२०८१ बैशाख २१

सितलहरका कारण विद्यालय बन्द

रौतहट । एक सातादेखि चलेको शीतलहरका कारण रौतहटको गरुडा नगरपालिकाका सबै सामूदायिक विद्यालय ३ दिन बन्द गर्ने निर्णय भएको छ । 

गरुडा नगरपालिकाले आज एक सूचना जारी गर्दै अत्यधिक चिसोको कारण बालबालिकामा कोभिड–१९ को थप जोखिम बढेकाले आजदेखि मंसिर ६ गतेसम्म सबै सामुदायिक विद्यालयमा बिदा दिइएको हो ।


Advertisement


लगातार एकसाता देखिको शीतलहरको कारण रौतहटका साथै बारा,पर्सा,सर्लाही लगायत तराईको जनजीवन प्रभावित बनेको छ । सरकारी कार्यालयहरुमा सेवाग्राहीको संख्या न्युन देखिएको छ भने बजारहरुमा पनि चहलपहल घटेको छ ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap