२०८३ कार्तिक १३

कानून मन्त्री बन्दीले लिए सपथ

नवनियुक्त कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला (बन्दी) ले सपथ लिएका छन्।


Advertisement


आज राष्ट्रपति निवास शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्री बन्दीलाई सपथ खुवाएकी हुन्।

नवनियुक्त मन्त्री बन्दीको सपथग्रहणमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवा पनि उपस्थित थिए।

प्रधानमन्त्री देउवाले आज कानून मन्त्रीमा बन्दीलाई नियुक्त गरेका थिए। उनी सांसद छैनन्, वरिष्ठ अधिवक्ता हुन्। 

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालनिकट बन्दीले पछिल्लो समय एमसिसी परियोजना पारित गर्दा १२ बुँदे व्याख्यात्मक घोषणा तयार पार्न महत्वपूर्ण भूमिका खेलेका थिए।

त्यसअघि पनि उनले अहिलेको सरकार बन्ने बेलामा कानुनी परामर्शमा महत्वपूर्ण भूमिका खेलेका  थिए।

यसअघि कानून मन्त्री रहेका दिलेन्द्रप्रसाद बडुलाई उद्योग मन्त्री नियुक्त गरिएको छ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap