२०८१ बैशाख १३

प्रधानमन्त्रीले भने– ढुक्क हुनुहोस् अहिले प्रहरीलाई हतियार किनिँदैन 




काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले प्रहरीलाई कुनै पनि हालतमा हतियार नकिन्ने बताएका छन् ।



Advertisement



उनले आफूले यस विषयमा गृह मन्त्रीलाई समेत निर्देशन दिने बताएका थिए ।

केन्द्रीय समितिको जारी बैठकमा गोपालमान श्रेष्ठ र अर्जुननरसिंह केसीले प्रहरीलाई किन्न लागेको हतियारका बारेमा प्रश्न उठाएका थिए ।

“प्रहरीलाई हतियार किनिँदैन । अहिले आवश्यक पनि छैन । त्यो निर्णय होइन । त्यो हतियार अहिले किन्दैनौं,” सभापति देउवाले भनेका थिए ।

प्रहरीलाई हतियार किन्न भन्दै यसअघि बजेट रकमान्तर गरिएको थियो ।

प्रहरीका लागि एकहजार थान ९ एमएम पिस्तोल, त्यसको लागि गोली १० लाख ३० हजार राउन्ड, बाह्रबोर सटगन ११५० वटा त्यसमा लाग्ने छर्रा २ लाख र रबरका गोली ३ लाख वटा र अश्रु ग्यासका २५ हजार सेल हतियार खरिदका लागि रकमान्तर गरिएको थियो ।

Copy link
Powered by Social Snap