२०८१ बैशाख १३

आफ्ना सांसदलाई कांग्रेसको निर्देशन– भोलिको संसद् बैठकमा अनिवार्य उपस्थित हुनू

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसले बिहीबारको प्रतिनिधिसभा बैठकमा आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ । बिहीबारको प्रतिनिधिसभा बैठकमा अमेरिकी अनुदान सहयोग परियोजना ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ (एमसीसी) मा छलफल हुनेछ ।

कांग्रेस सांसद डा. डिला संग्रौलाकाअनुसार पार्टीले अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको हो । “पार्टी संसदीय दलले अनिवार्य उपस्थितिका लागि सबै सांसदहरूलाई निर्देशन दिएको छ,” उनले भनिन् । 


Advertisement


प्रधानमन्त्री शेरबहादुर देउवा बढीमा २ दिनभित्र एमसीसी अनुमोदन गराउने तयारीमा छन् । संसदीय छलफल सकेसम्म छोटो बनाएर अनुमोदन गर्ने गृहकार्य देउवाको छ । जसको तयारीस्वरूप उनले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले) तथा सत्ता साझेदार दल नेकपा(माओवादी केन्द्र) सँग पनि छलफल गरेका छन् । देउवालाई १३ सांसद भएको लोकतान्त्रिक समाजवादी पार्टीले साथ दिने बचन दिइसकेको छ । 

कांग्रेसका एक सांसद सम्भव भए फागुन १२ गते नभए १३ गते छलफलपछि संसद्मा निर्णायथ पेस गर्ने सरकारको तयारी भइसकेको दाबी गर्छन् ।

“संसद् चलेको छैन त्यसकारण एमाले बोल्दैन । माओवादी र समाजवादी बोल्ने कुरै भएन । बोल्ने भनको त्यहीँ एकजना भीम रावल र प्रेम सुवाल हो । उनीहरूलाई हामी दुई जनाजति बोलेर जवाफ दिइहाल्छौँ । अनी एमसीसी अनुमोदन हुन्छ,” देउवा निकट एक सांसदले भने,“यो जति भित्र छलफल हुन्छ बाहिर पनि त्यतिनै विरोध हुन्छ । धेरै जनताको ज्यान जोखिममा राखेर संसद् चलाउन गाह्रो हुन्छ।”

फागनु ८ गतेको प्रतिनिधिसभा बैठकमा सरकारतर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी टेबल गरेका थिए ।

Copy link
Powered by Social Snap