२०८० चैत्र १५

नागरिकताविहीन नागरिकलाई रुवाउने काम नगरौँ : सांसद कर्ण


सांसद लक्ष्मणलाल कर्ण बिहीबार प्रतिनिधिसभा बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक–२०७९’ माथिको दफावार छलफलमा भाग लिँदै ।


काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद लक्ष्मणलाल कर्णले नागरिकता सम्बन्धी विधेयकलाई अविलम्ब संसदबाट पारित गर्नुपर्ने बताएका छन् । 



Advertisement



सांसद कर्णले अब पनि संसदीय समितिमा लगेर ‘नागरिकताविहीन नागरिकलाई रुवाउने’ काम गर्न नहुने बताए । 

बिहीबार प्रतिनिधिसभा बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक–२०७९’ माथिको दफावार छलफलमा भाग लिँदै उनले नागरिकताविहीन नागरिकको अवस्थाबारे विचार गरेर सो विधेयकलाई यही संसदबाट तत्काल पारित गर्न पनि सबै सांसदहरूलाई आग्रह गरे । 

सांसद कर्णले अढाई वर्ष संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल गरिएको सो विधेयक अझै पनि पारित नभए करिब ६ लाख नागरिकताविहीन नेपाली नागरिकले के भन्लान् भनेर सोच्न पनि सांसदहरूको ध्यानाकर्षण गराए ।

 

“अहिले करिब करिब ६ लाख व्यक्तिहरू राज्यविहीन, नागरिकताविहीन छन् । बाबु छ, नागरिकता छैन । आमा छ, सन्तानले नागरिकता प्राप्त गरेको छैन,” उनले प्रश्नसँगै आग्रह गरे, “राज्यविहीन व्यक्तिको अवस्था के होला ? हामी पनि मानिस हौँ । यसो विचार गरौँ ।”

सांसद कर्णले सो विधेयक अब पनि छलफल गरिराख्ने कुरा मानवताविरुद्धको कुरा हुने उल्लेख गर्दै त्यसो गर्न नहुने तर्क गरे । 
 

Copy link
Powered by Social Snap