२०८१ जेष्ठ ६

हरेक भारतियले नेपालको प्रधानमन्त्रीको नाम थाहा छः ओली

काठमाडौैं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका हरेक मानिसलाई नेपालको प्रधानमन्त्रीको नाम थाहा भएको बताएका छन् । शनिबार काठमाडौमा आफू पक्षीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्ना कारण नेपालको नाम अन्तराष्ट्रिय स्तरमा चिनाउन आफू सफल भएको र भारतका हरेक मानिसले नेपालको प्रधानमन्त्रीको नाम कण्ठ भएको बताएका हुन् । 


Advertisement


प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा धेरै विकासका काम भएको भन्दै आफ्नै तारिफ गरेका हुन् । उनले आफ्नो नेतृत्वमा रानीपोखरी र धरहरा २२ तला बनिसकेको बताए । 

‘यसवीचमा असाधारण र दुनियाँ आश्चयचकित हुननेगरी आर्थिक बृद्धि र प्रगति भएको छ । विश्वमा नेपाल कहाँ छ ? थाहा थिएन । अहिले नेपाल कहाँ छ, थाहा छ । पहिले नेपालको प्रधानमन्त्रीको चर्चा पनि हुँदैनथियो । अहिले भारतका हरेका मानिसलाई नेपालको प्रधानमन्त्रीको नाम सोध्यो भने कण्ठै छ’ प्रधानमन्त्री ओलीको भनाई छ । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सम्मृद्ध नेपाल र सुखी नेपालीको नारा ठिक छ भनेको भन्दै चिनियाँ राष्ट्रपतिले समेत यो राष्ट्रिय आकाँक्षा ठिक भएको र सहयोग गर्ने प्रतिवद्धता जनाएको उल्लेख गरे ।  

भाषणको अधिकाँश समय ओलीले प्रचण्ड नेपालको आलोचना गर्न र आफूले गरेका कामको प्रशंसामा विताएका थिए । 

उनले सुरुगमार्ग,रेलमार्ग सडकमार्ग धमाधम भइरहको भन्दै अन्तराष्ट्रिय सम्बन्धमा पनि विस्तार भएको बताए । 

साभार: रातोपाटी

Copy link
Powered by Social Snap