२०८१ बैशाख १५

देश

५ हजार नमुना परीक्षण : ४२६ जनामा संक्रमण पुष्टि

५ हजार नमुना परीक्षण : ४२६ जनामा संक्रमण पुष्टि

देश, समाचार, सामाजिक, स्वास्थ्य
१८ पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा ४२६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५ हजार २२५ नमुना परीक्षण गर्दा १५३ महिला र २७३ पुरुषमा संक्रमण पुष्टि भएको छ । Advertisement यससँगै कुल संक्रमितको संख्या २ लाख ६१ हजार १९ पुगेको छ । उनीहरुमध्ये २ लाख ५३ हजार १०७ जना संक्रमणमुक्त भएका छन् भने १८६४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल ६ हजार ४८ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये २८९० जना होम आइसोलेसनमा छन् भने २३४ जनाको आईसीयू र ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । Credit: OnlineKhabar ...
पाटेबाघलाई गाडीको ठक्कर

पाटेबाघलाई गाडीको ठक्कर

देश, समाचार
१८ पुस, काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ आधारभार जंगल क्षेत्रमा निजी कारको ठक्करबाट एउटा पाटे बाघको मृत्यु भएको छ । हेटौंडाबाट सर्लाही जाँदै गरेको बा १६ च ८११ नम्बरको कारले बाटो क्रस गर्दै गरेको वयस्क बाघलाई आज बिहान ७ः२० मा ठक्कर दिएको थियो । कारको ठक्करबाट १० वर्षको पूर्ण वयस्क पाटे बाघको राजमार्गमै मृत्यु भएको बारा प्रहरीले जनाएको छ । Advertisement कार चालक सर्लाहीका ५० वर्षीय अजय मिश्र र बाघलाई प्रहरीले राष्ट्रिय निकुञ्जको जिम्मा लगाएको छ । सहायक संरक्षण अधिकृत रमेश कुमार यादवका अनुसार मिश्रलाई हिरासतमा लिएर आवश्यक कारबाही अगाडि बढाइएको छ । पाटेबाघ नेपालको संरक्षित वन्यजन्तुमध्ये एक हो । Credit: OnlineKhabar ...
ओडारमा बित्यो नौ महिना

ओडारमा बित्यो नौ महिना

देश, समाचार
कर्णाली । जगल्टिएको कपाल, कलेटी परेका ओठ, कठ्याङ्ग्रिएका हात, महिनौँदेखि फोहोर कपडाभित्र लपेटिएको एउटा टिठ लाग्दो जीवन, जसलाई झट्ट हेर्दा करिब ६० वर्ष उमेर कटे जस्तो लाग्छ । सायद कुनै समस्याले आज उनलाई त्यो अवस्थामा ल्याई पु¥याएको हुन सक्छ । त्यही पात्रको परिचय भने नौ महिनादेखि अहिलेसम्म कसैले पाउन सकेको छैन ।    चन्दननाथ नगरपालिका–३ जुम्लास्थित नाओडार (खुला ओडार) छ जुन जुम्ला सदरमुकामबाट एक किलोमिटर दूरीमा पर्छ । त्यही खुला ओडारमा नौ महिनादेखि एकजना अपरिचित बूढी महिलाको बास छ । जेठ–भदौसम्म ती महिलाका लागि ओडारको बसोबास सहज भएपनि असोजयता भने सिरेटो बढ्दै अहिले कठ्याउने जाडोले उनको बसाई निकै सकसपूर्ण बन्दै गएको छ । सामान्यतः दैलेख घर बताउने ती महिला त्यहाँ कहिले, कसरी र किन आइन् भन्ने विषयमा कोही जानकार छैन । नाम र घर सोध्दा माता मात्र भन्ने ती महिला कहाँकी हुन् भन्ने राम्रोसँग...
सुकुम्बासीले न्यायो सिरक पाउँदा खुशियाली

सुकुम्बासीले न्यायो सिरक पाउँदा खुशियाली

देश, समाचार, सामाजिक
झापा गाउँपालिका–१ मिलनबस्तीमा सुकुम्बासी टोल छ । जहाँ सन्थाल समुदायको बसोवास रहेको छ । उनीहरुसँग पेट भर्नका लागि त भर्खर अन्न घरमा थन्क्याएका छन् तर जाडोमा ओढ्ने सिरक नहुँदा आगो तापेर रात बिताउँछन् । यसरी नै वर्षौं बिताएका उनीहरु शुक्रबार भने निक्कै खुशी देखिन्थे । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत लायन्स क्लब सुरुङ्गाको सहयोगमा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना र जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइराला सुकुम्बासी बस्तीमा न्यायो सिरक लिएर पुगेका थिए । उनीहरुले गाउँपालिकाका अध्यक्ष जयनारायण साहलाई साक्षी राखेर क्लवले ल्याएको फाइबरका ८२ थान सिरक सन्थाल परिवारलाई वितरण गरेका छन् ।  Advertisement “रातभर पराल र दाउराको आगो तापेर रात बिताउँथे, आजदेखि सिरक ओढेर सुत्छु”, झापा गाउँपालिका–१ सुकुम्बासी बस्तीकी ७० वर्षीया...
आर्थिक पुनरुत्थान कर्जाको पहुँच अधिकतम लक्षित वर्गमा पुग्छ : सरकार

आर्थिक पुनरुत्थान कर्जाको पहुँच अधिकतम लक्षित वर्गमा पुग्छ : सरकार

अर्थतन्त्र, देश, समाचार
काठमाडौं । कोभिड–१९ का कारण शिथिल अर्थतन्त्र माथि उकास्न सरकारले ल्याएको आर्थिक पुनरुत्थान कर्जा प्रवाह अधिकतम लक्षित वर्गमा पु¥याइने भएको छ । शुक्रबार अर्थमन्त्रालयमा बसेको उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकले आर्थिक पुनरुत्थानका लागि ल्याइएका सहुलियतपूर्ण कर्जा, व्यावसायिक निरन्तरता कर्जा तथा पुनर्कर्जाको अधिकतम पहुँच लक्षित वर्गमा स्थापित हुने गरी कर्जा प्रवाह गर्ने निर्णय गरेको हो ।  Advertisement जसका लागि नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स एशोसिएशनले वातावरण मिलाउने र प्रवाह गरिएको कर्जाको विवरण नियमित रुपमा सार्वजनिक गर्ने  निर्णय भएको छ ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा अर्थ मन्त्रालयमा बसेको बैठकले सहुलियतपूर्ण कर्जाको प्रभावकारिताको अध्ययन गरी नेपाल राष्ट्र बैंकले अर्को बैठकमा पेश गर्ने निर्णय गरेको छ ।  ...
सञ्चारमन्त्री गुरुङ भन्छन, ‘दलहरुले गरिरहेको सडक आन्दोलन निर्वाचनको प्रचार’

सञ्चारमन्त्री गुरुङ भन्छन, ‘दलहरुले गरिरहेको सडक आन्दोलन निर्वाचनको प्रचार’

देश, राजनीति, समाचार
काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले राजनीतिक एजेन्डा बिना दलहरुले गरिरहेको सडक आन्दोलन निर्वाचनको तयारीकै लागि भइरहेको बताएका छन् । “विना राजनीतिक एजेन्डा आन्दोलनमा उत्रिएका दलहरुले निर्वाचनको तयारीका लागि नै सडक आन्दोलन गरिरहेका छन्” मन्त्री गुरुङले भने । राजनीतिक दलहरुले निर्वाचन भएरै छाड्ने भन्ने मनोविज्ञान जनतालाई दिन आन्दोलन गरिरहेको उनले बताए । अब मुलुक निर्वाचनमा गैरहेको वताउँदै मन्त्री गुरुङले राजनीतिक दलदेखि नागरिक समाज, पत्रकारलगायत सबै पेशा र समूदायलाई निर्वाचनका लागि तयार हुन आह्वान गरे । Advertisement मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले निर्वाचन आयोगलाई सघाउन सरकारले आवश्यक पर्ने कार्य थालिसकेको पनि जानकारी दिए । सरकारलाई कतिपयले...
रेलवेको सुरक्षार्थमा सशस्त्र प्रहरी

रेलवेको सुरक्षार्थमा सशस्त्र प्रहरी

देश, समाचार, सामाजिक
१७ पुस, काठमाडौं । जनकपुर–जयनगर रेलवे सञ्चालनमा नआउँदै लिकका फलाम चोरी हुन थालेपछि सरकारले सशस्त्र प्रहरीलाई सुरक्षार्थ खटाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रेलवे सुरक्षाको जिम्मा सशस्त्रलाई दिने निर्णय गरेको हो । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले विकासको महत्वपूर्ण पूर्वाधार सञ्चालनमा नआउँदै रेलवे लिकका फलाम चोरी हुन थालेको खबर आएकाले सुरक्षाको जिम्मा सशस्त्रलाई दिइएको बताए । उनले भने, ‘केही अघि रेलवेको क्लीप चोरी भएको भन्ने विषय सार्वजनिक भयो, त्यसैले यसको सुरक्षा नियमित पुलिसिङबाट मात्र सम्भव नहुने भएकाले सशस्त्रलाई जिम्मा दिइएको हो ।’ Advertisement सशस्त्र प्रहरी बलका प्रवक्ता राजु अर्याल भने हालसम्म मन्त्रिपरिषदको निर्णय आफूहरु कहाँ आइनसकेकाले कसरी परिचालित हुने भन्ने विषय टुंगो लागि नसकेको बताउँछन् । यद्यपि, ...
नेकपा र जसपा एकीकृत मार्क्सवादीबीच पार्टी एकता

नेकपा र जसपा एकीकृत मार्क्सवादीबीच पार्टी एकता

देश, राजनीति, समाचार
१७ पुस, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) र नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादी पार्टीबीच एकता घोषणा भएको छ । शुक्रबार आयोजित कार्यक्रममा दुवै पार्टीका शीर्ष नेताहरुले एकता घोषणा गरेका हुन् । पार्टी एकताले उत्पीडित, राष्ट्रियता, महिला र शिल्पी समुदायको मुक्ति आन्दोलनलाई शक्ति प्रदान गर्ने बताएका छन् । Advertisement कार्यक्रममा जसपा अध्यक्ष महन्थ ठाकुरले देशमा भइरहेका विभिन्न विभेदको अन्त्य गर्न र राज्यको सबै निकायहरुमा समान प्रतिनिधित्व गराउन जसपाले संघर्ष गरिरहेको बताए । जनता समाजवादी पार्टी, नेपालका बरिष्ठ नेता राजेन्द्र महतोले देशमा जुन राजनीतिक प्रणाली आएपनि पछि पारिएका समुदायले शासनमा आफ्नो अनुभुति पाउन नसकेका कारण विकल्पमा जसपा चाहिएको बताए । Credit: OnlineKhabar ...
६ हजार घुससहित प्रहरी हवल्दार अख्तियारको फन्दामा

६ हजार घुससहित प्रहरी हवल्दार अख्तियारको फन्दामा

देश, राजनीति, समाचार
६ हजार घुससहित ईलाका प्रहरी कार्यालय हरिनगरा, सुनसरीमा कार्यरत प्रहरी हवल्दार भोला यादव पक्राउ परेका छन् ।  Advertisement  भारतबाट घरायसी सामान ल्याउन सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग अतिरिक्त रकम मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।  उनले सेवाग्राहीबाट घुस लिएर खाजा होटल संचालन गर्ने स्थानीय व्यापारी विनोद साहलाई राख्न दिएका थिए । लगत्तै अख्तियारको टोलीले साहसमेतलाई हरिनगरा बजारबाट नियन्त्रणमा लिइथप अनुसन्धान भइरहेको जनाएको छ । साभार: रातोपाटी ...
सडेको अवस्थामा शव फेला

सडेको अवस्थामा शव फेला

देश, समाचार, सामाजिक
कैलालीको गोदावरी नगरपालिका–४ स्थित सेती सामुदायक वनभित्र पर्ने चिसापानी खोलामा बेवारिसे अवस्थामा शव फेला परेको छ । शव फेला परेको सूचनाका आधारमा प्रहरी टोली पुगेर शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।  Advertisement उनका अनुसार मृतकको शव सडेको अवस्थामा फेला परेको र नजिकै सेतो रङको गन्जी र हरियो रङको हाफसर्ट फेला परेको हो । शवको प्रकृति हेर्दा तल्लो शरीरमा निलो रङको जिन्स पाइन्ट लगाएको, उचाइ  अन्दाजी पाँच फिट पाँच इन्च, उमेर अन्दाजी २५/३० वर्षको जस्तो देखिने, दायाँ हातको पाखुरामा नाग (सर्प) र शिवलिङ्गको ट्याटु भएको बताइएको छ । साभार: रातोपाटी ...