२०८१ बैशाख २५

देश

प्रमुख सचेतकबाट राजभण्डारीलाई बर्खास्त

प्रमुख सचेतकबाट राजभण्डारीलाई बर्खास्त

देश, समाचार
१९ पुस, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड– माधव समूहले संसदीय दलको प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीलाई संसदीय दलको नेताबाट हटाएको छ । Advertisement आइतबार बसेको प्रचण्ड– माधव समूहको संसदीय दलको बैठकले प्रमुख सचेतक राजभण्डारीलाई हटाउने निर्णय गरेको हो । राजभण्डारी ओली समूहका नेता हुन् । ४० जना प्रदेशसभा सदस्यको उपस्थितमा बसेको बैठकले भण्डारीलाई प्रमुख सचेतकको जिम्मेवारीबाट हटाएर सम्पूर्ण कामको जिम्मेवारी सचेतक सौभाग्यवी राईलाई दिइएको नेकपा संसदीय दलका उपनेता टंक आङ्बुहाङले बताए । ‘प्रमुख सचेतकलाई हटाएर सबै जिम्मेवारी सचेतकलाई दिने निर्णय भएको छ,’ उनले भने, ‘ संसदको कार्यव्यवस्था समितिमा प्रतिनिधित्व गर्ने सदस्य पनि परिवर्तन गरेका छौं ।’ यस अघि राज...
नेपालमा राजनीतिक संकटमा अन्तर्राष्ट्रिय समुदाय मौन

नेपालमा राजनीतिक संकटमा अन्तर्राष्ट्रिय समुदाय मौन

देश, राजनीति, समाचार
१९ पुस, काठमाडौं । नेपालमा कुनै नयाँ राजनीतिक परिवर्तन हुँदा तत्कालै प्रतिक्रिया जनाउने अन्तर्राष्ट्रिय समुदाय यसपटक संसद विघटन हुँदा मौन देखिएका छन् । भारत, चीन र अमेरिकालगायतका मुलुकले सञ्चारकर्मीहरुको जिज्ञासापछि केही प्रतिक्रिया दिए पनि अहिलेसम्म औपचारिक विज्ञप्ति जारी गरेका छैनन् । Advertisement भारत, चीन, अमेरिका लगायतका मुलुक मात्र होइन, संयुक्त राष्ट्रसंघ, युरोपियन युनियनले पनि यस सम्बन्धमा अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन् । नेपालको आन्तरिक मामिलामा समय समयमा प्रतिक्रिया दिने युरोपियन युनियन र बेलायत पनि यतिबेला मौन छन् । विगतमा अन्तर्राष्ट्रिय समुदायले संक्रमणकालीन न्याय र अन्य समसामयिक विषयमा प्रेस विज्ञप्ति जारी गर्ने गरेका थिए । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई आफूले नोट गरेको भारतको जनाएको छ । भारतीय विदेश मन्त्राल...
माधव नेपालको संयोजकत्वमा समिति गठन

माधव नेपालको संयोजकत्वमा समिति गठन

देश, राजनीति, समाचार
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षको स्थायी समिति बैठकले पार्टी एकताका बाँकी काम गर्न र प्रदेश तथा जिल्लाका पदाधिकारीका विषयमा गृहकार्यका निम्ति माधव नेपालको संयोजकत्वमा एक समिति गठन गरेको छ । आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले सो निर्णय गरेको स्थायी समिति सदस्य गणेश साहले जानकारी दिए । बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ । सो पक्षको स्थायी समिति बैठकअघि सचिवालय बैठक बसेको थियो ।   Advertisement प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटनको घोषणा गरेकी थिइन् । त्यसपछि नेकपाको प्रचण्ड–माधव पक्ष उक्त असंवैधानिक कदमको विरोध गर्दै आन्दोलनमा छ । सोमबारको बैठकमा सद विघटनविरुद्धको आन्दोलन र भावी रणनीतिका बारेमा छलफल हुने नेताहरुले बताएका छन् ।  साभार: रातोपाटी ...
काँग्रेस बैठक आजबाट सुरु : संसद् विघटन र पार्टी महाधिवेशन एजेण्डा

काँग्रेस बैठक आजबाट सुरु : संसद् विघटन र पार्टी महाधिवेशन एजेण्डा

देश, राजनीति, समाचार
काठमाडौं । संसद् विघटनका सन्दर्भमा जारी नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आजबाट फेरि सुरु हुँदैछ । पुस ७ गते बोलाइएको बैठक ४ दिन बसेर स्थगित भएको थियो । बैठकले आज आइतबारदेखि निरन्तरता पाउने भएको छ ।  Advertisement बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बोलाइएको छ। बैठकले प्रतिनिधिसभा विघटनको सन्दर्भमा पार्टीको धारणा तय गर्नेछ । बैठकमा हालसम्म १५ केन्द्रीय सदस्यले धारणा राखिसकेका छन्। नेताहरुले बोल्ने क्रम आज पनि जारी रहनेछ । काँग्रेसमा संसद विघटनविरुद्ध थप संघर्षका कार्यक्रम तय वा सर्वोच्च अदालतको निर्णय पर्खिने भन्नेमा मतभेद छ ।  सभापति शेरबहादुर देउवा गएको १३ गतेको सांकेतिक विरोधपछि संसद् विघटनविरुद्ध सडक संघर्षम जान नहुने पक्षमा देखिन्छन् । तर, वरिष्ठ नेता पौडेल पक्षका अधिकांश नेताले  प्रतिनिधिसभा पुनःस्थापनाको मुद्दा बनाएर सडक...
२ वडा जोड्न झोलुङगे पुल निर्माण हुँदै : रेसुङगा

२ वडा जोड्न झोलुङगे पुल निर्माण हुँदै : रेसुङगा

देश, समाचार
१९ पुस, गुल्मी । गुल्मी सदरमुकाम तम्घासको बगाले खोलामा झोलुंगे पुल निर्माण हुने भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर-७ र वडानम्बर-९ जोडने नमूना झोलुंगे पुल निर्माण हुने भएको छ । रेसुङ्गा नगरपालिका वडानम्बर-७ भुजलखर्क र वडानम्बर-९ विद्युत कार्यालय नजिकैका स्थानीयलाई वारिपारि गर्न पैदल यात्रा गर्दा घुमारो बाटो हिँडनु पर्ने भएपछि झोलुंगे पुल निर्माण गर्न लागिएको हो । Advertisement झोलुंगे पुलको रेसुङ्गा नगरपालिकाका मेयर डिल्लराज भुसालले शिलान्यास गरेका छन् । शिलान्यास गर्दौ मेयर भुसालले तम्घासमा बन्न लागेको नमूना झोलुंगे पुलको समयमै गुणस्तरीय काम सम्पन्न गर्न आग्रह गरे । उनले यस भेगका नागरिकलाई नगरपालिका जान र वडा वडा बिच पनि वारिपारि गर्न घुमाउरो बाटो हिँडनु पर्ने भएपछि त्यसको सहजताका लागि यो पुल निर्माण कार्य अगाडि बढेको बताए । नगरप्...
राष्ट्रपतिविरुद्ध अराजक नाराबाजी गर्नेलाई कारबाहीको माग

राष्ट्रपतिविरुद्ध अराजक नाराबाजी गर्नेलाई कारबाहीको माग

देश, राजनीति, समाचार
अखिल नेपाल महिला संघ(अनेमसंघ) ले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अशोभनिय र अराजक नाराबाजी गर्नेहरु विरुद्ध कारबाहीको माग गर्दै गृहमन्त्री समक्ष ज्ञापन पत्र बुझाएको छ ।  नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली पक्षको अखिल नेपाल महिला संघ(अनेमसंघ)ले आइतबार गृहमन्त्री रामबहादुर थापा समक्ष ज्ञापनपत्र बुझाउँदै विभिन्न सार्वजनिक कार्यक्रम, भेला, जुलुस तथा सामाजिक सञ्जालबाट राष्ट्रपतिलाई गालि गलौज गर्नेहरु बिरुद्ध कानुनी कारबाही गर्न माग गरेको हो । Advertisement  लोकतन्त्रमा असन्तुष्ट पक्षहरुले सभा जुलुस गर्ने तथा आफ्नो बिचार अभिव्यक्त गर्ने स्वतन्त्रता भएपनि प्रधानमन्त्री र राष्ट्रपतिको विरुद्धमा अमानविय, अर्मयादित, अशोभनिय तथा अराजक अभिव्यक्ति आएको भन्दै अनेमसंघले आपत्ति जनाएको छ । ज्ञापन पत्र बुझ्दै गृहमन्त्री रामबहादुर थापाले राष्ट्रपति माथि अशोभनिय ...
पार्टीभित्रबाटै असहज भयो : पर्यटनमन्त्री ढकाल

पार्टीभित्रबाटै असहज भयो : पर्यटनमन्त्री ढकाल

देश, राजनीति, समाचार
पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले पार्टीकै साथीका कारण सरकारले राम्रोसँग काम गर्न नसकेको बताएका छन् । आज विदुरमा विदुर नगरस्तरीय कार्यकर्ता भेलामा मन्त्री ढकालले पार्टीभित्रै प्रतिपक्षको भन्दा बढी आलोचना गर्ने नेताका कारण सरकारले गति लिन नसकेको बताए । “यो सरकारको अहिलेसम्मको अवधि हेर्ने हो भने प्रतिपक्षले भन्दा बढी पार्टीभित्रकै केही नेताहरुले विरोध गरेका पाइन्छ”, मन्त्री ढकालले भने । Advertisement मन्त्री ढकालले सरकारले संसद् विघटन गरेर निर्वाचनको घोषणा संविधानसम्मत भएको दाबी गरे । उनले भने, “संविधानमा विघटन नभएको अवस्थामा बाहेक संसद् पाँच वर्ष चल्नेछ भनेर उल्लेख गरेकाले सरकारले संसद् विघटन गरेको संविधानविपरीत भयो भन्न हुँदैन ।”  मन्त्री ढकालले निर्वाचन हुँदैन कि भन्ने अन्योलतामा नबस्न कार्यकर्तालाई आग्रह गरे । “नयाँ जनमतसहित आएर...
अटोमेटिक पेस्तोलसहित २ भारतीय पक्राउ

अटोमेटिक पेस्तोलसहित २ भारतीय पक्राउ

देश, समाचार, सामाजिक
१८ पुस, काठमाडौं । अटोमेटिक पेस्तोलसहित दुईजना भारतीय नागरिक महोत्तरीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको सितामढी बासबिट्टी बस्ने १९ वर्षीय मुकेशकुमार मण्डल र १५ वर्षीय राजकुमार दास छन् । Advertisement महोत्तरीको मनरा सिसवा नगरपालिका-१० मरुवाहीमा मादक पदार्थ सेवन गरी स्थानीयसँग विवाद गरेर भाग्ने क्रममा दुवै जनालाई हतियारसहित नियन्त्रणमा लिएको महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक सुरेश सापकोटाले बताए । उनीहरुको साथबाट १ थान लोडेड सेमि अटोमेटिक पेस्तोल र १ थान स्प्रिङ चक्कु बरामद भएको छ । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक सापकोटाले बताए । साभार: रातोपाटी ...
प्रचण्डले ‘कामनलाग्ने’ सरकार बनाउन थाले; मैले संसद विघटन गरिदिएँ : प्रधानमन्त्री

प्रचण्डले ‘कामनलाग्ने’ सरकार बनाउन थाले; मैले संसद विघटन गरिदिएँ : प्रधानमन्त्री

देश, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनलाई रोक्न संसद विघटन गरेर स्टेरिङ्ग सोझ्याएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित नेपाल कमयुनिष्ट पार्टी (नेकपा) आफू पक्षका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद भित्रको प्रतिगमनलाई रोक्न संसद विघटन गरेर स्टेरिङ्ग सोझ्याएको बताए । प्रचण्ड–माधव पक्षले प्रतिगमनको तयारी गरिहेकोले त्यसलाई रोकन प्रतिनिधि सभा विघटन गरेको पनि बताए । Advertisement उनले भने, ‘उहाँहरु प्रतिगमनकारी क्रियाकलाप गरिरहनु भएको थियो र प्रतिगमन तर्फको यात्रा गरिरहनु भएको थियो । खास प्रतिगमनको तयारी गरिरहनु भएको थियो । हामीले प्रतिगमन रोक्नु थियो । त्यसलाई ब्रेक लगाउनु थियो । आन्दोलनलाई भिरबाट तल खसाल्न खोज्नु भएको थियो । त्यसलाई रोक्नु थियो । हामीले स्टेरिङ्ग सोझ्याउनु थियो । हामीले स्टेरिङ्ग सोझ्याएका हौं ।’ ...
हरेक भारतियले नेपालको प्रधानमन्त्रीको नाम थाहा छः ओली

हरेक भारतियले नेपालको प्रधानमन्त्रीको नाम थाहा छः ओली

देश, राजनीति, समाचार
काठमाडौैं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका हरेक मानिसलाई नेपालको प्रधानमन्त्रीको नाम थाहा भएको बताएका छन् । शनिबार काठमाडौमा आफू पक्षीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्ना कारण नेपालको नाम अन्तराष्ट्रिय स्तरमा चिनाउन आफू सफल भएको र भारतका हरेक मानिसले नेपालको प्रधानमन्त्रीको नाम कण्ठ भएको बताएका हुन् ।  Advertisement प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा धेरै विकासका काम भएको भन्दै आफ्नै तारिफ गरेका हुन् । उनले आफ्नो नेतृत्वमा रानीपोखरी र धरहरा २२ तला बनिसकेको बताए ।  ‘यसवीचमा असाधारण र दुनियाँ आश्चयचकित हुननेगरी आर्थिक बृद्धि र प्रगति भएको छ । विश्वमा नेपाल कहाँ छ ? थाहा थिएन । अहिले नेपाल कहाँ छ, थाहा छ । पहिले नेपालको प्रधानमन्त्रीको चर्चा पनि हुँदैनथियो । अहिले भारतका हरेका मानिसलाई नेपालको प्रधानमन्त्रीको नाम स...