


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीलाई तीन सिट जितेर देखाउन चुनौती दिएका छन्।
Advertisement


ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई आगामी संसदीय निर्वाचनमा तीन सिट जितेर देखाउन चुनौती दिएका हुन्।

विगतमा एमालेमा हुँदा माधव नेपाल पक्षलाई भाग दिइएकोसमेत उनको भनाइ थियो।
‘२३ सिट हिजोको चुनावको परिणाम हो,’ पार्टीनिकट स्वास्थ्यकर्मीको कार्यक्रममा आज बोल्दै ओलीले भने, ‘माधव नेपालले २२/२३ सिट जित्ने हुति हो? आगामी संसदीय निर्वाचनमा तीन सिट जितेर देखाऊन।’






