२०८१ जेष्ठ ४

समाचार

कालीमाटी तरकारी बजारको वेबसाइट ह्याक

कालीमाटी तरकारी बजारको वेबसाइट ह्याक

देश, समाचार
४ माघ, काठमाडौं । कालिकाटी फलफूल तथा तरकारी बजार विकास समितिको आधिकारिक वेबपोर्टल ह्याक भएको छ । ह्याकरहरुका कारण वेबसाइटमा आउन चाहने ट्राफिक अर्कै साइटमा पुग्ने गरेको समितिका सूचना अधिकारी बिनय श्रेष्ठले बताए । ‘साइट ह्याक भएको केही समय भयो, कालीमाटी बजारको सबै सूचना उपभोक्ताले पाएका छैनन्, सूचना हेर्न आउने ग्रहकहरु डाइभर्ट भएर अन्तै पुग्ने गरेका छन्,’ सूचना अधिकारी श्रेष्ठले भने । Advertisement वेबसाइट ह्याक हुँदा बजारमा पाइने तरकारी तथा फलफूलका साथै व्यवसायी सूचना उपलब्ध गराउन नसकिएको बजार विकास समितिले जनाएको छ । अस्थायी प्रयोजनका लागि तत्काल नयाँ साइट बनाए पनि अझै प्रभावकारी ढंगले प्रयोगमा आउन नसकेको समितिले जनाएको छ । Credit: OnlineKhabar ...
मनकामनामा दर्शनार्थीको घुइँचो : मौसमका कारण अझ आकर्षण बढेको अनुमान

मनकामनामा दर्शनार्थीको घुइँचो : मौसमका कारण अझ आकर्षण बढेको अनुमान

देश, समाचार
४ माघ, गोरखा । गोरखाको शहीद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या बढ्दै गएको छ । कोरोना भाइरसका कारण नौ महिना बन्द भई गत मङ्सिर २८ गतेदेखि खुला गरिएको मनकामना मन्दिरमा आउने दर्शनार्थी बढ्दै गएको हो । Advertisement हरेक दिन मनकामना मन्दिर दर्शन गर्न आउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको मनकामना मन्दिरका मूल पुजारी इन्सान थापाले जानकारी दिए । उनका अनुसार शनिबार एकै दिन पाँच हजारभन्दा बढी दर्शनार्थीले मन्दिरको दर्शन गरेका छन् । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई मन्दिर दर्शनका लागि खुला गरिएको पुजारी थापाले बताए । यसैबीच शनिबार मात्र चार हजारभन्दा बढी दर्शनार्थी मनकामना केबलकार चढेर मनकामना दर्शन गर्न पुगेका छन् । मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले शनिबार एक...
जीप दुर्घटनामा दुईको मृत्यु, सात घाइते : पोखरा–बाग्लुङ राजमार्ग

जीप दुर्घटनामा दुईको मृत्यु, सात घाइते : पोखरा–बाग्लुङ राजमार्ग

देश, समाचार, सामाजिक
पोखरा–बाग्लुङ राजमार्गमा शनिबार साँझ भएको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । दुर्घटनामा पोखरा महानगरपालिका–१० बस्ने ५० वर्षीय प्रकाश पुन र ५२ वर्षीय चित्र पुनको उपचारका क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक केसीले जानकारी दिए । प्रकाशको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र चित्रको मणिपाल अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ । जीपमा नौ जना सवार रहेकामा घाइतेको हाल सहारा अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक केसीले बताए । Advertisement पोखरा–२५ हेमजाबाट पोखराबजारतर्फ आउँदै गरेको बा२च ७४१० नंको जीप राजमार्गको याम्दीमा सडकमा अनियन्त्रित भएर दुर्घटनामा परेको थियो । जीप अनियन्त्रित भएपछि सडकबाट अन्दाजी २५ मिटर तल खसेको बताइन्छ । दुर्घटनामा...
सितलहरका कारण विद्यालय बन्द

सितलहरका कारण विद्यालय बन्द

देश, शिक्षा, समाचार, सामाजिक
रौतहट । एक सातादेखि चलेको शीतलहरका कारण रौतहटको गरुडा नगरपालिकाका सबै सामूदायिक विद्यालय ३ दिन बन्द गर्ने निर्णय भएको छ ।  गरुडा नगरपालिकाले आज एक सूचना जारी गर्दै अत्यधिक चिसोको कारण बालबालिकामा कोभिड–१९ को थप जोखिम बढेकाले आजदेखि मंसिर ६ गतेसम्म सबै सामुदायिक विद्यालयमा बिदा दिइएको हो । Advertisement लगातार एकसाता देखिको शीतलहरको कारण रौतहटका साथै बारा,पर्सा,सर्लाही लगायत तराईको जनजीवन प्रभावित बनेको छ । सरकारी कार्यालयहरुमा सेवाग्राहीको संख्या न्युन देखिएको छ भने बजारहरुमा पनि चहलपहल घटेको छ । साभार: रातोपाटी ...
लुम्बिनी प्रदेशका सबै क्षेत्रमा काँग्रेसको प्रदशन

लुम्बिनी प्रदेशका सबै क्षेत्रमा काँग्रेसको प्रदशन

देश, राजनीति, समाचार
प्रतिनिधिसभा विघटनका विरुद्ध नेपाली काँग्रेसले लुम्बिनी प्रदेशका सवै क्षेत्रमा ससत्त प्रर्दशन गरेको छ । केन्द्रीय नीति अनुसार प्रदेशका सबै क्षेत्रमा नेपाली काँग्रेसले प्रर्दशन गरेको हो । ती बिरोध सभालाइ केन्द्रीय तथा जिल्ला तहका नेताहरुले सम्बोधन गर्दै ओली सरकारले गरेका  कामले जनतालाई थप सास्ती दिएको आरोप  लगाएका थिए । Advertisement लुम्बिनी प्रदेश अस्थाई राजधानी बुटवलमा व्यापक प्रर्दशन नेपाली काँग्रेसले गरेको छ । रुपन्देहीका १६ वटै स्थानीय तहमा  विरोध सभा सम्पन्न गरेको काँग्रेस रुपन्देही सचिव रामकृष्ण खाँणले रातोपाटीलाई  बताए ।   नेपाली काँग्रेस तिलोत्तमा नगरसमितिले मणिग्राममा  गरेको विरोध सभालाइ सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य बालकृष्ण खाँणले प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाइ नाप्ने र सगरमाथाको गरिमा माथि धावा बोल्...
न्यायाधीशहरूलाई कहिल्यै भेटेको छैन : प्रम ओली

न्यायाधीशहरूलाई कहिल्यै भेटेको छैन : प्रम ओली

देश, राजनीति, समाचार
३ माघ, काठमाडौं । कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतका न्यायाधीशहरुलाई आफूले नभेटेको बताएका छन् । शनिबार काठमाडौंमा प्रदेश नम्बर १, प्रदेश सम्पर्क कमिटीको भेलालाई सम्बोधन गर्दै नेकपा ओली समूहका अध्यक्ष समेत अध्यक्ष समेत रहेका ओलीले न्यायाधीशलाई भेटेको प्रमाणित गर्न चुनौती दिए । ‘मैले यसपटक मात्र होइन, शायद कहिल्यै भेटेको छैन’ उनले भने, ‘अह, सपना प्रधानलाई वकिल हुँदा यस्तै कुनै कार्यक्रममा देखेको हो । अरुलाई त देखेको छैन, शायद चिनेको पनि छैन ।’ Advertisement प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला प्रधानमन्त्री ओलीले पुस २६ र २७ गते चार जना न्यायाधीशलाई भेटेको खबर आएको भन्दै शुक्रबार संवैधानिक इजलासमै प्रश्न उठेको थियो । रिट निवेदकको तर्फबाट शशी श्रेष्ठले यसबारे प्रश्न उठाएकी थिइन्, तर प्रध...
संसद बहाली नभए सरकारविरुद्ध लडाईँ हुन्छ : नेता झा

संसद बहाली नभए सरकारविरुद्ध लडाईँ हुन्छ : नेता झा

देश, राजनीति, समाचार
रौतहट । जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य एवं पूर्वमन्त्री अनिल झाले संसद पुनर्स्थापना नभएमा सरकारको विरुद्ध थप कडा आन्दोलन हुने चेतावनी दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमाथि अधिनायकवाद लाद्न खोजेको भन्दै झाले जनत समाजवादी पार्टी अबको लडाईं वारपारको लड्ने बताए । Advertisement राजपा रौतहटद्वारा  सनिवार चन्द्रपुर नगरपालिका बसन्तपुरमा आयोजित कार्यक्रममा नेता झाले त्यस्तो चेतावनी दिए । विरोधसभामा पार्टी  केन्द्रीय कार्यकारिणी सदस्य पूर्वमन्त्री हिसिला यमी,केन्द्रीय सदस्य पूर्वमन्त्री गोबिन्द चौधरी, केन्द्रीय सदस्य सुशीला श्रेष्ठ, केन्द्रीय सदस्य तथा राज्यमन्त्री द्वय योगेन्द्र यादव, डा. डिम्पल झा, विधायकद्वय किशोरी यादव, गौर नगरपालिकाका  मेयर अजय गुप्ता, केन्द्रीय सदस्य रेवन्त झा, अनिल सिंह, धिरज पटेल, कन्थ...
नेता सिंहको भन्छन : प्रधानमन्त्री सबै भन्दा उच्च हुन् तर संविधानको पनि होस गर्नु

नेता सिंहको भन्छन : प्रधानमन्त्री सबै भन्दा उच्च हुन् तर संविधानको पनि होस गर्नु

देश, राजनीति, समाचार
३ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानमा नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन सिफारिस गरेको बताएका छन् । संसद विघटनविरुद्ध काठमाडौंको बसन्तपुरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै सिंहले भने, ‘संविधान हुँ भनेर प्रतिनिधिसभा विघटन गर्न पाइन्छ ?’ Advertisement कांग्रेसको नेतृत्वमा संविधान जारी भएको भन्न्दै उनले प्रधानमन्त्रीले असंवैधानिक कदम उठाउँछ भने कांग्रेस टुलुटुलु हेरेर बस्न नमिल्ने बताए । राष्ट्रपति संविधानको संरक्षक भएको भन्दै उनले प्रधानमन्त्रीले संविधानको बर्खिलापमा गरेको सिफारिस राष्ट्रपतिले अनुमोदन गर्न पाइन्छ भन्दै प्रश्न गरे । Credit: OnlineKhabar ...
नेपालमा थप २ सय ४० जनामा कोरोनाभाइरस संक्रमण

नेपालमा थप २ सय ४० जनामा कोरोनाभाइरस संक्रमण

देश, राजनीति, समाचार
पछिल्लो २४ घण्टामा देशभर थप २ सय ४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने थप ६ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ५६ पुगेको छ । यस्तै मृतकको संख्या १९५४ पुगेको छ ।  Advertisement यसैगरी देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ४ हजार ५८ रहेको छ ।  यसैगरी पछिल्लो २४ घण्टामा ४ सय ७७ जना उपचारपछि डिस्चार्ज भएको पनि मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६१ हजार ४४ पुगेको मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा ३ हजार ८ सय ४४ जनाको पिसिआर परीक्षण भएको छ भने हालसम्म २० लाख ८ हजार बढीको परीक्षण भइसकेको छ। साभार: रातोपाटी ...
नेपालमा चुनाव भारतको पनि चाहना !

नेपालमा चुनाव भारतको पनि चाहना !

देश, राजनीति, विदेश / एन.आर.एन
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारतको तीन दिने भ्रमण पूरा गरी आज दिउँसो नेपाल फर्किदैछन् । उनको भ्रमणमा सीमा विवादबारे छलफल हुने अपेक्षा गरिए पनि भारतीय पक्षसँग त्यस किसिमको छलफल हुन सकेन । बरु कामचलाउ हैसियतमा रहेको वर्तमान सरकारले सीमा विवादको तिक्ततालाई थाँती राखेर भारतबाट थप विश्वास आर्जन गर्नका लागि भ्रमण केन्द्रित गरेको विश्लेषकहरुको भनाइ छ । Advertisement दुबै पक्षले कनेक्टिभिटी, अर्थव्यवस्था र व्यापार, विद्युत, तेल र ग्यास, जलस्रोत, राजनीतिक र सुरक्षा मुद्दाहरू, सीमा व्यवस्थापन, विकास साझेदारी, पर्यटन, सँस्कृति, शिक्षा र क्षमता अभिवृद्धि लगायतका सहयोगका विभिन्न क्षेत्रहरूमा छलफल गरेका छन् । तर कालापानी, लिपुलेक लिम्पियाधुरा लगायत सीमा विवादको विषयमा परराष्ट्रमन्त्रीको भारत भ्रमणका क्रममा चर्चा नै भएन । परराष्ट्रमन्त्री ज्ञवा...