२०८३ कार्तिक १२

एमसिसीको पक्षमा उभिने लोसपाको निर्णय

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले अमेरिकी सहयोग परियोजना एमसिसीका पक्षमा मतदान गर्ने भएको छ।

बुधबार बसेको लोसपा संसदीय दलको बैठकले एमसिसीका पक्षमा मतदान गर्ने निर्णय गरेको सांसद चन्दा चौधरीले सेतोपाटीलाई जानकारी दिइन्।
‘एमसिसी सरकारले गरेको सम्झौता हो। यसबाट पछाडि हट्दा देशको विश्वसनीयतामाथि प्रश्न उठ्छ’, सांसद चौधरीले भनिन्,‘पहिला नै सम्झौता नगरेको भए एउटा कुरा हुन्थ्यो। सम्झौता गरिसकेपछि त्यसलाई असफल पार्नु हुँदैन भन्ने लोसपाको स्पष्ट धारणा छ।’


Advertisement


उनले लोसपाले एमसिसीको पक्षमा बहस गर्ने र त्यसलाई पारित गर्न सघाउने बताइन्।

बिहिबारको बैठकमा सबै सांसदहरूलाई उपस्थित हुन लोसपाले निर्देशनसमेत दिएको छ। प्रतिनिधि सभामा लोसपाका १३ सांसद छन्।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap