२०८० चैत्र १५

राष्ट्रपतिले संविधान उल्लंघन गर्नुभएको छैन : एमाले नेता तामाङ




काठमाडौं । नेकपा (एमाले)का नेता शेरबहादुर तामाङले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको उल्लंघन नगरेको बताएका छन् । 



Advertisement



बुधबार रिपोटर्स क्लबले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपतिले कुनै असंवैधानिक कदम नचालेको र संविधानको भावना अनुसार नै अघि बढेको बताएका हुन् । उनले राष्ट्रको अभिभावकत्व र संविधानको संरक्षकत्व राष्ट्रपतिले लिएको तर्क गरे । 

यसअघि राष्ट्रपतिले दिएको सुझावलाई सत्तारूढ गठबन्धनले गम्भीर रूपमा नलिएको उनको भनाइ छ । तामाङले राष्ट्रपतिलाई अपमानित गर्ने कामप्रति घोर आपत्ति रहेको धारणा राखे । 



कार्यक्रममा कांग्रेस नेता महेन्द्र यादवले राष्ट्रपतिले संविधानलाई उल्टाएर व्यवस्थालाई उल्टाउने प्रयास भएको र यो संविधानमाथिको ठूलो प्रहार भएको बताए । 

त्यस्तै, जसपाका नेता मनिष सुमनले राष्ट्रपतिको कदम गलत भएको भन्दै संवैधानिक पदमा बसेको व्यक्तिले देशका लागि काम गर्नुपर्ने बताए । उनले राष्ट्रपतिको अहिलेको कदमले भविष्यमा गलत नजिर बस्ने बताए । 

Copy link
Powered by Social Snap