२०८३ असार २४

राजनीति

मधेस सरकारले युवा महोत्सव गर्ने

मधेस सरकारले युवा महोत्सव गर्ने

राजनीति
जनकपुरधाम । मधेस प्रदेश सरकारले युवा महोत्सव आयोजना गर्ने भएको छ । महिला, बालकालिका, युवा तथा खेलकुद मन्त्रालयले दुई दिने युवा महोत्सव गर्न लागेको हो । बुधबार मन्त्री विरेन्द्र प्रसाद सिंहले पत्रकार सम्मेलन गरी असार १५ र १६ गते पहिलो मधेस युवा महोत्सव गर्न लागेको जानकारी दिए । उनकाअनुसार जनकपुर उद्योग वाणिज्य संघमा ‘समुन्नत मधेस प्रदेशका लागि साझा अठोट’ भन्ने नाराका साथ महोत्सव हुन लागेको हो । महोत्सवमा सहभागी हुन वडादेखि सबै पालिकामा पत्राचार गरिने छ । युवाहरूमा सिप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको मन्त्री सिंहले बताए । महोत्सवमा प्रदेशको सम्भावना, अवसर र चुनौती बारे सर्वपक्षीय विर्मश हुने छन् । मधेसका युवाहरूले गरेको उदाहरणीय कामलाई प्रस्तुत गर्न मञ्च प्रदान गर्ने बताइएको छ । पहिलो दिन राजनीति, उद्यम, समाजिक कार्य र पत्रकारिता क्षेत्...
कृषिमन्त्री र शिक्षामन्त्रीलाई राजीनामा दिन कांग्रेस उपसभापति गुरुङको सुझाव

कृषिमन्त्री र शिक्षामन्त्रीलाई राजीनामा दिन कांग्रेस उपसभापति गुरुङको सुझाव

राजनीति
काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले शिक्षामन्त्री र कृषिमन्त्रीलाई राजीनामा दिन सुझाव दिएका छन् । बुधबार सामाजिक सञ्जाल ट्विटरमार्फत उनले किसानलाई मल उपलब्ध गराउन नसक्ने कृषिमन्त्री महीन्द्रराय यादव र विद्यार्थीलाई किताब उपलब्ध गराउन नसक्ने शिक्षामन्त्री देवेन्द्र पौडेलले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । “राजनीतिको विकृत रूप ! किसानलाई समयमा मल दिन नसक्ने, विद्यार्थीलाई समयमा किताब दिन नसक्ने । तैपनि मन्त्री पदमा टाँसिरहने,” उनले लेखेका छन्,“जिम्मेवारी पूरा गर्न नसकेपछि राजिनामा दिने ‘पोलिटिकल कल्चर’ मरिसकेकै हो त ?” उपसभापति गुरुङले लोकतन्त्र गफाडीहरूको गफ गर्ने थलो नभएको भन्दै नेतृत्वकर्ता जनउत्तरदायी बन्न नसके लोकतन्त्र कमजोर हुने बताएका छन् । https://twitter.com/dhanrgrg/status/1539557651301814273?ref_src=twsrc%5Et...
मूल्य निर्धारण गर्ने सन्दर्भमा सरकार संवेदनशील छ : मन्त्री बडू

मूल्य निर्धारण गर्ने सन्दर्भमा सरकार संवेदनशील छ : मन्त्री बडू

राजनीति
काठमाडौं । राष्ट्रियसभाका सांसदहरूले ‘निगम घाटामा छ भने कर्मचारीले कसरी बोनस खान्छन् ?’ भन्दै  प्रश्न गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिबारे उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले दिएको वक्तव्यको सम्बन्धमा केन्द्रित रही प्रश्न गर्दै सांसद सुमित्रा बिसीले भनिन्, “यदि, निगम घाटामा छ भने कर्मचारीले बोनस कसरी खान्छन् ?”  सांसद देवेन्द्र दाहालले पेट्रोलियम पदार्थको मूल्य वृद्धिबारे सरकारले दीर्घकालीनभन्दा पनि विद्यार्थी र गरिबीको रेखामुनि रहेका जनतालाई लक्षित गरी तत्कालीन योजना ल्याउनुपर्नेमा जोड दिए । सांसद अनिता देवकोटाले समग्रमा मूल्य वृद्धि भइरहेको सन्दर्भ उल्लेख गर्दै सरकारले जनतालाई करमा छुट दिनुपर्ने धारणा राखिन् । सांसद प्रकाश पन्थले सरकारले नै विद्युतीय चुल्होहरू सर्वसुलभ रूपमा उपलब्ध गराउनुपर्नेमा जोड दिए । क...
रविको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता नगर्न भन्दै निर्वाचन आयोगमा उजुरी

रविको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता नगर्न भन्दै निर्वाचन आयोगमा उजुरी

देश, राजनीति
८ असार, काठमाडौं । रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी दर्ताका लागि निर्वाचन आयोगमा दिएको निवेदन खारेजीको माग गर्दै उजुरी परेको छ । स्वतन्त्र उम्मेदवारी अभियानले निर्वाचन आयोगमा उजुरी दिएको हो । एउटा समूह निवेदन लिएर आएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । ‘प्रमुख निर्वाचन अधिकृत ज्युलाई संबोधन गरेर निवेदन लिएका आएकाहरु उहाँलाई भेट्न जानु भएको छ,’ उनले भने । अभियानका संयोजक डम्बर शाहुले दिएको उजुरीमा पार्टीको नाममा स्वतन्त्र शब्द प्रयोग गर्न नहुने माग गरिएको छ । रविले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गर्दै मंगलबार निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका थिए । निवेदन खारेजीको माग गर्दै शाहुले दिएको उजुरीमा लेखिएको छ, ‘कुनै पनि व्यक्तिले राजनीतिक दलमा आबद्ध हुन चाहँदैन र स्वतन्त्र रुपमा चुनाव उम्मेदवारी दिन र निर्वाचित हुन पा...
विधानले नचिनेको कांग्रेसको ‘नीति महाधिवेशन’ कहिले ? 

विधानले नचिनेको कांग्रेसको ‘नीति महाधिवेशन’ कहिले ? 

राजनीति
काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले गएको मंसिर २३ बाट सुरूवात गरेर पुस पहिलो साता पार्टीको १४औँ महाधिवेशन सम्पन्न गर्‍यो । महाधिवेशन गर्ने विषयमै लामो रस्साकस्सी पछि महाधिवेशनेको मिति तय हुँदा महाधिवेशनमा विधि र नीतिका विषयमा छलफल गर्न नेतृत्व तयार भएन । महाधिवेशनमा उठ्ने मुद्दा र तीनको जवाफ दिँदै नेतृत्व चयन प्रक्रिया झन्झटिलो हुने भन्दै नीति महाधिवेशन गर्ने निष्कर्षमा कांग्रेस पुग्यो । कांग्रेसले नयाँ नेतृत्व आएको तीन देखि ६ महिनाभित्र नीति महाधिवेशन गर्ने बताएको थियो । तर केही नेताहरुले त्यसबेला पनि नीति महाधिवेशनलाई नेपाली कांग्रेसको विधानले पनि नचिन्ने टिप्पणी गरेका थिए । कांग्रेसको नीति महाधिवेशन भनिए पनि बस्नुपर्ने महासमिति बैठक हो । किन भने कांग्रेसको विधा अनुसार महाधिवेशन भएको वर्ष बाहेक हरेक वर्ष महासमिति बैठक राख्नुपर्ने हुन्छ । यसपटक महाधिवेशनमा नी...
‘तत्कालीन सैनिक प्रमुखको गल्ती राजनीतिक नेतृत्वले सच्याउनुपर्छ’

‘तत्कालीन सैनिक प्रमुखको गल्ती राजनीतिक नेतृत्वले सच्याउनुपर्छ’

राजनीति
काठमाडौँ — राजनीतिक दलका नेताहरुले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा तत्कालीन सैनिक नेतृत्वबाट भएको गल्ती सच्याउने काम राजनीतिक नेतृत्वले गर्नुपर्ने बताएका छन् । मदन भण्डारी फाउन्डेशनले शनिबार राजधानीमा आयोजना गरेको ‘वर्तमान कूटनीतिक अभ्यास र त्यसको प्रभाव’ विषयक कार्यक्रममा उनीहरुले अमेरिकासँग पत्राचारहरु गर्ने काम स्थापित मापदण्ड विपरीत रहेको बताएका छन् । पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानसेनापतिले सिधै दूतावासमा पत्राचार गर्ने काम स्थापित मान्यताविपरीत भएको बताए । ‘समग्रमा नेपाली सेनाको भूमिकालाई अन्यथा ठान्न हुँदैन । त्यसमा हेर्नुपर्ने राजनीनिक नेतृत्वले थियो । यो पत्र परराष्ट्रमार्फत कूटनीतिक च्यानलबाट जानुपर्ने थियो । प्रधानसेनापतिले सिधै दूतावासलाई पत्राचार गर्ने विषय पनि प्रक्रियाको स्थापित मापदण्डअनुसार पनि होइन जस्तो लाग्छ,’ ज्ञवालीले भने, ‘स...
प्रधानमन्त्रीको अमेरिका भ्रमण नेपालको हितमा छ : प्रवक्ता महत

प्रधानमन्त्रीको अमेरिका भ्रमण नेपालको हितमा छ : प्रवक्ता महत

राजनीति
काठमाडौँ — नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण नेपालको हितमा रहेको बताएका छन् । उनले प्रधानमन्त्रीको अमेरिका भ्रमणलाई लिएर किन जान लागेको भनेर आशंका गर्नु गलत सोचको परिणाम भएको टिप्पणी गरे । रौतहटको यमुना गाउँपालिकाको शुकदेवमा शनिबार सगरमाथा तराई अस्पतालको उद्घाटन गर्दै प्रवक्ता महतले अमेरिकी राष्ट्रपतिबाटै नेपालका प्रधानमन्त्रीलाई विरलै आमन्त्रण हुने गरेको र प्रधानमन्त्री देउवा अमेरिकी राष्ट्रपतिकै आमन्त्रणमा जान लागेकाले त्यो नेपालको लागि हितकर हुने बताए । ‘हाम्रो प्रधानमन्त्रीलाई अमेरिकाको राष्ट्रपतिले आमन्त्रण गर्नुभएको छ । हाम्रो कुनै पनि प्रधानमन्त्रीलाई राष्ट्रपतिको तहबाट आमन्त्रण भएको छैन । अहिले शेरबहादुर देउवालाई त्यस्तो निमन्त्रणा छ । पहिले पनि उहाँलाई नै त्यस्तो आमन्त्रण गरिएको थियो । यो त खुसीको कुरा...
सेनाले सोझै पत्राचार गरेको देखियो, अब राजनीतिक नेतृत्व सचेत हुनुपर्छ : वर्षमान पुन

सेनाले सोझै पत्राचार गरेको देखियो, अब राजनीतिक नेतृत्व सचेत हुनुपर्छ : वर्षमान पुन

राजनीति
पूर्वअर्थमन्त्रीसमेत रहेका नेता पुनले परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय, कानुन मन्त्रालय कसैलाई पनि जानकारी नै नदिई नेपाली सेनाले सो विषयमा सोझै पत्राचार गरेकोमा आपत्ति जनाएका हुन् । मदन भण्डारी फाउन्डेसनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब यस्ता घटना हुन नदिन सरकार र राजनीतिक नेतृत्वलाई सचेत हुन पनि पटकपटक आग्रह गरेका थिए । ‘एसपीपीको कुरो परराष्ट्र मन्त्रालयमार्फत् आउनुपर्ने हो । सामान्यत: परराष्ट्र मन्त्रालयमार्फत आएर रक्षा हुँदै आवश्यक सुझावका लागि आर्मी हेडक्वार्टरमा पुगेर फेरि कानुन मन्त्रालयको समेत परामर्श लिएर क्याबिनेटबाट निर्णय गरेर परराष्ट्रले सो विषयमा पत्राचार गर्नुपर्थ्यो । तर यी सबै कुरालाई छलेर सेनाले पत्राचार गरेको देखियो । यो गम्भीर कुरा हो । अब यस्तो हुन नदिन सरकार र राजनीतिक नेतृत्व सचेत...
सरकार बनाउने बेला दौडधुप गर्नुभन्दा अहिल्यै गठबन्धन गरेर जान्छौं : प्रवक्ता महत

सरकार बनाउने बेला दौडधुप गर्नुभन्दा अहिल्यै गठबन्धन गरेर जान्छौं : प्रवक्ता महत

राजनीति
काठमाडौँ — नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले वर्तमान सत्ता गठबन्धनले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि निरन्तरता पाउने बताएका छन् । उनले अहिलेकै अवस्थामा कुनै पनि दलको बहुमत नआउने र बहुमत नभए सरकार नबन्ने भएकाले चुनावपछि सरकार बनाउन यताउता दौडधुप गर्नुभन्दा अहिल्यै गठबन्धन गरेर जानु उपयुक्त हुने पार्टीको ठहर रहेको बताए । रौतहटको यमुना गाउँपालिकाको शुकदेवमा शनिबार सगरमाथा तराई अस्पतालको उद्घाटन गर्दै प्रवक्ता महतले गठबन्धनमा कसरी चुनावी तालमेल गर्ने भनेर छलफल भइरहेको बताए । ‘हाम्रो संविधानमा ४० प्रतिशत सिट पार्टीको समानुपातिक मतको आधारमा हुने व्यवस्था छ । त्यसकारण अहिलेकै अवस्थामा कुनै पनि पार्टीले एक्लै बहुमत ल्याउन कठिन छ,’ उनले भने, ‘हाम्रो उद्देश्य कांग्रेस एक्लैले दुई तिहाई प्राप्त गर्ने हुनुपर्छ । तर, बहुमत नआएर सरकार बनाउने बेला यता-उता दौडध...
दलहरूले अब एकापसमा हिलो छ्यापाछ्याप गर्न हुँदैन : रायमाझी

दलहरूले अब एकापसमा हिलो छ्यापाछ्याप गर्न हुँदैन : रायमाझी

राजनीति
काठमाडौं । नेकपा (एमाले)का नेता टोपबहादुर रायमाझीले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा नेपालले कुनै पनि हालतमा सम्झौता गर्न नहुने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा बोल्दै नेता रायमाझीले अहिले नेपालका सबै दलहरू एसपीपी सम्झौता गर्न नहुने पक्षमा उभिएको पनि बताए । नेता रायमाझीले अहिले एसपीपीबारे बाहिरिएको सम्झौताको मस्यौदा नेपालको हितमा नरहेको जिकिर गरे । देशलाई दल र नेतृत्वकर्ताले सही दिशा दिनुपर्नेमा उनले जोड दिए । उनले अब दलहरूले राष्ट्रियताको प्रश्नमा खासगरी विकास र समृद्धिको पक्षमा, सामाजिक न्याय र सुशासनको क्षेत्रमा एकमत हुन जरुरी रहेको धारणा राखे । रायमाझीले दलहरूले अब एकापसमा हिलो छ्यापाछ्याप गर्न नहुने धारणा राख्दै विकास र समृद्धिको एजेन्डामा एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए । ...