२०८२ चैत्र २७

राजनीति

माधव नेपाललाई तीन सिट जितेर देखाउन ओलीको चुनौती

माधव नेपाललाई तीन सिट जितेर देखाउन ओलीको चुनौती

राजनीति
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीलाई तीन सिट जितेर देखाउन चुनौती दिएका छन्। Advertisement ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई आगामी संसदीय निर्वाचनमा तीन सिट जितेर देखाउन चुनौती दिएका हुन्। विगतमा एमालेमा हुँदा माधव नेपाल पक्षलाई भाग दिइएकोसमेत उनको भनाइ थियो। ‘२३ सिट हिजोको चुनावको परिणाम हो,’ पार्टीनिकट स्वास्थ्यकर्मीको कार्यक्रममा आज बोल्दै ओलीले भने, ‘माधव नेपालले २२/२३ सिट जित्ने हुति हो? आगामी संसदीय निर्वाचनमा तीन सिट जितेर देखाऊन।’ ...
संसदको अंकगणित फेरबदल नहुँदासम्म गठबन्धन रहन्छ: गृहमन्त्री खाण

संसदको अंकगणित फेरबदल नहुँदासम्म गठबन्धन रहन्छ: गृहमन्त्री खाण

राजनीति
गृहमन्त्री बालकृष्ण खाणले वर्तमान सत्ता गठबन्धनले आगामी संघीय र प्रदेश सभा निर्वाचनसम्म निरन्तरता पाउने बताएका छन्। नेपाली कांग्रेस म्याग्दीले आज बेनीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले गठबन्धनमा आबद्ध दललाई समेटेर साथसाथै लैजानुपर्ने धारणा राखे। Advertisement ‘राजनीतिक विचार फरक भए पनि निश्चित उद्देश्यका लागि इतिहासदेखि नै सहकार्य र सम्झौता गरेको विषय कांग्रेसले बिर्सनु हुँदैन’, मन्त्री खाणले भने, ‘नेपालमा दीगो शान्ति, संविधान, लोकतान्त्रिक मूल्य पद्धतिको रक्षा गर्दै कांग्रेसलाई महत्वपूर्ण भूमिकामा फर्काउन गठबन्धन गरिएको हो।’ गठबन्धनप्रति पूर्ण विश्वास गर्न कार्यकर्तालाई आग्रह गर्दै उनले ‘खोलो तरेर लौरो बिर्सन नहुने’ स्मरण गराए।  ‘गठबन्धनका लागि हामीले अन्य दललाई वचन दिएका छौं’, मन्त्री खाणले भने, ‘नदीमा बाढी आउँदा लौरेले...
स्थानीय तहले जनतालाई गुणस्तरीय सेवा दिन आवश्यक छ: प्रधानमन्त्री

स्थानीय तहले जनतालाई गुणस्तरीय सेवा दिन आवश्यक छ: प्रधानमन्त्री

राजनीति
प्रधानमन्त्री शेरबहादुर देउवाले दाङको राप्ती गाउँपालिकाको प्रशासनिक भवन शुक्रबार उद्घाटन गरेका छन्।  Advertisement भर्चुअल मिटिङमार्फत देउवाले बिहान लुम्बिनी प्रदेशको स्थायी राजधानीको केन्द्रमा पर्ने गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन गरेका हुन्।  उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस सभापतिसमेत रहेका देउवाले सरकारको सबैभन्दा प्रभावकारी निकाय भनेको स्थानीय तह भएको भन्दै उनले स्थानीय नागरिकलाई प्रभावकारी सेवा प्रवाह गर्न आग्रह गरे।  ‘स्थानीय तहले जनतालाई चुस्त र गुणस्तरीय सेवा दिन आवश्यक छ,’ देउवाले भने, ‘मलाई विश्वास छ, राप्ती गाउँपालिकाको नयाँ प्रशासनिक भवन बनेपछि सेवा थप प्रभावकारी ढंगले दिनेछ।’ नेपालको आवश्यकता भनेको स्थानीय उत्पादन वृद्धि गरि अत्यावश्यक वस्तु तथा सेवामा गाउँ ठाउँमै पहुँच विस्तार हुन जरूरी रहेको प्रधान...
अमेरिकाको सर्वोच्च अदालतमा पहिलो पटक अश्वेत महिला बनिन् न्यायाधीश

अमेरिकाको सर्वोच्च अदालतमा पहिलो पटक अश्वेत महिला बनिन् न्यायाधीश

राजनीति
संयुक्त राज्य अमेरिकाको सर्वोच्च अदालतमा पहिलो पटक अश्वेत महिला न्यायाधीश बनेकी छन्। Advertisement राष्ट्रपति जो बाइडेनले सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेकी केतान्जी ब्राउन ज्याकसनलाई माथिल्लो सदन सिनेटले बिहीबार अनुमोदन गरेको समाचार संस्था रोयटर्सले जनाएको छ। ५१ वर्षीया ज्याकसनले पक्षमा तीन रिपब्लिकनसित ५३ जना सांसदले मत हालेका थिए भने विपक्षमा ४७ मत खसेको थियो। सिनेटमा मतदान भइरहँदा राष्ट्रपति बाइडेनले ज्याक्सनलाई ह्वाइट हाउसमै बोलाएका थिए। ज्याक्सन अनुमोदन भएपछि उनीसँग बाइडेनले सेल्फी खिचेका थिए। सामाजिक सञ्जाल ट्विटरमा बाइडेनले लेखेका छन्- न्यायाधीश ज्याक्सनको अनुमोदन हाम्रो राष्ट्रका लागि एउटा ऐतिहासिक क्षण थियो। अमेरिकाको विविधता हाम्रो सर्वोच्च अदालतमा झल्काउन हामीले अर्को कदम चालेका छौं। उनी एक अदभूत न्यायाधीश बन्नेछिन, यो क्षणम...
सभामुख सापकोटाले गरे चौतारामा साढे सात करोडमा बनेको ६७ फिट अग्लो भ्यू-टावरको उद्घाटन

सभामुख सापकोटाले गरे चौतारामा साढे सात करोडमा बनेको ६७ फिट अग्लो भ्यू-टावरको उद्घाटन

राजनीति
सभामुख अग्निप्रसाद सापकोटाले देशका उच्च पदमा रहेका कोही पनि कानुन भन्दामाथि जान नहुने बताएका छन्। Advertisement राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखलगायत सबैले कानुन मान्नुपर्नेमा उनले जोड दिए। ‘ठूलालाई चयन सानालाई ऐन’ भनेजस्तो हुनु राम्रो नभएको भन्दै सापकोटाले उच्च पदमा रहेकाले यसमा ध्यान दिनुपर्ने बताए। चौतारा साँगाचोकगढी नगरपालिका-६ मा नवनिर्मित भ्यू-टावरसहितको बुद्धपार्कको बिहीबार उद्घाटन गर्दै उनले सबैभन्दामाथि कानुन अनि मात्र पद रहेको बताए। सापकोटाले संघीयता कार्यान्यनमा स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको बताए। सापकोटाले भ्रष्टाचार भनेको पैसाको लेनदेन मात्र नभई पदको दुरुपयोग पनि भएकाले अब युवा जागेर भ्रष्टाचार नियन्त्रणमा लाग्नुपर्नेमा जोड दिए। सभामुख सापकोटाले ६७ फिट अग्लो बुद्धको प्रतिमाको अनावरण गरे। नगरपालिकाले गौ...
सुन्दर शहर काठमाडौं फोहोरको थुप्रो भयो, यो नेपालीको लागि बेइज्जत र लाजमर्दो कुरा हो- प्रधानमन्त्री

सुन्दर शहर काठमाडौं फोहोरको थुप्रो भयो, यो नेपालीको लागि बेइज्जत र लाजमर्दो कुरा हो- प्रधानमन्त्री

राजनीति
प्रधानमन्त्री शेरबहादुर देउवाले फोहोरबाट बिजुली र ग्याँस उत्पादन गर्न सकिने बताएका छन्। Advertisement बिहीबार विश्व स्वास्थ्य दिवसको अवसर पारेर काठमाडौंमा आयोजित टाइफाइडबिरुद्धको खोप अभियान सञ्चालनको शुभारम्भ गर्दै प्रधानमन्त्री देउवाले फोहोरबाट बिजुली र ग्याँस उत्पादन गरेर फोहोर व्यवस्थापन गर्नुपर्ने बताए। उनले काठमाडौंमा फोहोर व्यवस्थापनको कुरा अत्यन्त जरूरी भइसकेको पनि बताए। प्रधानमन्त्री देउवाले धरानमा फोहोरबाट बिजुली र ग्याँस उत्पादन गरी टेम्पोलगायतका साना सवारीसाधन सञ्चालन गरिएको भन्दै काठमाडौंको फोहोरलाई पनि त्यसैगरी व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिए। उनले फोहोर व्यवस्थापन गर्नका लागि सरकारबाट चाहिने सहयोग गर्न आफू प्रतिवद्ध रहेको पनि बताए। सुन्दर शहर काठमाडौं अहिले फोहोरको थुप्रो भएको भन्दै प्रधानमन्त्री देउवाले काठमाडौंलाई...
कानून मन्त्री बन्दीले लिए सपथ

कानून मन्त्री बन्दीले लिए सपथ

राजनीति
नवनियुक्त कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला (बन्दी) ले सपथ लिएका छन्। Advertisement आज राष्ट्रपति निवास शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्री बन्दीलाई सपथ खुवाएकी हुन्। नवनियुक्त मन्त्री बन्दीको सपथग्रहणमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवा पनि उपस्थित थिए। प्रधानमन्त्री देउवाले आज कानून मन्त्रीमा बन्दीलाई नियुक्त गरेका थिए। उनी सांसद छैनन्, वरिष्ठ अधिवक्ता हुन्।  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालनिकट बन्दीले पछिल्लो समय एमसिसी परियोजना पारित गर्दा १२ बुँदे व्याख्यात्मक घोषणा तयार पार्न महत्वपूर्ण भूमिका खेलेका थिए। त्यसअघि पनि उनले अहिलेको सरकार बन्ने बेलामा कानुनी परामर्शमा महत्वपूर्ण भूमिका खेलेका  थिए। यसअघि कानून मन्त्री रहेक...
स्थानीय तह निर्वाचन: स्पष्ट खाका नआउँदा अन्यौल

स्थानीय तह निर्वाचन: स्पष्ट खाका नआउँदा अन्यौल

राजनीति
दुई दिनअघि नेपाली कांग्रेस कञ्चनपुरको पार्टी कार्यालयमा पाँच दलीय गठबन्धनको बैठक बस्यो। कांग्रेसका पार्टी सभापति पदम बोगटीको संयोजकत्वमा बसेको बैठकले केन्द्रको सहमतिअनुसार आपसी समझदारी र सहकार्य गरी स्थानीयस्तरमा तालमेल गर्ने निर्णय गर्‍यो। Advertisement केन्द्रदेखि पार्टीको जिल्ला तहसम्म गठबन्धन गरेर निर्वाचनमा जाने एकखाले समझदारी बने पनि कांग्रेसभित्र पालिकास्तरमा भने गठबन्धन गर्ने निर्णयप्रति असन्तुष्टि व्यक्त हुन थालेको छ। जिल्लामा भएको समझदारीको दुई दिन नबित्दै मंगलबार नेपाली कांग्रेस भीमदत्त नगर कमिटीले भीमदत्तमा कांग्रेसले बिनागठबन्धन निर्वाचन लड्ने निर्णय गरेको छ। नगरसभापति अच्युतराज कलौनीको अध्यक्षतामा बसेको बैठकले यहाँ गठबन्धन नगर्ने निर्णय गरेपछि यहाँको चुनावी माहोल तरङ्गित बनेको छ। यसअघि विसं २०७४ को निर्वाचनमा नेकपा (एमाले) का उम...
पाल्पामा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल

पाल्पामा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल

राजनीति
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पाल्पामा पाँच दलबीच चुनावी गठबन्धन गरिएको छ। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीबीच चुनावी तालमेल हुने भएको हो। Advertisement बुधबार संयन्त्रको बैठकले आगामी निर्वाचनमा जिल्लाका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने निर्णय गरेको हो। चुनावी तालमेलका सम्बन्धमा पाल्पा कांग्रेसका सभापति हिमालदत्त श्रेष्ठको संयोजकत्वमा संयन्त्र निर्माण गरिएको छ। त्यसको सदस्यमा माओवादी केन्द्रका संयोजक नेत्रप्रसाद पाण्डे, एकीकृत समाजवादीका अध्यक्ष खिमानन्द पाण्डे, राष्ट्रिय जनमोर्चाका अध्यक्ष विशाल दर्लामी र जनता समाजवादीका मेयरमान राना रहेको संयन्त्रका संयोजक श्रेष्ठले बताए। संयन्त्रले गठबन्धन दलबीच आवश्यक छलफल, परामर्श गरी स्थानीय तहमा उम्मेदवा...
एमालेले झापाका २९ वडामा बनायो सर्वसम्मत उम्मेदवार

एमालेले झापाका २९ वडामा बनायो सर्वसम्मत उम्मेदवार

राजनीति
स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले झापाका १३१ वडामा उम्मेदवार छनोट प्रक्रिया सुरू गरेको छ। Advertisement बुधबार नेकपा एमालेले २९ वटा वडामा सर्वसम्मत रूपमा उम्मेदवार पनि सिफारिस गरेको छ। धेरैजसो वडामा सर्वसम्मतका लागि छलफल जारी रहेको नेकपा एमाले झापाका सचिव शिव ढुङ्गेलले जानकारी दिए। उनका अनुसार बुद्धशान्तिको १, अर्जुनधाराका २, विर्तामोडका २, भद्रपुरका ४, मेचीनगरका २, कनकाईका २, झापाका गाउँपालिकाका २, कचनकवलको १, हल्दिबारीको १, बाह्रदशीका २, शिवसताक्षीका २, गौरीगञ्जका ३, गौरादहको १, कमलको १ र दमकको २ वटा वडाले वडाध्यक्ष र सदस्यहरूको उम्मेदवार चयन गरिएको हो। सर्वसम्मत नभएका वडामा मतदानबाट उम्मेदवार सिफारिस गर्ने काम भइरहेको सचिव ढुङ्गेलले जानकारी दिए। चैत २७ पछिको पहिलो जिल्ला कमिटी बैठकले वडाअध्यक्ष र सदस्यहरूको टुङ्गो लगाउने भए...