२०८२ चैत्र २७

राजनीति

फेरि पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको भन्दै अनेरास्ववियुको आपत्ति

फेरि पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको भन्दै अनेरास्ववियुको आपत्ति

राजनीति
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको भातृसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)ले फेरि सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको भन्दै आपत्ति जनाएको छ। Advertisement जनताको ढाड सेक्ने गरी एलपी ग्यास र पेट्रोलियम पदार्थको हप्तैपिच्छे भइरहेको मूल्यवृद्धिले गरिब, निमुखा र श्रमजीवी जनताको जीवनयापन अत्यन्तै कष्ठकर अवस्थामा पुगेको भन्दै अनेरास्ववियुले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। ‘कालाबजारिया, घुसखोरीहरूको बिगबिगी बढिरहेको छ। सेटिङको माध्यमबाट ठेक्काहरू आफ्ना कार्यकर्ताहरूलाई दिने दलाली प्रवृत्ति दिन प्रतिदिन मौलाइरहेको छ’, बुधबार अनेरास्ववियुले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘मुलुकको अर्थतन्त्रलाई कमजोर पार्न बग्रेल्ती खुलिरहेका हुण्डीहरूलाई अनुगमन र कारबाही गर्नुको साटो प्रोत्साहन भइरहेको छ।’ त्यसैले छिमेकी ...
यो सरकार कुहिएर फतक्क झरोस्: ओली

यो सरकार कुहिएर फतक्क झरोस्: ओली

राजनीति
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार ढाल्नतर्फ एमाले नलाग्ने बताएका छन्। Advertisement पार्टीनिकट उद्योगी व्यवसायीको भेलामा आज बोल्दै अध्यक्ष ओलीले सरकारलाई फलसँग तुलना गरेका थिए। ‘अहिलेको गठबन्धन सरकार कहिलेसम्म चल्छ? यो कुहिइसकेको छ,’ ओलीले भने, ‘कुहिएको फल पनि कुहियो भन्नेवित्तिकै झर्दैन, झर्नलाई मज्जाले कुहिनुपर्छ। यो झर्नेतर्फ जाँदैछ। झर्ने समय हामीले पर्खनुपर्छ।’ उनले सरकार ढाल्न एमाले नलाग्ने बताए। ‘यो सरकार ढाल्न हामी कोसिस नै गर्दैनौं। ढालेको बात पनि नलागोस्,’ उनले भने, ‘यो आफैँ झरोस्, कुहिएर फतक्कै झरोस्।’ एमालेले अहिले सरकारतिरभन्दा पनि चुनावमा ध्यान दिइरहेको उनले बताए। उनले अहिलेको सरकार ढलेन भने देशलाई बरबादीतर्फ लैजाने पनि बताए। ‘यो सरकार तुरून्तै ढलेन भने, जतिदिन रहन्छ देशलाई बरबादीतिर धकेल्छ,’ उनले भन...
एमालेबारे उत्कृष्ट टिकटक बनाउनेलाई साइबर सर्कलले १ लाख दिने

एमालेबारे उत्कृष्ट टिकटक बनाउनेलाई साइबर सर्कलले १ लाख दिने

राजनीति
नेकपा एमालेनिकट युवा संघ र साइबर सर्कलले टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ। Advertisement स्थानीय निर्वाचन नजिकिरहेका बेला नेकपा एमालेको कार्य तथा विचार झल्किने टिकटक भिडिओ प्रतियोगिता आयोजना गर्न लागिएको सर्कलले जनाएको छ। टिकटक भिडिओ प्रतियोगिताको पुरस्कार पनि घोषणा गरिएको छ। सर्कलका प्रमुख मदन भण्डारीका अनुसार प्रथम पुरस्कार एक लाख, द्वितीय पुरस्कार पचास हजार र तृतीय पुरस्कार २५ हजार घोषणा गरिएको छ। भिडिओका लागि केही सर्तहरू पनि तोकिएका छन्। भिडिओ चैत २१ देखि २०७९ वैशाख ३० गतेसम्म अपलोड गरिसक्नुपर्ने सर्त राखिएको छ। यस्तै, भिडिओ व्यक्तिगत रूपमा सिर्जना गर्नुपर्ने, एमालेले अघि सारेका योजना र विकासमा आधारित हुनुपर्ने, भिडिओ दुई मिनेटको हुनुपर्नेलगायत सर्त राखिएको छ। साइबर सर्कलका कार्यालय सचिव परशु सुवेदीका अनुसार पार्टीक...
एमाले प्रवेश गरेको भोलिपल्टै माओवादीमा फर्किएका गाउँपालिका अध्यक्षले भेटे प्रचण्डलाई

एमाले प्रवेश गरेको भोलिपल्टै माओवादीमा फर्किएका गाउँपालिका अध्यक्षले भेटे प्रचण्डलाई

राजनीति
नेकपा एमालेमा प्रवेश गरेको २४ घन्टामै फेरि नेकपा माओवादी केन्द्रमै फर्किएको घोषणा गरेका धादिङको रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) खुमलटार पुगेका छन्। Advertisement माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आज बिहान भेटेर उनले केही मानिसको परिबन्दमा परेर आफू सोमबार बालकोट पुगेको बताएका छन्। ०७४ मा माओवादीबाट उम्मेदवार बनेर गाउँपालिका अध्यक्ष जितेका डल्लाकोटी बालकोटस्थित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास पुगेर सोमबार एमालेमा प्रवेश गरेका थिए। तर उनले मंगलबार विज्ञप्ति निकालेर माओवादीमै फर्किएको घोषणा गरेका थिए। माओवादीमा फर्केको घोषणा गरेका गाउँपालिका अध्यक्ष डल्लाकोटीले आज खुमलटारमा अध्यक्ष प्रचण्डसँग भेटघाट गरेका हुन्। ‘केही मान्छेको परिबन्दमा परेर बालकोट पुगेँ। यसमा मेरो गल्ती भयो तर मलाई मैले बन...
अभिनेता भुवन केसी काठमाडौंको मेयर उठ्ने

अभिनेता भुवन केसी काठमाडौंको मेयर उठ्ने

राजनीति
अभिनेता भुवन केसी काठमाडौं महानगरपालिकाको मेयर पदमा उठ्ने भएका छन्। Advertisement ०७९ वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा केसीलाई काठमाडौं महानगरको मेयर उठाउने उन्नत लोकतन्त्र पार्टीले निर्णय गरेको हो। स्वागत नेपाल अध्यक्ष रहेको पार्टीले काठमाडौंको मेयरमा भुवनलाई र उपमेयरमा रेश्मा लामालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। पार्टीको मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले काठमाडौं महानगरका लागि मेयर र उपमेयरको उम्मेदवार टुंग्याएको थियो। उन्नत लोकतन्त्र पार्टीको संवाद समितिले गरेको छलफलबाट केसीलाई परराष्ट्र विभागको विभागीय अध्यक्षसमेतको जिम्मेवारी दिइएको अध्यक्ष स्वागत नेपालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। मेयरका उम्मेदवार केसीले महानगरवासीलाई शहरीया गरिबी, डेरावालका व्यवस्थापनका समस्या तथा घरेलु हिंसाका मुद्दामा सही न्याय दि...
हिजो एमाले प्रवेश गरेका गाउँपालिका अध्यक्ष आज फेरि माओवादीमै फर्किए

हिजो एमाले प्रवेश गरेका गाउँपालिका अध्यक्ष आज फेरि माओवादीमै फर्किए

राजनीति
धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष तथा इन्चार्ज पुन: नेकपा माओवादी केन्द्रमा फर्किएका छन्।  Advertisement अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) ले एक विज्ञप्ति जारी गर्दै आफू माओवादी केन्द्रमा फर्किएको बताएका छन्। उनी सोमबारमात्रै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवास पुगेर पार्टी प्रवेश गरेका थिए।  तर आफूभित्र क्षणिक आक्रोश र आवेगमा आएर राजनीतिक रूपमा गम्भीर गल्ती-कमजोरी हुन गई पुन: पार्टीमा फर्किएको उनले बताए।  ‘मभित्र क्षणिक आक्रोश र आवेगमा आई राजनीतिक रूपमा गम्भीर गल्ती कमजोरी हुन गई समग्र पार्टी, बेनीघाट रोराङ र धादिङको पार्टी पंक्तिमा पर्न गएको क्षतिप्रति गम्भीर रूपमा आत्माआलोचना गर्न चाहन्छु,’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘र आगामी दिनमा माओवादी केन्द्रमा रही पार्टीको...
राष्ट्रपतिले जारी गरिन् पाँच अध्यादेश

राष्ट्रपतिले जारी गरिन् पाँच अध्यादेश

राजनीति
राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच वटा अध्यादेश जारी गरेकी छन्।  Advertisement मंगलबार उनले पाँच वटा अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जानकारी दिए।  उनले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्ले सिफारिस गरेका अध्यादेश जारी गरेकी हुन्।  यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश जारी भएका हुन्।  ...
एकीकृत समाजवादीप्रति जनताको आकर्षण देखेर विपक्षी दलहरू बर्बराउन थाले: माधव नेपाल

एकीकृत समाजवादीप्रति जनताको आकर्षण देखेर विपक्षी दलहरू बर्बराउन थाले: माधव नेपाल

राजनीति
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एकीकृत समाजवादीप्रति जनताको आकर्षण देखेर विपक्षी दलहरू बर्बराउन थालेको बताएका छन्। Advertisement ६ महिना अघि मात्रै गठन गरिएको पार्टीमा जनताको लहर बढेको बताउँदै उनले आफ्नो पार्टीप्रतिको जनलहर देखेर विपक्षी दलहरू अत्तालिएको बताए। कपिलवस्तुको शिवराज नगरपालिकामा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले आगामी निर्वाचनमा सत्ता साझेदार गठबन्धन मिलेर जाने भएकोले देशभर गठबन्धनका साझा उम्मेदवारले जित्ने दाबी गरे। निर्वाचनमा मिलेर जाने विषयमा पाँच दलीय गठबन्धनको निरन्तर वार्ता र छलफल भइरहेको र दलहरू गठबन्धनप्रति सकारात्मक रहेको उनको भनाइ छ। अध्यक्ष नेपालले अघिल्लो निर्वाचनमा दुईतिहाइ मत दिएर पठाएको पार्टीले जनतालाई धोका दिएको भन्दै अब भने नेपाली जन...
अनुदान वा सस्तो ब्याजमा ऋण पाए रेलवे बनाउन सकिन्छ, नत्र सकिन्न: प्रधानमन्त्री देउवा

अनुदान वा सस्तो ब्याजमा ऋण पाए रेलवे बनाउन सकिन्छ, नत्र सकिन्न: प्रधानमन्त्री देउवा

राजनीति
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अनुदान वा सस्तो ब्याजदरमा ऋण लिन सक्ने हो भने मात्र रेलमार्ग बनाउन सकिने बताएका छन्। Advertisement आज काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाह उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले रेलमार्गमा लगानी गर्ने हो भने नेपालीहरू झन् समस्यामा पर्न सक्ने बताए। उनले व्यापार घाटा बढ्दो रहेकोले अहिलेकै अवस्थामा रेलमार्ग बनाउन गाह्रो हुने बताएका हुन्। ‘यहाँ कुरा आयो, रेल त आवश्यकता छ। तर धेरै खर्च लाग्न सक्छ,’ प्रधानमन्त्री देउवाले भने, ‘कुनै दातृ राष्ट्रको अनुदान वा सस्तो ब्याजदरमा ऋण लिन सक्ने हो भने मात्र रेलवे बनाउन सकिन्छ। फाइदाजनक पनि हुन्छ।’ नेपालमा व्यापारघाटा बढेकोले रेलमार्ग बनाउनेजस्ता काम अहिले गर्न नसकिने देउवाको भनाइ थियो। ‘रेलमार्ग बनाएर थप समस्यामा पर्न हुन्न, व्यापार घाटा बढेको...
एमालेले गरेन निर्वाचन आचार संहिता प्रतिबद्धता पत्रमा हस्ताक्षर

एमालेले गरेन निर्वाचन आचार संहिता प्रतिबद्धता पत्रमा हस्ताक्षर

राजनीति
प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले स्थानीय तह निर्वाचन आचार संहिता प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेको छैन।  Advertisement मंगलबार निर्वाचन आयोगले स्थानीय चुनावका लागि आचार संहितामा प्रतिबद्धता माग्न बैठक बोलाएको थियो। आयोगले जारी गरेको आचार संहिताबारे जानकारी नै नदिई प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न लगाएको भन्दै साना दलले नाराबाजी गरेका थिए। साना दल र आयोगको होहल्लाले गर्दा आज प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्ने वातावरण नभएको एमालेले जनाएको छ। ‘निर्वाचन आचार संहितामा हाम्रो प्रतिबद्धता छ तर आज साना दल र आयोगबीच होहल्लाले गर्दा हस्ताक्षर गर्ने वातावरण बनेन’, एमाले निर्वाचन विभागका उपप्रमुख  निरज आचार्यले भने। राम्ररी छलफल र बहस हुन नपाएको भन्दै एमालेले हस्ताक्षर गर्न नमानेको हो। केही साना दलका प्रतिनिधिहरूले नाराबाजी गरे पनि आयोगले उनीह...