२०८१ बैशाख २०

दलहरूले अब एकापसमा हिलो छ्यापाछ्याप गर्न हुँदैन : रायमाझी




काठमाडौं । नेकपा (एमाले)का नेता टोपबहादुर रायमाझीले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा नेपालले कुनै पनि हालतमा सम्झौता गर्न नहुने बताएका छन् ।



Advertisement



शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा बोल्दै नेता रायमाझीले अहिले नेपालका सबै दलहरू एसपीपी सम्झौता गर्न नहुने पक्षमा उभिएको पनि बताए । नेता रायमाझीले अहिले एसपीपीबारे बाहिरिएको सम्झौताको मस्यौदा नेपालको हितमा नरहेको जिकिर गरे । देशलाई दल र नेतृत्वकर्ताले सही दिशा दिनुपर्नेमा उनले जोड दिए ।

उनले अब दलहरूले राष्ट्रियताको प्रश्नमा खासगरी विकास र समृद्धिको पक्षमा, सामाजिक न्याय र सुशासनको क्षेत्रमा एकमत हुन जरुरी रहेको धारणा राखे ।

रायमाझीले दलहरूले अब एकापसमा हिलो छ्यापाछ्याप गर्न नहुने धारणा राख्दै विकास र समृद्धिको एजेन्डामा एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए ।

Copy link
Powered by Social Snap