२०८१ जेष्ठ ४

प्रतिगमन सच्याउन सबै एक भएर अगाडि बढ्नुको विकल्प छैन : शेखर कोइराला

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले प्रतिनिधिसभा विघटनको प्रतिगामी कदम सच्याउन सबै एक भएर अगाडि बढ्नुपर्ने बताएका छन् । शनिवार विराटनगरमा आयोजित मानवअधिकार तथा शान्ति समाज मोरङको साधारणसभामा  नेता कोइरालाले प्रतिगमन विरुद्धको आन्दोलनमा काँग्रेस लाग्नुपर्नेमा जोड दिए ।


Advertisement


उनले भने, ‘प्रचण्ड र माधवसँग बदला लिन र बैशाखमा चुनाव गराउन यो प्रतिगमन भएकै होइन, यसमा गहिरो षडयन्त्र छ, यसैले सच्याउन सबै एक भएर अगाडि बढ्नुको विकल्प छैन ।’ 

डा. कोइरालाले  प्रतिगमनले संघीयता र गणतन्त्रलाई खतरामा पारेकोले अब काँग्रेसले अदालतको फैसलालाई नपर्खेर सबैलाई साथमा लिएर  आन्दोलनमा जान ढिलाई गर्न नहुने बताए । 

नेता कोइरालाले काँग्रेस लोकतान्त्रिक पद्धतिप्रति प्रतिबद्ध भएकोले चुनावबाट नभाग्ने र अदालतको फैसललाई मान्न तयार रहेको बताए । तर अदालतको बहानमा प्रतिगमन विरोधी आन्दोलनलाई कमजोर बनाउन नहुनेमा उनको जाड थियो ।

नेता कोइरालाले भने,  ‘मुख्य प्रतिपक्षी दल भएर हामीले पनि खेल्नुपर्ने जति भूमिका सशक्त ढंगले निभाउन सकेका छैनौँ । तर अब सबै एक भएर अगाडि बढनैपर्छ ।’ 

प्रधानमन्त्री ओलीले असंबैधानिक कदम चालेर प्रतिनिधि सभा विघटन गराउने कार्यमा नेकपा प्रचण्ड–माधव समुहसँगै नेपाली काँग्रेसको नेतृत्व पनि दोषी रहेको उनले भनाइ थियो ।

उनले भने, ‘शेरबहादुरजी र ओलीजी जस्तै व्यक्त्तिगत स्वार्थमा लोभिनुभयो । यसैले सुरुदेखि नै खेल्नुपर्ने जति भुमिका काँग्रेसले खेल्न सकेन, हुनुपर्ने जति आन्दोलन पनि भएन, काँग्रेस अलमलमा परिरह्यो ।’

साभार: रातोपाटी

Copy link
Powered by Social Snap