२०८१ बैशाख ७

विदेश / एन.आर.एन

भारतमा अलैँची माग बढ्यो, भाउ बढ्ने सम्भावना

भारतमा अलैँची माग बढ्यो, भाउ बढ्ने सम्भावना

अर्थतन्त्र, कर्पोरेट, विदेश / एन.आर.एन, समाचार
भारतीय बजारमा अलैँची अभाव भएपछि नेपालबाट निकासी हुने अलैँचीको भाउ बढ्ने देखिएको छ । भारतका मुख्य अलैँची उत्पादन हुने क्षेत्रमा अलैँची मासिन थालेको छ । ती क्षेत्रमा अलैँचीको उत्पादन कम भएपछि नेपाली अलैँचीको माग उच्च छ । पछिल्लो समय भारतीय व्यवसायीसमेत अलैँची किन्न नेपाल आउन थालेका छन् । विगतका वर्षमा भारतनै पुर्याउँदा पनि बेच्न गाह्रो हुने अलैँची नेपालमै व्यवसायी आएपछि अलैँचीको भाउ बढ्ने सम्भावना छ । “भारतीय व्यवसायी नै नेपाल आएपछि अब नेपाली अलैँचीको भाउ बढ्छ”, अलैँची व्यवसायी महासङ्घका अध्यक्ष राजकुमार कार्कीले भने, “नेपालमा उत्पादन भएको ४० प्रतिशत नयाँ अलैँची बिकिसक्यो ।” उनका अनुसार ठूलो मात्रामा अलैँची बिकेकाले अब माग बढ्ने देखिएको छ ।  केही वर्षअघि अलैँचीको दाम प्रतिमन (४० किलोको एक मन) रु एक लाखसम्म पुगेको थियो तर त्यो लामो समय टिकेन । अहिले त किसानले त्यसको एक चौथा...
कोरोना कहर : युरोपमा थप कडाइ

कोरोना कहर : युरोपमा थप कडाइ

विदेश / एन.आर.एन, समाचार, स्वास्थ्य
कोरोना संक्रमितको संख्यामा बढोत्तरी हुने थालेपछि युरोपेली देशहरूले कोरोना रोकथामसम्बन्धी प्रतिबन्धहरूलाई थप कडा बनाएका छन्। क्रिसमस र नयाँ वर्षमा हुनसक्ने भीडभाडलाई ध्यानमा राख्दै उनीहरूले प्रतिबन्धहरूलाई कडा पारेका हुन्। नेदरल्यान्डसले पाँच हप्ताका लागि लकडाउन गरेको छ। यस अवधिमा त्यहाँका अनावश्यक पसल, जिम तथा सिनेमाहलहरू बन्द हुनेछन्। त्यस्तै बुधबार जर्मनीले त्यहाँ कीर्तिमानी संख्यामा संक्रमित फेला पर्न थालेपछि कडा लकडाउन गरेको छ। १६ डिसेम्बरदेखि १० जनवरीसम्म लकडाउन हुनेछ।  Advertisement यध्यपी उसले क्रिसमसका बेलामा २४, २५ र २६ डिसेम्बरमा भने लकडाउनलाई केही खुकुलो बनाउनेछ। यो अवधिमा बढीमा चार जना मानिसलाई एकअर्काको घरमा निम्ता गर्न सकिनेछ।  ब्रिटेनमा पनि बुधबारबाट लकडाउन कडा पारिएको छ। यसैगरी फ्रान्सले लकडाउनलाई हटाएपनि रात्रि...
नेपाली बिजुली बंगलादेश पठाउने एजेन्डामा भारत जस्ता त्यस्तै

नेपाली बिजुली बंगलादेश पठाउने एजेन्डामा भारत जस्ता त्यस्तै

देश, विदेश / एन.आर.एन, समाचार
२८ मंसिर काठमाडौं । देशमा बढी भएको बिजुली बंगलादेश निर्यात गर्ने नेपालको योजना अनिश्चयको भुमरीमा धकेलिएको छ । नेपाल, भारत र बंगलादेशबीच ठोस सहमति नहुँदा बंगलादेशमा बिजुली बेच्ने नेपालको योजना झन्–झन् पछि धकेलिँदैछ । २०७५ साउनमा नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यसम्बन्धी समझदारी (एमओयू) भएको थियो । नेपालले वर्षातमा बढी भएको बिजुली भारतलाई बेच्ने बिषयमा ठोस सहमति हुन नसकिरहेका बेला बंगलादेशसम्म पुर्‍याउने वातावरण तयार गर्न सकस परेको छ । गत असारदेखि असोजसम्म राति २०० मेगावाटसम्म बिजुली खेर फालेको नेपालका लागि बंगलादेश उपयुक्त ऊर्जा बजार हुँदाहुँदै पनि भारतीय पक्षको सहमति र प्रसारण पूर्वाधारको अभावमा बिजुली बंगलादेश पुर्‍याउन सम्भव छैन । ऊर्जा क्षेत्रमा सहकार्यका लागि शुक्रबार भएको नेपाल र भारतका ऊर्जा सचिवहरु सम्मिलित संयुक्त सञ्चालक समिति (जेएससी) को आठौं बैठकमा नेपालको ...
नेपालको बिजुली बिक्री अन्योल :  भारतसँग भएन सहमति

नेपालको बिजुली बिक्री अन्योल : भारतसँग भएन सहमति

देश, विदेश / एन.आर.एन, समाचार
२६ मंसिर, काठमाडौं । नेपाल भारत ऊर्जा सचिवस्तरीय ‘जोइन्ट स्टेयरिङ कमिटी’को बैठक शुक्रबार सम्पन्न भएको छ । बैठकमा यसपटक पनि नेपालको बिजुली भारतसँग खरिद गर्नेबारे ठोस सहमति हुन सकेन । बैठकमा ऊर्जा मन्त्रालयका सचिव दिनेश घिमिरेले नेपालको तर्फबाट नेतृत्व गरेका थिए भने भारतीय विद्युत मन्त्रालयका सचिव सञ्जीव नन्दन साहाइ भारतीय पक्षको नेतृत्व गरेका थिए । Advertisement नेपाली पक्षले वर्षाअगावै नेपालको बिजुली भारतले किन्ने गरी कानूनी बाटो खोल्न गरेको प्रस्तावमा भारतीय पक्षले ‘सकारत्मक रहेको र माथिल्ला तहमा छलफल गर्ने’ पुरानै शैलीको जवाफ दिएको बैठकमा सहभागी एक अधिकारीले बताए । भारतले विगत २ वर्षदेखि आफू यसमा सकारात्मक रहेको जवाफ दिएपनि त्यसका लागि कानुनी दस्तावेजमा बनाउन अलमल गरिरहेको छ । बैठकमा नेपालले भारतको ‘इनर्जी एक्सचेन्ज’ बजारमा प्राधिकरणमार...
चिनियाँ सिमाना ‘हिल्सा’ मा माइनस ७  डिग्रीसम्ममा गस्ती

चिनियाँ सिमाना ‘हिल्सा’ मा माइनस ७ डिग्रीसम्ममा गस्ती

देश, विदेश / एन.आर.एन, समाचार
चीनसँगको सीमा जोडिएको हिल्सामा स्थापना भएको सीमा सुरक्षाचौकी (बिओपी) का सुरक्षाकर्मीले माइनस सात डिग्रीसम्मको तापक्रममा हिउँ छिचोल्दै सीमा क्षेत्रको गस्ती गर्नुपरेको छ । हिमपातपछि बन्द रहेको हिल्साको बाटोमा नियमितरूपमा हिल्सा बिओपीमा खटिएका सुरक्षाकर्मीले गस्ती गर्दै आउनुपरेको छ ।  केही दिन अगाडि परेको हिमपातले हिल्सा क्षेत्र सेताम्मे भएको सीमा सुरक्षाचौकीका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक सुरज केसी बताए । उनको नेतृत्वमा गस्ती टोलीले विकट क्षेत्र र लिमीतर्फ सीमास्तम्भको निरीक्षण गर्ने गरेको छ भने नारातर्फ नेपालपट्टि पनि अनुगमन गर्ने गरेको छ । इन्चार्ज केसीले भने, “माइनस सातसम्म तापक्रम अहिले पुगेको छ र हिल्साका होटल व्यवसायीका अनुसार अझै बढ्ने जानकारी आएको छ । बिहान उठ्दा धारा, शौचालय, बाल्टीका पानी जमेको छ । पानी जमेर भएको बरफलाई तताएर मात्र पानी निकाल्न सकिने अवस्था छ...
महिला पत्रकारको अफगानिस्तानमा  गोली हानेर हत्या

महिला पत्रकारको अफगानिस्तानमा गोली हानेर हत्या

विदेश / एन.आर.एन, समाचार
एजेन्सी । पूर्वी अफगानिस्तानमा एक महिला पत्रकारको गोली हानेर हत्या गरिएको छ । महिला पत्रकार  मलाला माएम्वदको बिहीबार अज्ञात समूहले गोली हानी हत्या गरेको हो । अफगानिस्तानको जलालावादमा निजी कामको सिलसिलामा हिँडिरहेकी उनको गाडीमाथि हतियारीधारी व्यक्तिहरुको समूहले गोली प्रहार गरेको थियो । Advertisement आक्रमणमा उनका चालक समेत मारिएका छन् । आक्रमणको जिम्मेवारी कुनै समूहले लिएको छैन । मलाला एनिकास टिभी र रेडियोमा कार्यरत रहेकी थिइन् । प्रान्तीय गभर्नरका प्रवक्ता अताउल्ला खोगियानीले आक्रमणकारी भाग्न सफल भएको बताएका छन् ।  साभार: रातोपाटी ...
नेपाल–भारत वाणिज्य समितिको यी हुन् एजेण्डा

नेपाल–भारत वाणिज्य समितिको यी हुन् एजेण्डा

देश, राजनीति, विदेश / एन.आर.एन, समाचार
काठमाडौं । नेपाल–भारत वाणिज्य सचिवस्तरीय अन्तर सरकारी समिति (आईजीसी) को बैठक जारी रहेको छ । नेपाल–भारत दुई देशबीचको पारवहन तथा व्यापार सन्धी पुनरावलोकनको मुख्य एजेन्डा रहेको सो बैठकको प्रतिनिधि टोलीमा नेपालका तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति सचिव बैकुण्ठ अर्यालले गरेका छन् भने भारतको तर्फबाट भारतीय उद्योग तथा आन्तरिक व्यापार प्रवर्द्धन विभागका सचिव डा. गुरुप्रसाद मोहपात्रले गरेका छन् ।  सोमबार बिहान १० बजेबाट शुरु भएको भर्चुअल छलफल कार्यक्रममा नेपालको तर्फबाट तय भएको मुख्य ५ एजेन्डा छलफल भइरहेको मन्त्रालय स्रोतले जनाएको छ ।  दुई देश बीचको पारवहन तथा व्यापार सन्धी पुनरावलोकनको मुख्य एजेन्डासहित दुुई देशबीच हुने लगानी प्रवर्द्धधन, सीमामा व्यापार पूर्वाधार निर्माण तथा व्यापार सहजीकरण लगायतका मुद्दाहरुमा छलफल भइरहेको स्रोतले बताएको छ । Advertisement ...
चिनियाँ रक्षामन्त्री नेपाल आज आउँदै

चिनियाँ रक्षामन्त्री नेपाल आज आउँदै

देश, राजनीति, विदेश / एन.आर.एन, समाचार
चीनका रक्षामन्त्री आज आइतबार नेपाल आउने भएका छन्। जनगणतन्त्र चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो नेपालको एकदिने औपचारिक भ्रमणका लागि नेपाल आउन लागेका हुन्। भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। Advertisement साथै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि शिष्टाचार भेटवार्ताको कार्यक्रम रहेको छ। रक्षामन्त्री वेइले प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। ...
भारतीय विदेश सचिव नेपाल आउँदैः यस्तो छ शृङ्गलाको कार्यव्यस्तता

भारतीय विदेश सचिव नेपाल आउँदैः यस्तो छ शृङ्गलाको कार्यव्यस्तता

देश, राजनीति, विदेश / एन.आर.एन, समाचार
भारतका विदेश सचिव हर्षबर्द्धन शृङ्गला आज नेपाल आउँदैन् । भारतको नयाँ दिल्लीबाट उनी विशेष विमानबाट ११ वजे नेपाल आइपुग्नेछन् । नेपालको औपचारिक भ्रमणमा आउन लागेका शृङ्गलाले काठमाडौँमा २ दिन बिताउनेछन् । बिहीबारबाट नै शृङ्गलाले औपचारिक भेट वार्ता शुरु गर्नेछन् । काठमाडौँ अवतरण भएलगत्तै शृङ्गला त्रिभुवन अतर्राष्ट्रिय विमानस्थलबाट सिधै द्वारिका होटल जान्छन् । नेपाल रहँदासम्म उनी द्वाारिकामा बस्छन् । मध्यन्ह १२ बजेदेखि परराष्ट्र मन्त्रालयमै परराष्ट्र सचिव भरत पौड्यासँग भेटघाटको कार्यक्रम रहेको छ । पौडेलले आयोजना गरेको दिवाभोजमा सहभागि हुन्छन् होटल याक एण्ड यतिमा उनी सहभागी हुनेछन् । Advertisement त्यसपछि उनले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग भेटघाट गरी दुई देशको सम्बन्धको बारेमा कुराकानी गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उनले प्रधानमन्त्री केपी शर्...
कार दुर्घटनामा ज्यान गुमाउने अमेरिकी सेनामा आबद्ध नेपाली

कार दुर्घटनामा ज्यान गुमाउने अमेरिकी सेनामा आबद्ध नेपाली

देश, विदेश / एन.आर.एन, समाचार
७ मंसिर, काठमाडौं । अमेरिकी सेनामा कार्यरत गोरखाका एक युवकको कार दुर्घटनामा मृत्यु भएको छ । अमेरिकाको ओक्लाहोमा राज्यस्थित नोबल कन्ट्रीमा नेपाली समयअनुसार शनिबार राति कार दुर्घटनामा परी गोरखाको लखन थापा गाउँपालिका–८ छापथोकका २३ वर्षका सुरेश श्रेष्ठको मृत्यु भएको हो । Advertisement ओक्लाहोमा न्युज फोर अनलाइनका अनुसार दुर्घटनामा परी टाउको र शरीरको भित्री भागमा चोट लागेका उनको अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । समाचारमा उल्लेख गरिएअनुसार उनी चढेको कार अवैध पार्किङ गरिएको मालवाहक ट्रकमा ठोक्किएको थियो । दुर्घटनापछि करिब २५ मिनेट कारभित्रै थुनिएका उनलाई एम्बुलेन्सबाट सेन्ट म्यारिज रिजनल मेडिकल सेन्टरमा लगिएको थियो । करिब ५ वर्षअघि अध्ययन गर्न अमेरिका गएका सुरेश तीन वर्षअघि अमेरिकी सेनामा भर्ती भएका उनका आफन्त राजेश श्रेष्ठले बताए ।...