२०८१ जेष्ठ ७

देश

महँगोमा प्याज बेच्ने बल्खुका व्यापारी पक्राउ

महँगोमा प्याज बेच्ने बल्खुका व्यापारी पक्राउ

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार
साभार: रातोपाटी काठमाडौं । महँगोमा प्याज बिक्री गरेको भन्दै प्रहरीले बल्खुबाट एकजना व्यापारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बल्खुस्थित प्याजको होलसेलर सुनिल केसी छन् ।  भारतले निर्यातमा रोक लगाएपछि अहिले उपत्यकामा प्याज अभाव हुन थालेको छ ।  Advertisement काठमाडौं महानगरपालिकाले गरेको अनुगमनमा केसीले प्रतिकेजी १ सय ३० रुपैयाँको दरले प्याज बेचेको भेटिएपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।  ती व्यापारीलाई अहिले महानरीय प्रहरी वृत्त कालीमाटीमा राखिएको छ । उनिविरुद्ध कालोबजारीसम्बन्धी मुद्धा चलाइने बताइएको छ । ...
भूकम्पपछि त्रसित सिन्धुपाल्चोकवासी : पानीमा भिज्दै घरबाहिर बास !

भूकम्पपछि त्रसित सिन्धुपाल्चोकवासी : पानीमा भिज्दै घरबाहिर बास !

देश, समाचार
सबै सुरक्षा निकायहरुलाई अलर्टमा बस्न निर्देशन साभार: रातोपाटी काठमाडौँ । बुधबार बिहान ५ बजेर १९ मिनेट जाँदा काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा भूकम्पको धक्का महसुस गरिएको छ । यसको केन्द्रबिन्दु सिन्धुपाल्चोकको राम्चेबजार आसपास रहेको भूकम्पमापन केन्द्रले जनाएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार भूकम्पको तीव्रता ६ रिक्टर स्केलको थियो । कोरोना महामारीको बेलामा सिन्धुपाल्चोक प्राकृतिक विपत्तिको केन्द्रबिन्दु जस्तै भएको छ । सिन्धुपाल्चोकवासीले बाढीपहिरोदेखि भूकम्पको सामना गर्नुपरेको छ । ०७१ साउन १७ मा सिन्धुपाल्चोकको मांखा र राम्चेको सीमा क्षेत्र जुरे पहिरोमा परेर १४५ जनाको मृत्यु भएको थियो । सो पहिरो सम्झेर अहिले पनि त्यहाँका स्थानीय झस्किन्छन् ।  सिन्धुपाल्चोक त्यही जिल्ला हो जहाँ गत २०७२ सालको भूकम्पमा पनि सबैभन्दा बढी मानवीय क्...
कुलमान गएपछि विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा कोइराला

कुलमान गएपछि विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा कोइराला

देश, समाचार
साभार: रातोपाटी काठमाडौं । नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी लेखनाथ कोइरालालाई दिइएको छ।  ऊर्जा मन्त्री वर्षमान पुनले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि कोइरालाई निमित्तको जिम्मेवारी दिएको ऊर्जामन्त्रीका प्रेस संयोजक दयानिधि भट्टले रातोपाटीलाई जानकारी दिए । प्राधिकरणमा उपकार्यकारी निर्देशकको भूमिकामा रहेका कोइरालालाई वरिष्ठताको आधारमा सो जिम्मेवारी दिइएको हो ।  Advertisement गत आइतबार कार्यकाल सकिएका कार्यकारी निर्देशक कुलमान घिसिङको आज विद्युत प्राधिकरणबाट बिदाइ गरिएको थियो । उनको पुनर्नियुक्ति हुनुपर्ने भन्दै चौतर्फी आवाज उठेपछि मन्त्रिपरिषद्बाट निर्णय हुन सकेको छैन । उर्जामन्त्री पुनले सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेपनि प्रधानमन्त्रीले यसबारे थप छलफल गर्ने भन्दै ‘होल्ड’मा राखिदिएका छन् ।  ...
स्वास्थ्य मन्त्रालयलाई अदालतमा उपस्थित हुन सर्वोच्चको आदेश

स्वास्थ्य मन्त्रालयलाई अदालतमा उपस्थित हुन सर्वोच्चको आदेश

देश, राजनीति, समाचार, स्वास्थ्य
साभार: रातोपाटी काठमाडौं । सर्वोच्च अदालतले पिसिआर परीक्षण निःशूल्क हुनुपर्ने मागसहित दायर रिटमाथि छलफलका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई छलफलका लागि उपस्थित हुन आदेश दिएको छ ।  दाबी रिटमा सर्वोच्चले अन्तरिम आदेश दिनेकि नदिने भन्ने छलफलका लागि अगामी असोज ८ गते विपक्षीलाई झिकाउन आदेश दिएको हो ।  गत भदौ २८ गते अधिवक्ताद्धय लोकेन्द्र ओली र केशरजंग केसीले पिसिआर परिक्षण निःशूल्क गनुपर्ने माग गर्दै सर्वोच्चमा सरकारविरुद्ध रिट दायर गरेका थिए ।  कोभिड १९ सरुवा रोग भएको र सरुवा रोगको उपचार निशुल्क हुने जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ३ (४)(ग) को व्यवस्थाबमोजिम पीसीआर परीक्षण निःशुल्क हुनुपर्ने निवेदनमा दाबी लिइएको छ ।  आजको बहसमा ब‍ोल्ने कानुन व्यवसायीहरुले संविधान र कानुनले मौलिक हकका रुपमा सुनिश्चित गरेको अधिकारलाई सरकारले वञ्चित गर्न नसक्ने तर्क गरेका थिए ।  संविध...
सरकारको विशेष आर्थिक सल्लाहकारमा खतिवडा नियुक्त, मन्त्रीसरह सुविधा

सरकारको विशेष आर्थिक सल्लाहकारमा खतिवडा नियुक्त, मन्त्रीसरह सुविधा

देश, राजनीति, समाचार
Credit: OnlineKhabar ३० भदौ, काठमाडौं । निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा सरकारको विशेष आर्थिक सल्लाहकार नियुक्त भएका छन् । पछिल्लो मन्त्रिपरिषद् बैठकले खतिवडालाई मन्त्रीस्तरीय सेवा सुविधा पाउने गरी खतिवडालाई सल्लाहकार नियुक्त गरेको हो । Advertisement राष्ट्रियसभा सदस्य हुँदै अर्थमन्त्री बनेका खतिवडाले कार्यकाल सकिएपछि यही भदौ १९ गते राजीनामा दिएका थिए । ...
यु–१६ राष्ट्रिय फुटबल टोलीका कप्तानलाई  मनास्लु वल्र्ड कलेजको छात्रवृत्ति

यु–१६ राष्ट्रिय फुटबल टोलीका कप्तानलाई मनास्लु वल्र्ड कलेजको छात्रवृत्ति

खेलकुद, देश, समाचार
काठमाडौं । नेपाली यु–१६ राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान जान लिम्बूलाई मनास्लु वल्र्ड कलेजले प्लस २ अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको छ । चुच्चेपाटीस्थित मनास्लुले म्यनेजमेन्ट अध्ययनका लागि जानलाई पूर्ण छात्रबृत्ति प्रदान गरेको हो । मनास्लु वल्र्ड कलेजका अध्यक्ष गेन्द्र लामा, प्रिन्सिपल राजन श्रेष्ठ र व्यवस्थापक कुमार मोक्तान तथा जानबीच सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यसै शैक्षिक सत्रदेखि सुरु भएको मनास्लुमा हाल म्यानेजमेन्टसहित साइन्स, ह्युमिनिटी र लमा पढाईं हुने चेयरम्यान लामाले जनाएका छन् । Advertisement चेयरम्यान लामाले सामाजिक उत्तरदायित्व वहन गर्नुका साथै अभिभावकलाई खेलमा लागेर पनि आफ्ना सन्तानले अनेक क्षेत्रमा अवसर पाउन सक्छन् भन्ने सन्देश दिन हाल जानबाट यो कदमको सुरुआत गरिएको बताए । उनले इच्छुक भएको खण्डमा यु–१६ का...
नारायणगढ-मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा

नारायणगढ-मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा

देश, समाचार
Credit: OnlineKhabar ३० भदौ, चितवन । सोमबार राति खसेको पहिरोले अवरुद्ध बनेको नारायगणगढ-मुग्लिन सडकखण्ड मंगलबार दिउँसोबाट दुईतर्फी रुपमा सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका-६ स्थित चारकिलो नजिक विभिन्न ५ ठाँउमा झरेको पहिरो सफा गरेर दिउँसो साढे २ बजेदेखि सडक सञ्चालनमा ल्याइएको हो । Advertisement सडक आयोजनाका इन्जिनियर शिव खनालले डाँडाबाट लेदोसहितको झरेको हिलो र ढुंगा पन्छाएर सडक सञ्चालन गरिएको बताए । सोमबार राति अबेर सडक एकतर्फी रुपमा सञ्चालनमा ल्याइएको भएपनि पुनः पानीसँगै पहिरो खस्न पुग्दा सडक अवरुद्ध बन्न पुगेको थियो । लामो समय सडक अवरुद्ध हुँदा यात्रुहरुले सास्ती भोग्नु परेको थियो । ...
बलात्कार पीडित परिवारलाई यो सहरले लखेटी छाड्यो

बलात्कार पीडित परिवारलाई यो सहरले लखेटी छाड्यो

देश, समाचार, सामाजिक
Credit: OnlineKhabar ३० भदौ, काठमाडौं । गत ७ असारमा उनका श्रीमान प्रहरी हिरासतमा पुगे । त्यो पनि, आफ्नै छोरी बलात्कारको अभियोगमा । त्यसपछि सुरु हुन्छ, शिखा (नाम परिवर्तन) को वियोगान्त कथा । शिखाको खुट्टामा जन्मजात समस्या छ । लठ्ठीको सहाराले पनि उनलाई पाइला सार्न धौधौ पर्छ । तर, घिस्रिएरै भए पनि यो धर्तीमा उनले ३८ वर्ष बिताइसकिन् । शारीरिक अशक्तताका कारण अपमानका थुप्रै जंघारहरु पार गरिन् । तर, लकडाउनले सिंगो देश ठप्प भएका बेला उनीमाथि यो शहरले जुन तिरस्कारको भारी घोप्ट्याइदियो, त्यो उनका लागि सबैभन्दा असह्य थियो । सहनै नसक्ने । शिखा आँखा भरिला पार्दै भन्छिन्, ‘सडकका लावारिस पशुलाई पनि यस्तो व्यवहार गर्दैनथे होला, जुन व्यवहार ममाथि भयो ।’ **** सानै उमेरमा पति वियोगले काठमाडौंमा अलपत्र परेकी शिखाले ऊन बाट्ने र कारखानामा धागो डल्ला पार्ने काम गरेर जीवन घचेटिरहेकी थि...
प्रहरीकै छोराको रहस्यमय मृत्युमा गम्भिरतापूर्वक अनुसन्धान नभएको गुनासो

प्रहरीकै छोराको रहस्यमय मृत्युमा गम्भिरतापूर्वक अनुसन्धान नभएको गुनासो

देश, समाचार
Credit: OnlineKhabar ३० भदौ, काठमाडौं । नेपाल प्रहरीकै एकजना सदस्यको छोराको रहस्यमय मृत्यु प्रकरणको अनुसन्धानमा प्रहरीले गाम्भिर्यता नदेखाएको पीडित परिवारले गुनासो गरेको छ । जिल्ला प्रहरी कार्यालय, वीरगञ्जमा कार्यरत प्रहरी हवल्दार मनिभुषण यादवका ९ वर्षीय छोरा सुमितकुमार यादवको मृत्यु प्रकरणमा अनुसन्धान गर्न प्रहरी उदासीन देखिएको परिवारले गुनासो गरेको हो । बाराको देउताल गाउँपालिका–५, धुराहास्थित घरबाट हवल्दार पुत्र सुमित गत १९ भदौमा हराएका थिए । तत्काल खोजतलासका लागि प्रहरीलाई आग्रह गरिएको थियो । त्यसक्रममा भोलिपल्ट उनको शव गाउँबाट दुई किलोमिटर पूर्वतिरको पोखरीमा भेटिएको थियो । मृतकका हजुरबुबा मुसाफिर यादव अनकन्टार ठाउँमा भएको पोखरीमा सुमित एक्लै गए भन्ने विषय नै शंकास्पद भएको बताउँछन् । प्रहरीले प्रारम्भिक अनुसन्धान नै नगरी डुबेर मृत्यु भएको जस्तो गैरजिम्मेवार प्रत...
भारतले प्याज निर्यात रोक्यो, नेपालमा ह्वात्तै बढ्यो मूल्य

भारतले प्याज निर्यात रोक्यो, नेपालमा ह्वात्तै बढ्यो मूल्य

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार
Credit: OnlineKhabar ३० भदौ, काठमाडौं । भारत सरकारले प्याजको निर्यात रोकेपछि नेपालमासमेत प्याज पाइनै छाडेको छ । आक्कल झुक्कल कुनै पसलमा पाइने प्याज पनि अचाक्ली महँगो छ । भन्सार विभागका महानिर्देशक सुमन दाहालले भारतले प्याज निर्यात रोकेको जानकारी दिए । भारतबाट २९ भदौदेखि प्याज नआएकाले नेपालमा अभाव भएको व्यापारीहरु बताउँछन् । काठमाडौंको कालिमाटीस्थित तरकारी बजारमा आलु-प्याजको होलसेल व्यापार गर्दै आएका दधिराम उप्रेतीले भने, ‘भारतबाट प्याज आउन छोडेपछि नेपालमा पनि पाउनै छोड्यो ।’ Advertisement कुनै व्यापारीहरुसँग भएको प्याज पनि महँगोमा बिक्री भइरहेको छ । व्यापारीहरुले एक किलो प्याजको मूल्य ८० रुपैयाँभन्दा बढी लिने गरेको उपभोक्ताहरु बताउँछन् । जबकी अघिल्लो दिनसम्म प्याज ६६ रुपैयाँ प्रतिकिलोमा पाइन्थ्यो । भारतले निर्यात रोकेको बहानामा व्यापार...