२०८१ बैशाख २०

विदेश / एन.आर.एन

इन्डोनेशियामा शक्तिशाली भूकम्प, कम्तिमा ३४ जनाको मृत्यु

इन्डोनेशियामा शक्तिशाली भूकम्प, कम्तिमा ३४ जनाको मृत्यु

विदेश / एन.आर.एन, समाचार
एजेन्सी । इन्डोनेशियाको सुलावेसी टापूमा स्थानीय समयअनुसार शुक्रबार बिहान ६ दशमलव २ रेक्टर स्केलको भूकम्प जाँदा कम्तिमा ३४ जनाको मृत्यु भएको छ । भवनहरु भत्कँदा ६ सय जनाभन्दा धेरै घाइते भएको अधिकारीहरुले बताएका छन् ।  Advertisement यस भूकम्पको केन्द्रविन्द्रू मेजीन शहरको उत्तरपूर्वतर्फ ६ किलोमिटर टाढा रहेको अधिकारीहरुले जनाएका छन् । भूकम्पपछि कम्तिमा १५ हजार जनाले घर छाडेका छन् । मेजिनको उत्तरतर्फ अस्पताल भवन भत्कदाँ दर्जनौं बिरामी र कर्मचारीहरु भग्नावशेषमै पुरिएका छन् । अहिलेसम्म मामुजुमा कम्तिमा २६ जना तथा पश्चिमी सुलावेसीमा कम्तिमा ८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । ‘यो संख्या बढ्न सक्छ । तर नबढोस् भन्ने हाम्रो कामना छ । धेरै मृतकहरुलाई भग्नावेशषमै पुरिदैंछ,’ मामुजु विपद् व्यवस्थापन एजेन्सीका अली रहमानले भने ।  अनलाईनमा पोस्ट गरिएक...
नेपाल–भारत पेट्रोलियम पाइपलाइनबाटै इन्धन चोरी

नेपाल–भारत पेट्रोलियम पाइपलाइनबाटै इन्धन चोरी

देश, विदेश / एन.आर.एन, समाचार, सामाजिक
काठमाडौं । भारतबाट बाराको अमलेखगञ्जसम्म इन्धन आपूर्तिका लागि प्रयोग भइरहेको ‘पेट्रोलियम पाइपलाइन’ बाट इन्धन चोरी भएको रहस्योद्घाटन भएको छ । भूमिगत पाइपमा प्वाल पारेर उक्त प्वालमा सानो पाइप ‘फिट’ गरेर इन्धन चोरी भएको तथ्य प्रकाशमा आएको हो । कहिलेदेखि यसरी इन्धन चोरी हुँदै आएको हो र हालसम्म कति इन्धन चोरी भयो भन्नेबारे प्रस्ट हुन सकेको छैन । Advertisement भारतीय अखबार नवभारत टाइम्सको अनलाइन संस्करणमा प्रकाशित समाचार अनुसार बिहारको सिवानस्थित लकडी नबीगञ्ज क्षेत्रको डुमरा गाउँ नजिकै पाइपलाइनबाट इन्धन चोरी भएको हो । इन्डियन आयल कर्पोरेसनका अधिकारीहरुले घटनास्थलको निरीक्षण गरिसकेको जनाइएको छ । नवभारत टाइम्सका अनुसार बिहारमा यस प्रकारको चोरीको यो पहिलो घटना हो । पाइपलाइनमाथिको जमिनमा इन्धन चुहावट देखिएपछि पाइपलाइनको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले...
सीमा विवादबारे छलफल नगर्ने भारतको संकेत

सीमा विवादबारे छलफल नगर्ने भारतको संकेत

देश, राजनीति, विदेश / एन.आर.एन, समाचार
१ माघ, काठमाडौं । भोलिदेखि भारतको राजधानी नयाँ दिल्लीमा सुरु हुने नेपाल–भारत संयुक्त आयोगको वैठकमा सीमा सम्बन्धी विषयमा छलफल नगर्ने संकेत भारतले गरेको छ । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली तीन दिने औपचारिक भ्रमणका लागि नयाँ दिल्ली ओर्लेको केही घन्टामा भारतीय विदेश मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता अनुराज श्रीवास्तवले सीमासम्बन्धी विषयमा छलफल नहुने संकेत गरेका हुन्  Advertisement पत्रकार सम्मेलनमा उनलाई के वैठकमा सीमा विवादबारे कुराकानी हुन्छ ? भनी सोधिएको थियो ।  जवाफमा उनले भने,‘सीमा विवादको बारेमा हाम्रो पोजिसन स्पष्ट छ । जेसीएम (संयुक्त आयोग) र बाउन्ड्री वार्ता दुई पृथक संयन्त्र हुन् ।’ भारतले कालापानी र सुस्ताको विषयमा वार्ता गर्नका लागि सन् २०१४ मा दुई देशका परराष्ट्र सचिव स्तरीय संयन्त्रको गठन भएको र त्यसैले...
चीनले एलएसी पारी पूर्वी लद्दाखबाट हटायो १० हजार सैनिक

चीनले एलएसी पारी पूर्वी लद्दाखबाट हटायो १० हजार सैनिक

विदेश / एन.आर.एन, समाचार
चीनले पूर्वी लद्दाखमा वास्तविक नियन्त्रण रेखा पारीबाट आफ्ना १० हजार सैनिक फिर्ता बोलाएको छ ।  पत्रिका हिन्दूले यो बारे समाचार एजेन्सी एएनआईको एक खबरलाई प्रकाशित गरेको छ ।  Advertisement यसका सरकारी स्रोतलाई उद्धृत गर्दै चिनियाँ सेनाले पूर्वी लद्दाखमा एलएसी नजिकैबाट सम्भवतः अत्यधिक चिसोका कारण आफ्ना सैनिक फिर्ता बोलाएको जानकारी दिएको छ ।  चिनियाँ सेनाले यो इलाकामा आफ्ना जवानलाई तालिम दिने गर्दछ ।  यद्यपि, मोर्चामा उसका सैनिक अहिले पनि तैनाथ छन् । साथै त्यहाँ गत वर्ष मे मा भारत र चीनबीच भड्किएको तनावपछि तैनाथ गरिएको भारी बन्दोबस्त पनि यथावत् छ ।  खबरका अनुसार लगभग डेढ सय किलोमिटरको यो तालिम गर्ने इलाका एलएसीको भारतीय हिस्सासँग जोडिएको छ ।  भारतीय सेनाले पनि चिनियाँ गरेको बन्दोबस्तलाई मध्यनजर गर्दै भारी सामान र लगभग...
ट्रम्पले गर्न सक्छन् परमाणु बमको हमला

ट्रम्पले गर्न सक्छन् परमाणु बमको हमला

विदेश / एन.आर.एन, समाचार
वाशिंगटन  । क्यापिटल हिलमा भएको हिंसा पश्चात् अमेरिकी प्रतिनिधि सभाको स्पीकर नेन्सी पेलोसी अति चिन्तित भएकी छन । उनका अनुसार सन्काहा ट्रम्प जेसुकै गर्न सक्छन् । अमेरिकामा सम्पन्न भएको निर्वाचनपछि ३ जनवरी २०२१ मा स्पीकर निर्वाचित भएकी नेन्सी राष्ट्रपति ट्रम्पको धुर विरोधी रही आएकी छन् ।  नेन्सी  अमेरिकी प्रतिनिधि सभामा  चौथो पटक स्पीकर पदका लागि निर्वाचित भएकी हुन् । यसभन्दा अघिल्लो प्रतिनिधि सभामा पनि ३ जनवरी २०१९ देखि  स्पीकर रहदै आएकी थिइन् । अमेरिकामा कमला हैरीसन उपराष्ट्रपति बन्नु अघि नेन्सी नै अमेरिकी  सरकारको सबैभन्दा ठूलो हैसियतमा पुग्ने  पहिलो महिला थिइन्  । यसअघि २००७ र २०११ मा पनि उनी स्पीकर निर्वाचित भएकी थिइन् । Advertisement ट्रम्पका समर्थकले मच्चाएको उधुमबाट नेन्सी भयभीत भएकी छन् ।  उनको विचारमा राष्ट्रपति ट्रम्प अन्तिमका दिन...
ट्रम्प समर्थक आक्रामक : हिंसामा मर्नेको संख्या चार पुग्यो

ट्रम्प समर्थक आक्रामक : हिंसामा मर्नेको संख्या चार पुग्यो

विदेश / एन.आर.एन, समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार वासिङ्टनस्थित संसद भवनमा फैलाएको हिंसामा परी चार जनाको मृत्यु भएको छ। मेट्रो डिसी प्रहरीले १ जना महिलाको गोली लागेर र अरू तीन जना (एक महिला र दुई पुरूष) को अन्य स्वास्थ्य समस्याका कारण मृत्यु भएको जनाएको छ। Advertisement अहिलेसम्म सुरक्षाकर्मीले ५२ जनालाई पक्राउ गरेका छन्। तीमध्ये ४७ जनालाई कर्फ्यू उल्लंघनको आरोपमा समातिएको हो। अधिकारीहरूले संसद भवनभित्र दुईटा पाइप बम पनि फेला परेको जनाएका छन्। वासिङ्टन डिसीका मेयर मुरियल बोउजरले नगरमा १५ दिनका लागि आपतकाल लगाएका छन्। यसअघि बुधबार नोभेम्बर ३ मा भएको राष्ट्रपतीय निर्वाचनको इलेक्टोर कलेज मतको अन्तिम परिणाम सार्वजनिक गर्न कंग्रेसको बैठक बसिरहेका बेला ट्रम्प समर्थक सुरक्षा बार तोड्दै भवनभित्र पसेका थिए। ट्रम्पले नै चुनाव जितेको बताउने उनीहरूले ...
चीन र भारतलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाको काम अन्तिम चरणमा

चीन र भारतलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाको काम अन्तिम चरणमा

देश, विदेश / एन.आर.एन, समाचार
चीन र भारतलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजना बागलुङखण्ड फराकिलो बनाउने काम अन्तिम चरण पुगेको छ । आयोजनाको बागलुङ खण्डअन्तर्गत बलेवा विमानस्थलदेखि जैमिनीको पालुङखोलासम्मको सडक १० मिटर चौडा बनाउने काम ८० प्रतिशत सकिएको हो ।  कोरोना महामारीका कारण भएको लकडाउनको समयमा समेत कामलाई निरन्तरता दिएको नेपाली सेनाले आगामी जेठ १५ गतेसम्म आयोजना हस्तान्तरण गर्नेगरी काम चलिरहेको जनाएको छ । आयोजना निर्माणको जिम्मा लिएको सेनाले पछिल्लो समय अधिकांश स्थानमा भिर, पहरा र चट्टान काटेर सडकलाई १० मिटर चौडा बनाइरहेको छ ।  Advertisement बागलुङखण्डअन्तर्गतको मालढुङ्गा–बलेवा विमानस्थलसम्मको १० किलोमिटर सडक भने सेनाले गत वर्ष नै सडक विभागको कालीगण्डकी करिडोर आयोजनालाई हस्तान्तरण गरेको थियो । बलेवा विमानस्थलदेखि केही अघि बागलुङ नगरपालिकामा पर्ने खण्डमा पर...
अमेरिकी उप राष्ट्रपति माइक र श्रीमतीले लगाए कोरोना खोप

अमेरिकी उप राष्ट्रपति माइक र श्रीमतीले लगाए कोरोना खोप

विदेश / एन.आर.एन, समाचार
आफ्ना नागरिकहरूमा खोपको प्रयोगका लागि प्रोत्साहन गर्न अमेरिकी उपराष्ट्रपति माइक पेन्स तथा उनकी श्रीमतीले शुक्रबार कोभिड-१९ विरूद्धको खोप लिएका छन्।  नागरिकमा खोप प्रयोगका लागि आत्मविश्वास बढाउनका लागि दिइएको उक्त खोप अमेरिकी टेलीभिजनहरूले प्रत्यक्ष प्रसारण गरेका थिए। ह्वाइट हाउसमा खोप लिएपछि अमेरिकी उपराष्ट्रपति पेन्सले भने, 'कोभिड–१९ विरुद्धको खोप प्रयोगका लागि सर्वसाधारणमा आत्मविश्वास बढाउन मैले यो सेवा सुरूमा नै लिएको छु। खोपको प्रयोगपछि मलाई शरिरमा कुनै भिन्नता महशुस भएको छैन।' Advertisement अमेरिका विश्वकै सबैभन्दा बढी व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित भएका छन् भने यहाँ कोभिड सङ्क्रमित करिब तीनलाख १८ हजार मानिसको मृत्यु भएको छ।  सङ्क्रमणका हिसाबले अमेरिका, भारत, ब्राजिल, रूस र फ्रान्स विश्वका बढी प्रभावित मुलुक हुन्।  साभार: सेत...
नेपालका परराष्ट्रमन्त्रीको भारत भ्रमण तालिका बन्दैछ : भारत सरकार

नेपालका परराष्ट्रमन्त्रीको भारत भ्रमण तालिका बन्दैछ : भारत सरकार

देश, विदेश / एन.आर.एन, समाचार
२ पुस, काठमाडौं । भारतले नेपालका परराष्ट्रमन्त्रीको भारत भ्रमणको मितिको बारेमा गृहकार्य भइरहेको बताएको छ । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले मंसिरको अन्तिम साता भ्रमण गर्ने विषयमा छलफल भएपनि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी भित्रको विवादले केही पर सरेको छ । Advertisement भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भने,‘ भ्रमणको मितिको गृहकार्य भइरहेको छ ।’ परराष्ट्र मन्त्रालय स्रोतका अनुसार डिसम्बरको अन्तिम साता वा जनवरीको पहिलो साता भ्रमण गर्नेगरी गृहकार्य भइरहेको छ । एजेण्डाहरुको बारेमा भने छलफल भइरहेको छ । Credit: OnlineKhabar ...
बंगलादेशी रसायनिक मल ल्याउने संझौता

बंगलादेशी रसायनिक मल ल्याउने संझौता

अर्थतन्त्र, कर्पोरेट, देश, राजनीति, विदेश / एन.आर.एन, समाचार
बङ्गलादेशबाट ५० हजार मेट्रिकटन रासायनिक मल खरिद गर्न दुई देशका सरकारी कम्पनीबीच सम्झौता भएको छ ।  नेपालकोतर्फबाट कृषि सामग्री कम्पनी लिमिटेड र बङ्गालादेशी केमिकल इन्डष्ट्रिज कम्पनीबीच आज सम्झौतापत्रमा हस्ताक्षर भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । सम्झौता भएको तीन महिनाभित्र बल्क र कार्गो गरी दुई तरिकाबाट चार चरणमा रासायनिक मल ल्याउने गरी सम्झौता भएको कृषि मन्त्रालयका प्रवक्ता डा हरिबहादुर केसीले जानकारी दिए ।  Advertisement उनका अनुसार मल खरिदको सम्झौतामा नेपालको तर्फबाट कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी र बङ्गलादेशकोतर्फबाट मोहमद अमिउल अहसनले संयुक्तरुपमा हस्ताक्षर गरेका छन् ।  बङ्गलादेशबाट मल आयातसँगै रासायनिक मलको अभावको समस्या समाधान हुने कृषि मन्त्रालयले जनाएको छ ।  यो मौसममा खेती ...