२०८१ बैशाख २०

समाचार

शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रबाट भरुवा बन्दुकसहित ५ जना पक्राउ

शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रबाट भरुवा बन्दुकसहित ५ जना पक्राउ

देश, समाचार
३ माघ, काठमाडौं । शे-फोक्ण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रबाट दुई नाल भरुवा बन्दुकसहित पाँचजना पक्राउ परेका छन् । त्रिपुरासुन्दरी नगरपालिका-११ मुह क्षेत्रबाट निकुञ्ज कार्यालयका प्रतिनिधिले स्थानीय प्रहरीको सहयोगमा सोही ठाउँका पाँचजनालाई नियन्त्रणमा लिएका हुन् । Advertisement पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका-११ मुहका ४५ वर्षीय मनबहादुर बुढा, ३७ वर्षीय चन्द्रप्रसाद बुढा, वडानम्बर-७ पहाडाका ४१ वर्षीय सूर्यबहादुर बुढा, ३० वर्षीय चन्द्र केसी र २१ वर्षीय गोकर्ण बुढा रहेका छन् । उनीहरुको घरबाट २ नाल भरुवा बन्दुक, एक थान बारुदको डिब्बा, ४५ थान छर्रा, कस्तुरी मार्ने पासो १४ थान, बारुद भरिएको चौरी गाईको २ वटा सिङ र शङ्कास्पद कस्तरीको दाँत ४ वटा बरामद भएको निकुञ्ज कार्यालयले जनाएको ५ । Credit: OnlineKhabar ...
प्रतिगमन सच्याउन सबै एक भएर अगाडि बढ्नुको विकल्प छैन : शेखर कोइराला

प्रतिगमन सच्याउन सबै एक भएर अगाडि बढ्नुको विकल्प छैन : शेखर कोइराला

देश, राजनीति, समाचार
काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले प्रतिनिधिसभा विघटनको प्रतिगामी कदम सच्याउन सबै एक भएर अगाडि बढ्नुपर्ने बताएका छन् । शनिवार विराटनगरमा आयोजित मानवअधिकार तथा शान्ति समाज मोरङको साधारणसभामा  नेता कोइरालाले प्रतिगमन विरुद्धको आन्दोलनमा काँग्रेस लाग्नुपर्नेमा जोड दिए । Advertisement उनले भने, ‘प्रचण्ड र माधवसँग बदला लिन र बैशाखमा चुनाव गराउन यो प्रतिगमन भएकै होइन, यसमा गहिरो षडयन्त्र छ, यसैले सच्याउन सबै एक भएर अगाडि बढ्नुको विकल्प छैन ।’  डा. कोइरालाले  प्रतिगमनले संघीयता र गणतन्त्रलाई खतरामा पारेकोले अब काँग्रेसले अदालतको फैसलालाई नपर्खेर सबैलाई साथमा लिएर  आन्दोलनमा जान ढिलाई गर्न नहुने बताए ।  नेता कोइरालाले काँग्रेस लोकतान्त्रिक पद्धतिप्रति प्रतिबद्ध भएकोले चुनावबाट नभाग्ने र अदालतको फैसललाई मान्न तयार रहेको बताए ...
मानव बेचबिखन मुद्दामा सुनाइएका पत्रकार जिसी पक्राउ

मानव बेचबिखन मुद्दामा सुनाइएका पत्रकार जिसी पक्राउ

देश, समाचार
घोराहि । मानव बेचबिखन मुद्दामा अदालतले कैद तथा बिगो तिर्न फैसला सुनाइएका दाङका पत्रकार टोपबहादुर जिसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले जिसीलाई उनको घरबाटै पक्राउ गरेको जानकारी दिए । Advertisement अमेरिका पठाइदिने प्रलोभनमा ठगी गरेको भन्दै नरेश बस्नेतले जिसीविरुद्ध उजुरी दिएपछि मानव बेचबिखन ब्युरोले मुद्दा चलाएको थियो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश बद्रीप्रसाद ओलीको एकल इजलासले जिसीलाई दुई वर्ष कैद र १२ लाख रुपैयाँ बिगो जरिवानासहितको सजायँ सुनाएको थियो । पुष १९ गतेको अदालतको फैसलापछि जिसीलाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको एसपी चन्दले बताए ।  जिसीलाई घोराही मिलनचोक स्थित घरबाट नियन्त्रणमा लिइएको र उनलाई प्रहरीले कारागार पठाउने तयारी भइरहेको जनाएको छ । जिसी नेपाल पत्रकार महासंघ दाङ श...
मोरङमा मिटरब्याजी गिरोहविरुद्ध मुद्धा

मोरङमा मिटरब्याजी गिरोहविरुद्ध मुद्धा

देश, समाचार
२ माघ, विराटनगर । चर्को ब्याजमा ऋण दिएर ठगी गर्ने गिरोहका चारजनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दायर भएको छ । विराटनगरमा मिटरब्याजमा लगानी गर्दै अबैध असुली गर्दै आएको चारजना विरुद्ध ‘अपराधिक लाभ लिएको’ कसुरमा मुद्दा दर्ता भएको हो । जिल्ला अदालत मोरङका श्रेस्तेदार राजकुमार दाहालकाअनुसार शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको हो । मुद्दामा विराटनगर–९ का ३२ वर्षीय एजाज अहमद, ३५ वर्षीय युसूफ भनिने फाकिरा शेख, ३२ वर्षीय सावन दास र ३५ वर्षीय तनवीर खानलाई प्रतिवादी बनाइएको छ । Advertisement प्रतिवादी बनाइएकामध्ये एजाजमात्रै पक्राउ परेका छन् । अरु फरार छन् । यो मुद्दामा आइतबारदेखि बहस हुनेछ । ‘मिटरब्याज’मार्फत धेरै रकम असुल्ने गरेको पाइएपछि एजाजलाई प्रहरीले पुस ६ गते पक्राउ गर्दै घटनाको अनुसन्धान थालेको थियो । उनी पक्राउ परेपछि...
न्यायाधीशहरुले प्रधानमन्त्रीलाई भेटेको हल्ला

न्यायाधीशहरुले प्रधानमन्त्रीलाई भेटेको हल्ला

देश, राजनीति, समाचार
काठमाडौं । सर्वोच्च अदालतले संवैधानिक इजलासका न्यायाधीशहरुले प्रधानमन्त्रीलाई भेटेको भनी रातोपाटी समेतमा प्रकाशित समाचारको खण्डन गरेको छ । सर्वोच्च अदालतका सह प्रवक्ता देवेन्द्र ढकालले शुक्रवार  विज्ञप्ति जारी गर्दै ‘न्यायपालिकाको स्वच्छता र अदालतको जनआस्थामा प्रतिकूल प्रभाव पार्ने मिथ्यापूर्ण, भ्रामक, अतिरञ्जित, असत्य र कपोलकल्पित समाचार सम्प्रेषण हुनु दु:खद र खेदजन्य विषय हाे’ भनी उल्लेख गरेका छन् । Advertisement विज्ञप्तिमा भनिएको छ, ‘अदालतमा विचाराधीन मुद्दामा अनावश्यक आशंका र भ्रम सिर्जना गर्ने गरी, सत्य र यथार्थ नबुझी समाचार प्रकाशन गर्नाले न्यायपालिकाप्रतिको विश्वसनीयता र आम नागरिकको यसप्रतिको आस्थामा खलल पुग्न जाने तथा त्यस प्रकारको कामबाट सम्पूर्ण प्रेस जगतप्रतिको विश्वसनीयतामा पनि आँच आउन सक्ने अवस्था रहन्छ।’ ‘यस्ता कार्यहरु पत्रका...
इन्डोनेशियामा शक्तिशाली भूकम्प, कम्तिमा ३४ जनाको मृत्यु

इन्डोनेशियामा शक्तिशाली भूकम्प, कम्तिमा ३४ जनाको मृत्यु

विदेश / एन.आर.एन, समाचार
एजेन्सी । इन्डोनेशियाको सुलावेसी टापूमा स्थानीय समयअनुसार शुक्रबार बिहान ६ दशमलव २ रेक्टर स्केलको भूकम्प जाँदा कम्तिमा ३४ जनाको मृत्यु भएको छ । भवनहरु भत्कँदा ६ सय जनाभन्दा धेरै घाइते भएको अधिकारीहरुले बताएका छन् ।  Advertisement यस भूकम्पको केन्द्रविन्द्रू मेजीन शहरको उत्तरपूर्वतर्फ ६ किलोमिटर टाढा रहेको अधिकारीहरुले जनाएका छन् । भूकम्पपछि कम्तिमा १५ हजार जनाले घर छाडेका छन् । मेजिनको उत्तरतर्फ अस्पताल भवन भत्कदाँ दर्जनौं बिरामी र कर्मचारीहरु भग्नावशेषमै पुरिएका छन् । अहिलेसम्म मामुजुमा कम्तिमा २६ जना तथा पश्चिमी सुलावेसीमा कम्तिमा ८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । ‘यो संख्या बढ्न सक्छ । तर नबढोस् भन्ने हाम्रो कामना छ । धेरै मृतकहरुलाई भग्नावेशषमै पुरिदैंछ,’ मामुजु विपद् व्यवस्थापन एजेन्सीका अली रहमानले भने ।  अनलाईनमा पोस्ट गरिएक...
जिपमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु

जिपमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु

देश, समाचार, सामाजिक
२ माघ, काठमाडौं । झापामा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । झापाको बुद्धशान्तिगाँउपालिका-४ बर्नेस्थित मेची राजमार्गमा मे १ ज २०९३ नम्बरको जिपको पछाडि मे. ७ प. ९४६२ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । Advertisement झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका-४ का २१ वर्षीय कमल चौधरी र मोटरसाइकलको पछाडी सवार १८ वर्षीया हेमा महत रहेका छन् । उनका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका दुवैजनालाई उपचारका लागि बीएण्डसी हस्पिटल विर्तामोड पठाइएकोमा चलक कमलको बाटोमै मृत्यु भएको हो भने हेमाको उपचारको क्रममा मृत्यु भएको हो । जिप चालक बुद्धशान्ति गाँउपालिका-७ का २६ वर्षीय संजय गदाल हाल फरार रहेका छन् । Credit: OnlineKhabar ...
ऋण लगानीमा विकास बैंक आक्रामक, वित्त कम्पनी कमजोर

ऋण लगानीमा विकास बैंक आक्रामक, वित्त कम्पनी कमजोर

अर्थतन्त्र, देश, बैँक/ बीमा, समाचार
२ माघ, काठमाडौं । ऋण लगानीमा ‘क’ वर्गका (वाणिज्य) बैंक भन्दा ‘ख’ वर्गका (विकास) बैंक आक्रामक देखिएका छन् । नेपाल राष्ट्र बैंकको मर्जरको नीतिपछि विकास बैंकहरुको संख्या निरन्तर घट्दो क्रममा छन् । पछिल्लो एक वर्षकै अवधिमा पनि विकास बैंकहरुको संख्या १९ मा झरेको छ । धेरै विकास बैंकहरु विलय भए पनि सञ्चालनमा रहेकाले कारोबार विस्तारमा भने आक्रामक उपस्थिति देखाएका छन् । Advertisement नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार अघिल्लो आर्थिक वर्षको मंसिर मसान्तको तुलनामा चालु आर्थिक वर्षको मंसिर मसान्तमा विकास बैंकहरुले कर्जा लगानी ९ प्रतिशतले बढाएका छन् । जुन वाणिज्य बैंकहरु भन्दा बढी हो । कोरोनाले निकै अप्ठेरो अवस्था सिर्जना हुँदा पनि वाणिज्य बैंक भन्दा तुलनात्मक हिसाबले विकास बैंकले कर्जा लगानी बढाएको राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकका प्रवक्त...
नेपालमै कतै नमनाइने ‘छोरा’ तिहार कर्णालीवासीले मनाए

नेपालमै कतै नमनाइने ‘छोरा’ तिहार कर्णालीवासीले मनाए

देश, समाचार, सामाजिक
भाइतिहार सकिएको दुई महिनापछि आज कर्णालीवासीले ‘छोरा’ तिहार पनि मनाएका छन् । नेपालमै कतै नमनाइने छोरा तिहार प्रत्येक वर्ष पौष शुक्ल द्वितीयाका दिन कर्णाली प्रदेशका जुम्ला डोल्पालगायतका जिल्लाका सर्वसाधारणले धुमधामका साथ मनाएका हुन् । Advertisement आज बिहानै नुहाइधुवाइ गरेर छोराहरुले आमाको हातबाट टीका थाप्ने प्रचलन रहेको छ । भाइटीकाजस्तै छोरा तिहारमा पनि आमाले छोरालाई निधारमा अक्षता, गलामा माला र सगुनको रूपमा घरमै बनाइएको सेलरोटी, फिनीरोटी, चिनीरोटीजस्ता परिकारसहित छोरालाई टीका लगाउने प्रचलन छ । टीकासँगै छोरालाई दीर्घायु र प्रगतिको कामना गर्दै आशीर्वाद दिने गरिन्छ । छोराले पनि आमालाई दक्षिणाको रूपमा आफूसक्दो पैसा, धोती चोलीलगायतका कोसेली दिएर टीका थाप्ने गरिन्छ । आमाको हातबाट टीका थाप्नका लागि जिल्ला बाहिर पुगेका छोरा पनि आजको दिन घर पुग्ने गर्दछ...
नेपाल–भारत पेट्रोलियम पाइपलाइनबाटै इन्धन चोरी

नेपाल–भारत पेट्रोलियम पाइपलाइनबाटै इन्धन चोरी

देश, विदेश / एन.आर.एन, समाचार, सामाजिक
काठमाडौं । भारतबाट बाराको अमलेखगञ्जसम्म इन्धन आपूर्तिका लागि प्रयोग भइरहेको ‘पेट्रोलियम पाइपलाइन’ बाट इन्धन चोरी भएको रहस्योद्घाटन भएको छ । भूमिगत पाइपमा प्वाल पारेर उक्त प्वालमा सानो पाइप ‘फिट’ गरेर इन्धन चोरी भएको तथ्य प्रकाशमा आएको हो । कहिलेदेखि यसरी इन्धन चोरी हुँदै आएको हो र हालसम्म कति इन्धन चोरी भयो भन्नेबारे प्रस्ट हुन सकेको छैन । Advertisement भारतीय अखबार नवभारत टाइम्सको अनलाइन संस्करणमा प्रकाशित समाचार अनुसार बिहारको सिवानस्थित लकडी नबीगञ्ज क्षेत्रको डुमरा गाउँ नजिकै पाइपलाइनबाट इन्धन चोरी भएको हो । इन्डियन आयल कर्पोरेसनका अधिकारीहरुले घटनास्थलको निरीक्षण गरिसकेको जनाइएको छ । नवभारत टाइम्सका अनुसार बिहारमा यस प्रकारको चोरीको यो पहिलो घटना हो । पाइपलाइनमाथिको जमिनमा इन्धन चुहावट देखिएपछि पाइपलाइनको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले...