२०८१ बैशाख २३

कृषिमन्त्री र शिक्षामन्त्रीलाई राजीनामा दिन कांग्रेस उपसभापति गुरुङको सुझाव




काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले शिक्षामन्त्री र कृषिमन्त्रीलाई राजीनामा दिन सुझाव दिएका छन् । बुधबार सामाजिक सञ्जाल ट्विटरमार्फत उनले किसानलाई मल उपलब्ध गराउन नसक्ने कृषिमन्त्री महीन्द्रराय यादव र विद्यार्थीलाई किताब उपलब्ध गराउन नसक्ने शिक्षामन्त्री देवेन्द्र पौडेलले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन् ।



Advertisement



“राजनीतिको विकृत रूप ! किसानलाई समयमा मल दिन नसक्ने, विद्यार्थीलाई समयमा किताब दिन नसक्ने । तैपनि मन्त्री पदमा टाँसिरहने,” उनले लेखेका छन्,“जिम्मेवारी पूरा गर्न नसकेपछि राजिनामा दिने ‘पोलिटिकल कल्चर’ मरिसकेकै हो त ?”

उपसभापति गुरुङले लोकतन्त्र गफाडीहरूको गफ गर्ने थलो नभएको भन्दै नेतृत्वकर्ता जनउत्तरदायी बन्न नसके लोकतन्त्र कमजोर हुने बताएका छन् ।

Copy link
Powered by Social Snap