२०८१ बैशाख ८

अमेरिकाको सर्वोच्च अदालतमा पहिलो पटक अश्वेत महिला बनिन् न्यायाधीश

संयुक्त राज्य अमेरिकाको सर्वोच्च अदालतमा पहिलो पटक अश्वेत महिला न्यायाधीश बनेकी छन्।


Advertisement


राष्ट्रपति जो बाइडेनले सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेकी केतान्जी ब्राउन ज्याकसनलाई माथिल्लो सदन सिनेटले बिहीबार अनुमोदन गरेको समाचार संस्था रोयटर्सले जनाएको छ।

५१ वर्षीया ज्याकसनले पक्षमा तीन रिपब्लिकनसित ५३ जना सांसदले मत हालेका थिए भने विपक्षमा ४७ मत खसेको थियो। सिनेटमा मतदान भइरहँदा राष्ट्रपति बाइडेनले ज्याक्सनलाई ह्वाइट हाउसमै बोलाएका थिए।

ज्याक्सन अनुमोदन भएपछि उनीसँग बाइडेनले सेल्फी खिचेका थिए। सामाजिक सञ्जाल ट्विटरमा बाइडेनले लेखेका छन्- न्यायाधीश ज्याक्सनको अनुमोदन हाम्रो राष्ट्रका लागि एउटा ऐतिहासिक क्षण थियो।

अमेरिकाको विविधता हाम्रो सर्वोच्च अदालतमा झल्काउन हामीले अर्को कदम चालेका छौं। उनी एक अदभूत न्यायाधीश बन्नेछिन, यो क्षणमा उनीसँगै हुन पाउँदा गौरव महशुस भएको छ।

सन् १७८९ मा स्थापना भएको अमेरिकी सर्वोच्च अदालतमा अहिलेसम्म अश्वेत महिला न्यायाधीश भएका थिएनन्। अहिलेसम्म दुई जना अश्वेत पुरूष न्यायाधीश भएका छन् भने तीमध्ये एक जना अहिले पनि पदमा बहाल छन्।

ज्याक्सन अमेरिकी सर्वोच्च अदालतमा न्यायाधीश हुने छैठौं महिला हुन्। यसअघि पाँच जना श्वेत महिला सर्वोच्चका न्यायाधीश भएका थिए।

Copy link
Powered by Social Snap