएको छ। बलपूर्वक रुपमा संसद्‌मा एमसीसी टेबल गरिए त्यसको विपक्षमा उभिने माओवादी केन्द्रले निर्णय गरेको छ । जबर्जस्ती एमसीसी पास गर्न खोजिए सत्ता छाड्ने समेत माओवादीले चेतावनी दिएको छ ।

केही दिनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकालाई पत्र लेख्दै एमसीसी पास गराउने प्रतिबद्धता व्यक्त गरेको सार्वजनिक भएको थियो ।

Copy link
Powered by Social Snap