२०८३ कार्तिक १३

स्थानीय तहले जनतालाई गुणस्तरीय सेवा दिन आवश्यक छ: प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले दाङको राप्ती गाउँपालिकाको प्रशासनिक भवन शुक्रबार उद्घाटन गरेका छन्। 


Advertisement


भर्चुअल मिटिङमार्फत देउवाले बिहान लुम्बिनी प्रदेशको स्थायी राजधानीको केन्द्रमा पर्ने गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन गरेका हुन्। 

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस सभापतिसमेत रहेका देउवाले सरकारको सबैभन्दा प्रभावकारी निकाय भनेको स्थानीय तह भएको भन्दै उनले स्थानीय नागरिकलाई प्रभावकारी सेवा प्रवाह गर्न आग्रह गरे। 

‘स्थानीय तहले जनतालाई चुस्त र गुणस्तरीय सेवा दिन आवश्यक छ,’ देउवाले भने, ‘मलाई विश्वास छ, राप्ती गाउँपालिकाको नयाँ प्रशासनिक भवन बनेपछि सेवा थप प्रभावकारी ढंगले दिनेछ।’

नेपालको आवश्यकता भनेको स्थानीय उत्पादन वृद्धि गरि अत्यावश्यक वस्तु तथा सेवामा गाउँ ठाउँमै पहुँच विस्तार हुन जरूरी रहेको प्रधानमन्त्री देउवाले बताए।

त्यस्तै  प्रधानमन्त्री देउवाले भौतिक रूपमा आफू उपस्थित हुन नसके पनि भर्चुअल रूपमा भवन उद्घाटन गर्न पाउँदा खुसी लागेको बताए। 

आगामी वैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचन आचारसंहिता लागेकाले प्रधानमन्त्री देउवाले भर्चुअल मिटिङमार्फत प्रशासनिक भवनको उद्घाटन गरेका हुन्। 

गाउँपालिकाको प्रशासनिक भवन आठ करोड लागतमा निर्माण गरिएको हो। जसमध्ये चार करोड गाउँपालिका र चार करोड संघीय सरकारको लगानी छ।

भवनमा ६५ वटा कोठा रहेको गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ७ का वडाध्यक्ष बिद्याचरण चौधरीले जानकारी दिए।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap