२०८१ बैशाख २०

संसद बहाली नभए सरकारविरुद्ध लडाईँ हुन्छ : नेता झा

रौतहट । जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य एवं पूर्वमन्त्री अनिल झाले संसद पुनर्स्थापना नभएमा सरकारको विरुद्ध थप कडा आन्दोलन हुने चेतावनी दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमाथि अधिनायकवाद लाद्न खोजेको भन्दै झाले जनत समाजवादी पार्टी अबको लडाईं वारपारको लड्ने बताए ।


Advertisement


राजपा रौतहटद्वारा  सनिवार चन्द्रपुर नगरपालिका बसन्तपुरमा आयोजित कार्यक्रममा नेता झाले त्यस्तो चेतावनी दिए । विरोधसभामा पार्टी  केन्द्रीय कार्यकारिणी सदस्य पूर्वमन्त्री हिसिला यमी,केन्द्रीय सदस्य पूर्वमन्त्री गोबिन्द चौधरी, केन्द्रीय सदस्य सुशीला श्रेष्ठ, केन्द्रीय सदस्य तथा राज्यमन्त्री द्वय योगेन्द्र यादव, डा. डिम्पल झा, विधायकद्वय किशोरी यादव, गौर नगरपालिकाका  मेयर अजय गुप्ता, केन्द्रीय सदस्य रेवन्त झा, अनिल सिंह, धिरज पटेल, कन्थमुनी जैसवालले प्रतिगामी कदम सच्याएर अबिलम्ब संसद बहाली गर्न माग गरेका थिए ।

लिला साह, रामाकान्त चौरसियाको अध्यक्षता रहेको बिरोधसभामा  जसपा नेताहरू  जयनाथ यादव,,के।स।विन्देश्वरयादव, विधायक बाबुलाल साह, विधायक फुलबाबु, जिल्ला इन्चार्ज बृज यादव, जिल्ला अध्यक्ष एवं देवाही गोनाहिका मेयर धर्मेन्द्र पटेल, गरुडाका मेयर इनु यादव, माधव नारायणका मेयर बिरेन्द्र यादव, गुजराका मेयर सन्तलाल चौधरी,गौर नगर उप(प्रमुख किरण ठाकुर,गुजरा नगर उपप्रमुख रौशन खातुन शेख लगायत नेता कार्यकर्ताहरूज्यूको उपस्थिति रहेको थियो ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap