२०८३ असार २४

राजनीति

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक पारित 

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक पारित 

राजनीति
काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकबाट मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७९ पारित भएको छ । विधेयक सर्वसम्मतिले पारित गरिएको हो । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ पेस गरेको विधेयक ध्वनि मतका आधारमा पारित गरियो ।
राजश्व अध्ययन कार्यदल गठन गर्ने निर्णय प्रदेश एक सरकारको निर्णय

राजश्व अध्ययन कार्यदल गठन गर्ने निर्णय प्रदेश एक सरकारको निर्णय

राजनीति
विराटनगर । प्रदेश नम्बर एक सरकारले राजश्व अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको मन्त्रिपरिषद् आज बसेको बैठकले विज्ञसहितको कार्यदल गठन गर्ने निर्णय गरेको हो । प्रदेश एकका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले सरकारले गरेका निर्णयबारे जानकारी दिंदै भने,“राजश्वको दायरा फराकिलो पार्न र सरकारको आय बढाउनेलगायत विषयमा कार्यदलले काम गर्नेछ ।” मन्त्रिपरिषद्ले महालेखा परीक्षकको १४ औं वार्षिक प्रतिवेदन प्रदेश प्रमुखकहाँ पेश गर्ने, जनतासँग मुख्यमन्त्री कार्यक्रमको कार्यविधि २०७९ स्विकृत गर्ने निर्णय पनि गरेको छ । पूर्ववर्ती सरकारले कार्यविधिबिनै पहिले संचार कार्यक्रम संचालन हुँदा बेरुजू देखिएकोले कार्यविधि बनाइएको मन्त्री कार्कीले सुनाए । यो टेलिभिजन तथा रेडियो कार्यक्रम उत्पादन नेपाल टेलिभिजन र रेडियो नेपालले गर्ने र अन्य संचारमाध्यमले प्रसारण गर्...
‘निर्मलाको हत्यारा पत्ता लगाएन भन्नेले सत्तामा पुगेपछि के गर्‍यो ?’

‘निर्मलाको हत्यारा पत्ता लगाएन भन्नेले सत्तामा पुगेपछि के गर्‍यो ?’

राजनीति
काठमाडौं । नेकपा (एमाले)का सांसद केदार सिग्देलले निर्मला पन्तको हत्यारा पत्ता लगाएर कारबाही गर्न सरकारसँग माग गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले किन हत्यारा पत्ता नलगाएको ? भन्दै प्रश्न गरे । उनले प्रतिपक्षमा हुँदा सरकारले हत्यारा पत्ता लगाएन भन्दै चर्को बोल्ने नेपाली कांग्रेसले सत्तामा पुगेपछि हत्यारा पत्ता लगाउन के–के काम गरेको छ ? भन्दै प्रश्न गरे । “तत्कालीन ओली सरकारले हत्यारा पत्ता लगाउन नसकेको भन्दै कांग्रेसका सांसद्हरू बोलेको हलमा सुनिन्थ्यो । देउवा सरकारले एक वर्षसम्म अपराधी पत्ता लगाउन के गर्‍यो ? सिन्को भाँचेको छैन” उनले भने, “अपराधी, दोषी पत्ता लगाउन माग गर्दछु । नेकपा (एमाले) सहयोग गर्न तयार छ ।” कञ्चपुरकी बालिका निर्मलाको बलात्कारपश्चात् हत्या भएको मंगलबार चार वर्ष पुगेको छ । ...
प्रचण्ड साउन २१ गते जापान जाने

प्रचण्ड साउन २१ गते जापान जाने

राजनीति
काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान भ्रमणमा जाने भएका छन् । उनी यही साउन २१ गते जापान जान लागेका हुन् । पूर्वप्रधानमन्त्रीको हैसियतमा जनप्रगतिशील मञ्चको अन्तरक्रिया कार्यक्रममा सहभागी हुन जाने तय भएको उनको सचिवालयले जनाएको छ । प्रचण्ड केही दिनअघि छिमेकी मुलुक भारत भ्रमण गरेर फर्किएका थिए । ...
तीन अध्यक्ष रहने गरी नेपाल समाजवादी पार्टी गठन गर्दै बाबुराम भट्टराई

तीन अध्यक्ष रहने गरी नेपाल समाजवादी पार्टी गठन गर्दै बाबुराम भट्टराई

देश, राजनीति, समाचार
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी गठनको तयारी थालेका छन्। उनले आफूनिकट नेताहरूसँग केही दिनदेखि नयाँ पार्टी गठन गरेर जानेबारे छलफललाई तीव्रता दिएका छन्। भट्टराई जसपाको संघीय परिषद अध्यक्ष थिए। उपेन्द्र यादव पक्षले वीरगञ्जमा केन्द्रीय समिति बैठक गरी भट्टराईलाई जसपा संघीय परिषद अध्यक्षको जिम्मेवारीबाट हटाएका थिए। यसअघि भट्टराईले पनि काठमाडौंमा जसपा केन्द्रीय समितिको विस्तारित बैठक राखेका थिए। जसपाबाट अलगिएर भट्टराईले नेपाल समाजवादी पार्टी खोल्न लागेका छन्। उनीनिकट एक नेताले सेतोपाटीलाई दिएको जानकारीअनुसार केही दिनभित्र नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता हुनेछ। ‘समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरेर नेपाल समाजवादी पार्टी राख्न लागिएको छ,’ भट्टराईनिकट एक नेताले भने, ‘तीन जना अध्यक्ष रहने गरी पार्टी गठनको तयारी छ,&n...
एकीकृत समाजवादीका अध्यक्ष नेपालकाे चेतावनी-हामी टुलुटुलु हेर्नेवाला छैनौँ

एकीकृत समाजवादीका अध्यक्ष नेपालकाे चेतावनी-हामी टुलुटुलु हेर्नेवाला छैनौँ

राजनीति
कास्की । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी प्रतिनिधि सभा निर्वाचनसम्म नै वर्तमान सत्ता गठबन्धन कायमै रहने बताएका छन् ।  ४४ औँ पुष्पलाल स्मृति दिवसका सन्दर्भमा पुष्पलाल स्मृति प्रतिष्ठान कास्कीले साेमबार पोखरामा आयोजना गरेको विचार गोष्ठीमा उनले प्रतिगमन रोक्न, संविधान र सङ्घीयता जोगाउन पाँचदलीय गठबन्धन बनाएर चुनावमा जानुपरेको बताए । अध्यक्ष नेपालले निर्वाचनमा दलबीच सिटको बाँडफाँट भने सम्मानजनक हुनपर्नेमा जोड दिए । उनले भने, “अहिलेको गठबन्धन टुट्नेवाला छैन, आउने चुनावसम्म कायमै रहन्छ, तर निर्वाचनमा जम्मै सिट जति आफू लिउँला, उब्रिएकाे मात्र दिउँला भनेर कुनै पार्टी विशेषले सोच्छ भने हामी टुलुटुलु हेर्नेवाला छैनौँ, आफ्नो शक्तिमा भरोसा गरेर अघि बढ्नेछौँ ।” कम्युनिष्ट आन्दोलनलाई सशक्त बनाउँदै राष्ट्रियता, लोकतन्त्र, सामाजि...
हजयात्रा खर्चमा ‘अनियमितता’ भएको आरोप

हजयात्रा खर्चमा ‘अनियमितता’ भएको आरोप

राजनीति
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक समितिले हजयात्रा व्यवस्थापनमा भएको खर्चको विषयमा अनुसन्धान गर्न अख्तियारलाई निर्देशन दिएको छ । सिंहदरबारमा सोमबार बसेको समिति बैठकले हजयात्रा व्यवस्थापमा भएको खर्चलगायतका विषयमा भएको भनिएको अनियमितामाथि अनुसन्धान गरी निष्कर्षमा पुग्न अख्तियारलाई निर्देशन दिएको हो । बैठकले हजयात्रा व्यवस्थापनामा मुस्लिम आयोगको नेतृत्वदायी भूमिका नरहनुको कारण समितिलाई उपलब्ध पनि आयोगलाई निर्देशन दिएको छ । आयोगलाई उपलब्ध गराएको बजेट अपेक्षाअनुरूप नभएपनि प्राप्त उपलब्धि जनअपेक्षित नरहेको समितिको ठहर रहेको समिति सभापति निरुदेवी पालले बताइन् । उनले समस्या समाधानमा उपलब्ध बजेटको व्यवस्थापन र उपलब्धिमा समितिको गम्भीर चासो रहेको उल्लेख गरिन् । उनले आयोगको रणनीतकि कार्ययोजनाले मूर्तरूप लिन नसकेको भन्दै मुस्लिम समुदायको समग्र ...
सर्वोच्चले भन्यो– तत्काल ‘गाई’ चिह्न कसैलाई नदिनू

सर्वोच्चले भन्यो– तत्काल ‘गाई’ चिह्न कसैलाई नदिनू

राजनीति
काठमाडौं । सर्वोच्च अदालतले 'गाई' चुनाव चिह्न कसैलाई नदिन आदेश दिएको छ ।  न्यायाधीशद्वय डा. आनन्द मोहन भट्टराई र कुमार चुँडालको संयुक्त इजलासले राप्रपा नेपालका अध्यक्ष कमल थापाको रिटको अन्तिम टुंगो नलागेसम्म 'गाई' चिह्न कसैलाई नदिन अन्तरिम आदेश दिएको हो ।  निर्वाचन आयोगले गत असार २७ गते राष्ट्रिय जनवार कुनै दललाई दिन नहुने भन्दै निर्णय गरेको थियो । सोही निर्णयविरुद्ध थापाले उजुरी दिएका थिए ।  आयोगको निर्णयमा कुनै कानुनी आधार उल्लेख नगरेको अदालतको ठहर छ । त्यस्तै असार २७ को निर्णय यथास्थितिमा राख्नसमेत आदेशमा भनिएको छ । ...
प्रधानमन्त्रीको कार्यक्रममा नाराबाजी, तीन युवा पक्राउ

प्रधानमन्त्रीको कार्यक्रममा नाराबाजी, तीन युवा पक्राउ

राजनीति
काठमाडौं । नागरिकता विधेयक खारेज गर्नुपर्ने भन्दै केही युवाले प्रधानमन्त्री सहभागी कार्यक्रममा प्रदर्शन गरेका छन् । सोमबार काठमाडौंको प्रज्ञा भवनमा आयोजित राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानको कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गरिरहेका बेला तीनजना युवाले नागरिकता विधेयक खारेज गर भन्दै प्लेकार्ड प्रदर्शनसहित नारा लगाएका हुन् ।  ती युवाले नागरिकता विधेयक खारेज गर, राष्ट्रियताको रक्षा गरौँ, स्वानिधनताको रक्षा गरौँ भन्दै नारा लगाएपछि सुरक्षाकर्मीले उनीहरुलाई कार्यक्रमस्थलबाट पक्राउ गरेको थियो ।  ...
राप्रपा नेपालले चुनाव चिह्न ‘गाई’ पाउने बाटो खुल्यो

राप्रपा नेपालले चुनाव चिह्न ‘गाई’ पाउने बाटो खुल्यो

राजनीति
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाललाई 'गाई' चुनाव चिह्न पाउने बाटो खुलेको छ । सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्द मोहन भट्टराई र कुमार चुँडालको संयुक्त इजलासबाट अन्तरिम आदेश जारी भएसँगै राप्रपाले गाई चिह्न पाउने बाटो खुलेको हो ।