२०८१ जेष्ठ ६

देश

कोरोना संक्रमित वृद्धको मृत्यु : बाँकेमा

कोरोना संक्रमित वृद्धको मृत्यु : बाँकेमा

देश, समाचार, सामाजिक, स्वास्थ्य
२० पुस, काठमाडौं । बाँकेमा कोरोना संक्रमणबाट एकजना वृद्धको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारको क्रममा बाँकेको बैजनाथ गाउँपालिका-२ का ७६ वर्षीय वृद्धको सोमबार साँझ ५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । स्वास्थ्यमा समस्या आएपछि भेरी अस्पतालमा १५ पुसमा उनको पीसीआर परीक्षण गरिएकोमा त्यसको भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो । Advertisement क्यान्सरका समेत बिरामी रहेका उनी पुस १८ गते अस्पतालमा भर्ना भएका थिए । रोगको प्रकृति अनुसार उनको उपचार गरिएपनि बचाउन नसकिएको अस्पतालले जनाएको छ । Credit: OnlineKhabar ...
१२ दिनदेखि बालक फेला पार्न सकिएन

१२ दिनदेखि बालक फेला पार्न सकिएन

देश, समाचार
बागलुङ बजारबाट एक बालक विगत १२ दिनदेखि बेपत्ता भएको परिवारले जनाएको छ ।  बागलुङ बजारको कालिका कन्यामन्दिर माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत १४ वर्षीय बालक रोशन विश्वकर्मा विगत १२ दिनदेखि परिवारको सम्पर्कमा नरहेका कारण खोजीमा सहयोग गरिदिन उनको परिवारले सबैमा आग्रह गरेको छ ।  Advertisement बागलुङ नगरपालिका–३ स्थित पुरानो सिनामा रोड बस्ने विश्वकर्मा पुस ९ गतेदेखि बेपत्ता भएको रोशनकी आमा दुर्गा विश्वकर्माले जानकारी दिए । “दुई दिन साथीकामा बसेर घर आएपछि कहाँ गएर आएकोभन्दा उल्टै पैसा मागेको थियो”, उनले भने, “त्यसपछि उल्टै मलाई गाली गर्दै घरबाट निस्केको हो, अहिलेसम्म सबै आफन्तकामा खोजी कार्य गर्दासमेत भेटिएको छैन ।”  आफ्नो छोराको खोजीमा सहयोग गर्न उहाँले सबैमा अपिल गर्नुभएको छ । कक्षा ९ पास गरेपछि बन्दाबन्दी भएका कारण रोशन कक्षा १० मा अध्ययनका ला...
आन्दोलन नेकपाकै शक्तिको भरमा: रघुजी पन्त

आन्दोलन नेकपाकै शक्तिको भरमा: रघुजी पन्त

देश, राजनीति, समाचार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधव पक्षका स्थायी कमिटी सदस्य रघुजी पन्तले आगामी आन्दोलन नेकपाकै शक्तिको भरमा अघि बढ्ने बताएका छन् । सोमबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-माधव पक्षको स्थायी कमिटी बैठकपश्चात सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैँ स्थायी कमिटी सदस्य पन्तले सरकारको संसद विघटनको असंवैधानिक कदमका विरुद्ध संयुक्त आन्दोलनको लागि प्रयास जारी राख्दै आगामी आन्दोलन भने नेकपाकै शक्तिको भरमा अगाडी बढाउने बताएका हुन् । Advertisement पन्तले संसद विघटनको सम्बन्धमा सर्वोच्च अदालतले कुनै नेता अथवा आन्दोलनकारीको मुख हेरी फैसला नगर्ने टिप्पणी गरे । सर्वोच्च अदालतले संविधान हेरेर फैसला गर्ने भएकोले संसद विघटनको जवाफ पुनस्र्थापना बाहेक केही हुन नसक्ने उनले बताए । संविधानले संसद विघटनको अधिकार प्रधानमन्त्...
मन्त्रिपरिषद् विस्तारबारे सरकारका नाममा कारण देखाउ आदेश जारी

मन्त्रिपरिषद् विस्तारबारे सरकारका नाममा कारण देखाउ आदेश जारी

देश, राजनीति, समाचार
प्रधानमन्त्री केपी ओलीले १० पुसमा गरेको मन्त्रिपरिषद् विस्तार विरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटको आज सुनुवाई भएको छ । रिट निवेदक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीका अनुसार उनले मन्त्रिपरिषद् विस्तार गैरसंवैधानिक कदम भएकाले अन्तरिम आदेश जारी गरी पाउँ भनेर निवेदन दिएका थिए ।  Advertisement सो रिटमा न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले मिति नै तोकेर पुस २८ गते सरकारका प्रतिनिधिलाई मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने कारणसहित उपस्थित हुन आदेश दिएको हो । ‘सरकारका नाममा कारण देखाउ आदेश जारी भयो’, त्रिपाठीले भने, ‘मिति नै तोकेर सरकारलाई उपस्थित हुन आदेश जारी भएको छ ।’ पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि संविधानको धारा ७७ अनुसार ओली सरकार काम चलाउको हैसियतमा छ । काम चलाउ सरकारले मन्त्रिपरिषद् विस्तार गर्न पाउँदैन । तर, ओलीले संविधानको व्यवस्था विपरित...
थप सय मेगावाट बिजुली आयात गर्न सक्ने गरी ढल्केबरमा ट्रान्सर्फमर थपियो

थप सय मेगावाट बिजुली आयात गर्न सक्ने गरी ढल्केबरमा ट्रान्सर्फमर थपियो

देश, समाचार
२० पुस, काठमाडौं । धनुषामा रहेको देशकै ठूलो ढल्केबर सबस्टेसनको थप क्षमता बढाइएको छ । नेपाल विद्युत प्राधिकरणले सरकारको लगानीमा गि्रड सबस्टेसन  क्षमता अभिबृद्धि आयोजनाअन्तर्गत ढल्केबरमा २२०/१३२, ३१५ एमभीए क्षमताको पावर ट्रान्सर्फमर थप गरेको हो । प्राधिकरणका कायम मुकायम (कामु) कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सबस्टेसनमा जडान गरिएको ३१५ एमभीएको थप पावर ट्रान्सर्फमरको आइतबार राति साढे १० बजे चार्ज गरिएको जानकारी दिए । Advertisement अहिले ढल्केबर सबस्टेसनमा २२०/१३२ केभीका दुईवटा ट्रान्सर्फमर सञ्चालनमा छन् । जसको क्षमता ३२० एमभीए छ । अब सबस्टेसनको क्षमता ६३५ एमभीए पुगेको छ । गि्रड सबस्टेसन  क्षमता अभिबृद्धि आयोजनाअन्तर्गत ढल्केबरमा जडान गर्न लागिएको  ३१५एमभीएका दुईवटा ट्रान्सर्फमरमध्ये एउटा चार्च गरिएको हो । बाँकी एउटा ट्रान्सर्...
संसद विघटन भयो भन्दै संसदकै गाडीमा सरर !

संसद विघटन भयो भन्दै संसदकै गाडीमा सरर !

देश, राजनीति, समाचार
२० पुस, काठमाडौं । ‘प्रतिनिधि सभा विघटन भइसक्यो, अब मध्यावधि चुनाव नै एकमात्र विकल्प हो’ भन्दै गुटको भेला गरिरहेकामध्ये एक हुन्– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता कृष्ण दाहाल । तर, उनले प्रतिनिधि सभाको अर्थ समितिको सभापतिको हैसियतमा प्राप्त संसदको गाडी भने अझै फिर्ता गरेका छैनन् । Advertisement प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेको घोषणा गरेकी थिइन् । संसद विघटनलाई संविधानसम्मत् बताइरहेका ओली पक्षकै नेताहरू सांसद भएबापत पाउने सुविधा नत्याग्नेमा अग्रपंक्तिमा छन् । संसद सचिवालयका एक शाखा अधिकृत भन्छन्, ‘सांसद भएवापत मात्रै प्रयोग गर्न पाइने गाडी चढेर संसद विघटन भयो भन्दै कुर्लनु पक्कै शोभनीय होइन ।’ ‘यति दिनभित्र फिर्ता गर्नुपर्छ भनेर कुनै कानुनमा लेखिएको त छै...
लाइसेन्सको फाराम भर्ने सर्भरमा समस्या देखियो, सेवा अवरुद्ध

लाइसेन्सको फाराम भर्ने सर्भरमा समस्या देखियो, सेवा अवरुद्ध

देश, मिश्रित, समाचार, सूचना
सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन फाराम भर्ने सर्भरमा समस्या देखिएपछि सेवा अवरुद्ध भएको छ । यातायात व्यवस्था विभागका अनुसार सर्भरको मर्मतका लागि सोमबार एक दिन सेवा नै बन्द गर्ने निर्णय भएको छ ।  Advertisement विभागको सूचनामा पनि ‘सवारी चालक अनुमतिपत्रको अनलाइन फारम सर्भरको मर्मतका लागि आज अनलाइन सर्भर बन्द’ गरिएको उल्लेख छ ।  कोभिडका कारण गत चैतदेखि बन्द रहँदै आएको लाइसेन्सको नयाँ आवेदन विभागले गत मंगलबारदेखि मात्र खुल्ला गरेको थियो । आवेदन खुलेको ५ दिनमा नै सेवा अवरुद्ध बन्न पुगेको हो।  साभार: रातोपाटी ...
प्रधानमन्त्रीप्रति रामकुमारी झाँक्रीको आक्रोशः देश कमेडीले चल्दैन

प्रधानमन्त्रीप्रति रामकुमारी झाँक्रीको आक्रोशः देश कमेडीले चल्दैन

देश, राजनीति, समाचार
चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरेकी छन् । उनले प्रधानमन्त्री ओली उखान टुक्का र कमेडीमै रमाउने गरेको भन्दै देश कमेडीले होइन, सोचले बन्ने बताइन् ।  सोमबार चितवनको भरतपुरमा आयोजित प्रचण्ड–नेपाल समूहको नगरस्तरीय अगुवा पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । Advertisement ‘प्रधानमन्त्रीले कमेडी गरिरहनु भएको छ, देश कमेडीले बन्ने होइन सोचले बन्ने हो’  झाँक्रीले भनिन्, ‘देश बनाउन भ्रष्ट नहुने चरित्र चाहिन्छ । सबै स्रोत कब्जा गर्ने भ्रष्ट चरित्रले देश बन्दैन ।’ सत्तरी करोडको डिल भएको अडियो सार्वजनिक भएर भ्रष्टाचारमा मुछिएकालाई काखी च्याप्ने प्रधानमन्त्रीले भ्रष्टाचार हुन नदिने भन्नु नै हास्यास्पद भएको उनको भनाइ थियो ।  बाँचुन्ज...
एन्टिजेन परीक्षणमार्फत कोरोना संक्रमित को उपचार

एन्टिजेन परीक्षणमार्फत कोरोना संक्रमित को उपचार

देश, समाचार, स्वास्थ्य
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एन्टिजेन परीक्षणबाट कोरोनाभाइरस (कोभिड—१९) पुष्टि भएकाहरुलाई उपचार गर्न निर्देशन दिएको छ । एन्टिजेन परीक्षणबाट पोजेटिभ नतिजा आएकालाई अरु संक्रमित सरह स्वास्थ्य उपचार गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले आइतवार आग्रह गरे । Advertisement निर्देशिकामा एन्टिजेन परीक्षणमार्फत पोजेटिभ नतिजा आउनेलाई संक्रमित मानिने उल्लेख गरिएको छ । एन्टिजेन परीक्षण गर्दा पोजेटिभ नतिजा आएका व्यक्तिलाई संक्रमित मानी अनुसन्धान र उपचार गर्न समेत निर्देशन मन्त्रालयले दिइएको छ ।  यस्तै कोभिड—१९ संकट व्यवस्थापन केन्द्र, सातै प्रदेशका सामाजिक विकास मन्त्रालय र सबै अस्पताललाई   मन्त्रालयले निर्देशन दिइसकेको उनको भनाइ छ ।  साभार: रातोपाटी ...
यात्रुको विवरण नभरे उडान रद्ध गर्ने : क्यान

यात्रुको विवरण नभरे उडान रद्ध गर्ने : क्यान

देश, राजनीति, समाचार
काठमाडौं । विदेशबाट आउने यात्रुमाथि निगरानी बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तराष्ट्रिय वायुसेवा कम्पनीलाई निर्देशन दिएको छ । नेपालमा उडान गर्ने सम्पूर्ण अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई परिपत्र गर्दै आइतबार प्राधिकरणले यस्तो निर्देशन दिएको हो । सो अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुले आफ्नो विमानमार्फत् यात्रा गर्ने सम्पूर्ण यात्रुको अनिवार्य रुपमा आईएचआर फर्म भर्नुपर्ने व्यवस्था गरेको छ ।  Advertisement प्राधिकरणले जारी गरेको परिपत्रमा एयरलाइन्स कम्पनीलाई आफ्ना यात्रुको कोभिड रोकथाम समन्वय समिति (सीसीएमसी) ले जारी गरेको फर्म अनिवार्य रुपमा भर्न निर्देशन दिइएको छ । यस्तो निर्देशनको पालना नभएको पाइएमा उडान रद्ध गर्ने चेतावनी समेत क्यानले ती कम्पनीहरुलाई दिएको छ ।  प्राधिकरणको उडान अनुमति शाखाका प्रबन्धक ज्ञानेन्द्र भुलले नियमित रुपमा अ...