२०८२ चैत्र २६

राजनीति

पार्टी महाधिवेशनमा जितेकाहरूलाई पनि तरूण दलमै क्रियाशील राख्न परिपत्र

पार्टी महाधिवेशनमा जितेकाहरूलाई पनि तरूण दलमै क्रियाशील राख्न परिपत्र

राजनीति
नेपाल तरूण दलले वैशाखमा हुने स्थानीय तह चुनावमा खट्न परिपत्र गरेको छ। Advertisement जिल्ला अध्यक्षहरूलाई अध्यक्ष विद्वान गुरूङले आज पत्र पठाउँदै जिल्ला र जिल्ला मातहतका संघीय निर्वाचन क्षेत्र, पालिका र वडा तहसम्म निर्वाचन परिचालनमा खट्न निर्देशन दिएका छन्। उनले सहयोग समिति बनाएर मतदान केन्द्रहरूमा तरूण स्वयमसेवकसमेत परिचालन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका हुन्। साथै तरूण दलमा रहेर पार्टी महाधिवेशनबाट विभिन्न तहमा जितेकाहरूलाई पनि अर्को निर्णय नहुन्जेलका लागि तरूण दलमै क्रियाशील गराउन अध्यक्ष गुरूङले निर्देशन दिएका छन्। ‘नेपाल तरुण दलको चौथो महाधिवेशनको सन्दर्भमा गठित दलको जिल्ला, संघीय निर्वाचन क्षेत्र, पालिका र वडा समितिहरुमा विभिन्न जिम्मेवारीमा रही कार्य गर्दै आएका तरुण साथीहरुलाई कांग्रेसको १४ औँ महाधिवेशनको सन्दर्...
भारत भ्रमण सकेर फर्किए प्रधानमन्त्री देउवा

भारत भ्रमण सकेर फर्किए प्रधानमन्त्री देउवा

राजनीति
प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमण सकेर आइतबार साँझ स्वदेश फर्किएका छन्। प्रधानमन्त्री देउवा नयाँदिल्लीबाट नेपाल वायुसेवा निगमको नियमित उडानबाट केहीबेरअघि काठमाडौं आइपुगेका हुन्।  Advertisement गत असारमा प्रधानमन्त्री बनेपछि देउवा शुक्रबार पहिलो पटक छिमेकी भारतको भ्रमणमा गएका थिए। शनिबार प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच दुई पक्षीय वार्ता भएको थियो। वार्ताका क्रममा प्रधानमन्त्री देउवाले नेपाल-भारतबीच रहेको सीमा विवादको स्थापित संयन्त्रबाट हल गर्न आग्रह गरेका थिए।  आज प्रधानमन्त्री देउवा उत्तर प्रदेशको धार्मिक सहर बनारस पुगेका थिए। बनारसमा प्रधानमन्त्री देउवाले विभिन्न मन्दिरमा पूजाआजा गर्नुका साथै नेपाल सरकारले बनाउन लागेको वृद्धाश्रमको शिलान्यास गरेका थिए।  नयाँदिल्लीस्थित नेपाली राजदूत श...
बनारसबाट फर्किए प्रधानमन्त्री देउवा, साँझ दिल्लीबाट काठमाडौं आउने

बनारसबाट फर्किए प्रधानमन्त्री देउवा, साँझ दिल्लीबाट काठमाडौं आउने

राजनीति
भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा बनारसबाट दिल्ली फर्किएका छन्।  आइतबार बिहान बनारस पुगेका उनी दिउँसो दिल्ली फर्किएका हुन्। Advertisement बनारसस्थित काशी विश्वनाथ मन्दिरमा प्रधानमन्त्री देउवाले विशेष पूजा गरेका थिए।  उक्त कार्यक्रममा देउवा पत्नी आरजु राणा देउवा, परराष्ट्र मन्त्री नारायण खड्का, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र भारतीय राजदूत विनयमोहन क्वात्रालगायत उपस्थित थिए।  पूजापछि प्रधानमन्त्री देउवाले एक वृद्धाश्रमको शिलान्यास समेत गरेका छन्।  ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा नेपाल सरकारले बनाउन लागेको वृद्धाश्रमको प्रधानमन्त्री देउवाले शिलान्यास गरेका हुन्। नेपाल सरकारले वृद्धाश्रमका लागि एक करोड विनियोजन गरेको छ। यद्यपि भवन निर्माणको ठेक्का लगाउन भने ब...
प्रचण्ड-माधवप्रति ओलीको टिप्पणी: भिखमंगाजस्तो दुनो लिएर हिँडेका छन्

प्रचण्ड-माधवप्रति ओलीको टिप्पणी: भिखमंगाजस्तो दुनो लिएर हिँडेका छन्

राजनीति
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपाको पाँच वर्षे सरकारलाई बीचैमा ढालेर पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल अहिले भिखमंगाजस्तो गरी दुनो लिएर हिँडेको बताएका छन्। Advertisement वामगठबन्धन हुँदै एमाले र माओवादी एकीकरण गरेर नेकपा बनेपछि ओली प्रधानमन्त्री बनेका थिए। तर प्रतिनिधि सभा विघटनपछि अदालतको आदेशमा नेकपा खारेज भई एमाले र माओवादी पुन अस्तित्वमा आएका थिए। नेकपा हुँदाका अवस्थाका कुरा निकाल्दै आज ओलीले प्रधानमन्त्रीसहित मन्त्रीहरू सबै आफ्नै पार्टीको हुँदा पनि प्रचण्ड-माधव नेपालले काम गर्न नदिएको र सरकार ढालेको बताए। दोस्रोपटक प्रतिनिधि सभा विघटन गरेपछि अदालतको परमादेशबाट ओली प्रधानमन्त्री हटेर गत असार २९ मा शेरबहादुर देउवा गठबन्धनबाट प्रधानमन्त्री बनेका थिए। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्...
बजार अनुगमन गर्न ७७ वटै जिल्लाका सिडिओलाई गृहमन्त्री खाणको निर्देशन

बजार अनुगमन गर्न ७७ वटै जिल्लाका सिडिओलाई गृहमन्त्री खाणको निर्देशन

देश, राजनीति
सरकारले पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तु सहज उपलब्ध गराउन सरोकारवाला निकाय र व्यवसायीहरूलाई निर्देशन दिएको छ। Advertisement कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री बालकृष्ण खाणले अत्यावश्यक बस्तुमा मूल्यवृद्धि नगर्न, बिक्री वितरण नरोक्न र पेट्रोलियम पदार्थ सहज उपलब्ध गराउन निर्देशन दिएका हुन्। ‘पेट्रोलियम पदार्थ सहज उपलब्ध गराउन, अत्यावश्यक बस्तुमा मूल्यवृद्धि नगर्न र सहज उपलब्ध गराउन निर्देशन दिनुभएको छ,’ गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले भने, ‘व्यवसायीका समस्या भएमा सरकार संवादमार्फत् समाधान गर्न तयार रहेको तर समस्या देखाएर अभाव सिर्जना गरिएमा कानुन अनुसार कारबाहीका लागि अगाडि बढ्न सरकार बाध्य हुनेछ।’ खाणले गृहलगायत सरोकारवाला मन्त्रालयका सचिवलाई निर्देशन दिएको र त्यसै अनुरुप गृहले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ...
पेट्रोलियम आपूर्ति सहज बनाउन सरकारको निर्देशन

पेट्रोलियम आपूर्ति सहज बनाउन सरकारको निर्देशन

राजनीति
प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका गृहमन्त्री बालकृष्ण खाणले पेट्रोलियम पदार्थको आपूर्तिमा उत्पन्न समस्या तत्काल समाधान गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन्। Advertisement आपूर्ति सचिव डा गणेशप्रसाद पाण्डे, नेपाल आयल निगमका कार्यबाहक महानिर्देशक वीरेन्द्र गोइत र नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका महासचिव विश्व अर्याललाई तत्काल समस्या समाधान गर्न निर्देशन दिएका हुन्। उनले अत्यावश्यक वस्तुमा समस्या देखिए सरकार नचाहँदा-नचाहँदै कठोर हुनुपर्ने अवस्था आउन सक्नेतर्फसमेत सचेत गराएका छन्। व्यवसायीहरूले पेट्रोलियम पदार्थ बेचे-नबेचेको अनुगमन गर्न कार्यबाहक प्रधानमन्त्रीले आफूहरूलाई निर्देशन दिएको र आफूहरूले जिल्ला प्रशासन कार्यालय काठमाडौंको सहयोगमा अनुगमन गरेको निगमका कार्यबाहक महानिर्देशक गोइतले जानकारी दिए। उनका अनुसार कार्यबाहक प्र...
सत्तारूढ गठबन्धन दलले प्रदेश १ मा बनायो निर्वाचन कार्यदल

सत्तारूढ गठबन्धन दलले प्रदेश १ मा बनायो निर्वाचन कार्यदल

राजनीति
आगामी स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने सहमति गरेको वर्तमान सत्ता गठबन्धन दलले प्रदेश १ मा कार्यदल गठन गरेको छ। कार्यदलमा प्रदेश सरकारमा सहभागी लिम्बुवान भने संलग्न छैन।  Advertisement केन्द्रीय गठबन्धनमा रहेका चार दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी  र जनता समाजवादी पार्टीले प्रदेशमा गरिने गठबन्धनको मोडलबारे छलफल थाल्न कार्यदल गठन गरेका हुन्। शनिबार इटहरीमा भएको चार दलीय बैठकले कार्यदल गठन गरेर वडातहसम्मै गठबन्धन गर्ने निर्णय गरेको हो। कार्यदलमा सबै दलबाट  दुई-दुई जना प्रदेश पदाधिकारीको प्रतिनिधित्व गराइएको छ।  बैठकले  वडा तहसम्मै निर्वाचन संयन्त्र बनाएर गठबन्धनलाई प्रभावकारी बनाउने र प्रदेश गठबन्धनलाई सहज बनाउन प्रदेशमा कार्यदल बनाएर काम गर्ने निर्णय गरेको प्रदेश कांग्रेसका सभापति उद्धव थापाले ...
महिला जनप्रतिनिधि भन्छन्ः प्रमुख पदमा नेतृत्व गर्न सक्षम छौं

महिला जनप्रतिनिधि भन्छन्ः प्रमुख पदमा नेतृत्व गर्न सक्षम छौं

राजनीति
तनहुँका महिला जनप्रतिनिधिले प्रमुख पदमा नेतृत्व ग्रहण गर्न आफूहरू सक्षम रहेको बताएका छन्। Advertisement वि.सं २०७४ को स्थानीय तहको निर्वाचनदेखि उपप्रमुख, उपाध्यक्ष, वडा सदस्य र कार्यपालिका सदस्यमा निर्वाचित भएका यहाँका जनप्रतिनिधिले अब हुने निर्वाचनमा प्रमुख पदमा नेतृत्व लिन आफूहरू सक्षम रहेको बताएका हुन्।  व्यास नगरपालिकाका उपप्रमुख मीरा जोशीले महिलाहरू पनि प्रमुख पदको नेतृत्व गर्न सक्षम भएको बताए। पाँच वर्षको अनुभवले धेरै कुरा सिकाएको जानकारी दिँदै उनले भनिन्, ‘यो बीचमा अनुभव बटुल्यौं, प्रमुख भएर नगरपालिका चलाउने दृढ इच्छाशक्ति र सङ्कल्प छ। हामी केही कुरामा पनि कम छैनौं।’ ‘नगरप्रमुखको आकाङ्क्षी धेरै हुने गरेकाले महिलाहरू पनि अब नेतृत्वमा आउनुपर्छ’ उपप्रमुख जोशीको भनाइ थियो, ‘सँग-सँगै राजनीति गरेकाहरू प्रदेश सां...
भारत–नेपाल सम्बन्ध विश्वमै उदाहरणीय छः मोदी

भारत–नेपाल सम्बन्ध विश्वमै उदाहरणीय छः मोदी

राजनीति
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत–नेपाल सम्बन्ध विश्वमै अनुपम उदाहरणका रूपमा विकास भइरहेको बताएका छन्। Advertisement दुवै देशका प्रधानमन्त्रीले नेतृत्व गरेको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्तापछि आयोजित पत्रकार सम्मेलनलाई नयाँदिल्लीस्थित हैदरावाद हाउसमा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भारत र नेपालको मैत्री, दुई देशका जनताबीचको सम्बन्ध एउटा अनुपम उदाहरणका रूपमा रहेको र त्यस्तो सम्बन्ध विश्वका अन्य कुनै पनि देशमा नदेखिएको बताएका हुन्। भारत र नेपालको सभ्यता, संस्कृति र पारस्परिक सम्बन्ध आदानप्रदानको डोरी प्राचीनकालदेखि जोडिएको बताउँदै उनले भने, ‘अनादिकालदेखि हामी एकअर्काका सुखदुःखका साथी हौं।’ प्रधानमन्त्री मोदीले नवरात्र प्रारम्भ भएको पवित्र दिन नेपालका प्रधानमन्त्रीलाई नयाँदिल्लीमा स्वागत गर्न पाउँदा आफूलाई खुसी लागेको बताउँदै नेपा...
नेपाल र भारतबीच चार सम्झौता/समझदारीमा हस्ताक्षर

नेपाल र भारतबीच चार सम्झौता/समझदारीमा हस्ताक्षर

राजनीति
नेपाल र भारतबीच ऊर्जा र रेलवेमा सहकार्य गर्नेबारे चार वटा सम्झौता भएका छन्। Advertisement भारतको तीन दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीचको भेटपछि दुबै देशका अधिकारीहरूले ती समझदारी/सम्झौतामा हस्ताक्षर गरेका हुन्।  इन्टरनेसनल सोलार एलाइन्समा नेपालको प्रवेशसम्बन्धी समझदारी, भारतीय आयल निगम र नेपाल आयल निगमबीच पेट्रोलियम पदार्थ आपूर्तिमा सम्झौता,  भारतीय आयल निगम र नेपाल आयल निगमबीच प्राविधिक सहयोग सम्झौतामा हस्ताक्षर भएको छ। त्यस्तै सीमापार रेलसम्बन्धी प्राविधिक सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। आजै प्रधानमन्त्री देउवा र मोदीले जयनगर-जनकपुर रेलको उद्घाटन गरेका थिए। ...