२०८१ जेष्ठ ४

मानव बेचबिखन मुद्दामा सुनाइएका पत्रकार जिसी पक्राउ

घोराहि । मानव बेचबिखन मुद्दामा अदालतले कैद तथा बिगो तिर्न फैसला सुनाइएका दाङका पत्रकार टोपबहादुर जिसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले जिसीलाई उनको घरबाटै पक्राउ गरेको जानकारी दिए ।


Advertisement


अमेरिका पठाइदिने प्रलोभनमा ठगी गरेको भन्दै नरेश बस्नेतले जिसीविरुद्ध उजुरी दिएपछि मानव बेचबिखन ब्युरोले मुद्दा चलाएको थियो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश बद्रीप्रसाद ओलीको एकल इजलासले जिसीलाई दुई वर्ष कैद र १२ लाख रुपैयाँ बिगो जरिवानासहितको सजायँ सुनाएको थियो ।

पुष १९ गतेको अदालतको फैसलापछि जिसीलाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको एसपी चन्दले बताए ।  जिसीलाई घोराही मिलनचोक स्थित घरबाट नियन्त्रणमा लिइएको र उनलाई प्रहरीले कारागार पठाउने तयारी भइरहेको जनाएको छ ।

जिसी नेपाल पत्रकार महासंघ दाङ शाखाका साधारण सदस्य हुन् । उनीसँगैका अर्का एक बर्ष कैद तोकिएका तुलसिपुर घर भइ हाल काठमाडौं बस्ने मुकुन्द जिसीलाई पक्राउ गर्न प्रहरि परिचालन गरिएको छ ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap