२०८१ बैशाख २०

लुम्बिनी प्रदेशका सबै क्षेत्रमा काँग्रेसको प्रदशन

प्रतिनिधिसभा विघटनका विरुद्ध नेपाली काँग्रेसले लुम्बिनी प्रदेशका सवै क्षेत्रमा ससत्त प्रर्दशन गरेको छ । केन्द्रीय नीति अनुसार प्रदेशका सबै क्षेत्रमा नेपाली काँग्रेसले प्रर्दशन गरेको हो । ती बिरोध सभालाइ केन्द्रीय तथा जिल्ला तहका नेताहरुले सम्बोधन गर्दै ओली सरकारले गरेका  कामले जनतालाई थप सास्ती दिएको आरोप  लगाएका थिए ।


Advertisement


लुम्बिनी प्रदेश अस्थाई राजधानी बुटवलमा व्यापक प्रर्दशन नेपाली काँग्रेसले गरेको छ । रुपन्देहीका १६ वटै स्थानीय तहमा  विरोध सभा सम्पन्न गरेको काँग्रेस रुपन्देही सचिव रामकृष्ण खाँणले रातोपाटीलाई  बताए ।  

नेपाली काँग्रेस तिलोत्तमा नगरसमितिले मणिग्राममा  गरेको विरोध सभालाइ सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य बालकृष्ण खाँणले प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाइ नाप्ने र सगरमाथाको गरिमा माथि धावा बोल्ने अधिकार विदेसीलाइ पटक पटक दिएर राष्ट्रघाती काम गरेको बताए ।

उत्तरको छिमेकीलाइ सगरमाथाको उचाइ नाप्न दिएको र दक्षिणको छिमेकीलाइ पत्रकारको आवरणमा सगरमाथा माथि धावा बोल्नकै लागि प्रम ओलीले नै हेलीकप्टर चढाएर सगरमाथाकै फेदीमा पुराइदिएको आरोप नेता खाँणले लगाएका हुन् ।

नेपालको सगरमाथाको उचाइ नेपाली बैज्ञानिकहरुले नै  नाप्न सक्ने भन्दै उनले त्यसखालको जनशक्ति बजेट व्यवस्थापन सरकारले गर्न नसके काँग्रेसले गरेर देखाइदिने दावी पनि उनले गरे  । नेता खाँणले चिनको जस्तो कम्युनिष्ट साम्यबादी शासन व्यवस्था ल्याउन प्रतिनिधि सभा भङ्ग गरीएको पनि बताए ।

रुपन्देहीको सैनामैना सम्वोधन गर्ने  पूर्वमन्त्री भरत शाहले  ओली सरकार एकपछि अर्को भष्ट्राचारमा डुवेको आरोप लगाए ।  उनले आफुले सार्वजिक लेखा सभापति पदमा काम गर्दा सरकार एक एक फाईल कारबाही गर्न निर्देशन दिएपनि ओली सरकारले  संवैधानीक निकायहरु नै प्रभाव पारेको आरोप लगाए ।

 यस्तै बुटवलमा क्षेत्रीय सभापति हरि लम्साल ,नगरसभापति खेलराज पाण्डेय लगायत बोल्दै सरकारले कदम विरोध थप गर्ने चेतावनी दिए ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap