२०८० चैत्र १६

माओवादी केन्द्रले तोक्यो प्रदेश इञ्चार्ज

नेकपा माओवादी केन्द्रले प्रदेश इञ्चार्ज तोकेको छ।


Advertisement


सोमबार बसेको केन्द्रीय समिति बैठकले प्रदेश इञ्चार्ज तोकेको हो।

प्रदेश १ को इञ्चार्जमा राम कार्की, मधेश प्रदेशमा गणेश शाह, बागमतीमा हितमान शाक्यलाई तोकिएको छ।

यस्तै, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णाली प्रदेशमा  कालीबहादुर मल्ल र सुदूरपश्चिममा खगराज भट्टलाई तोकिएको हो।

बैठकले सम्पर्क समन्वय प्रदेशमा डिलाराम आचार्य र उपत्यका विशेष समन्वय प्रदेशमा लिलामणि पोखरेललाई तोकेको छ।

Copy link
Powered by Social Snap