


काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहका उमेदवारले खर्च विवरण नबुझाए कारबाही सिफारिस गर्न निर्देशन दिएको छ । आयोगले मातहतको कार्यालयलाई निर्वाचन खर्चको विवरण बुझाए/नबुझाएको एकिन गरी निर्वाचन खर्चको विवरण बुझाउन भनेको छ ।
Advertisement


आयोगकाअनुसार स्थानीय तह निर्वाचन ऐन र नियमावलीअनुसार मत परिणाम घोषणा भएको ३० दिनभित्र जिल्ला वा क्षेत्रीय निर्वाचन कार्यालयमा उमेदवारले खर्च विवरण बुझाउनुपर्ने हुन्छ ।
“हालसम्म सम्बन्धित उमेदवारले कानुनबमोजिम बुझाउनुपर्ने निर्वाचन खर्चको विवरण बुझाए/नबुझाएको एकिन गरी निर्वाचन खर्चको विवरण बुझाउने तथा नबुझाउने उमेदवारको विवरण छुट्टै तयार गरी आवश्यक कारबाहीका लागि सिफारिससहित आयोगमा पठाउन सबै निर्वाचन कार्यालयलाई निर्देशन दिएको छ,” आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
स्थानीय तहको निर्वाचन वैशाख ३० मा भएको थियो । जसअनुसार उमेदवारले खर्च विवरण बुझाउनुपर्ने मिति नाघिसकेको छ ।



