२०८१ जेष्ठ ४

नेपालका परराष्ट्रमन्त्रीको भारत भ्रमण तालिका बन्दैछ : भारत सरकार

२ पुस, काठमाडौं । भारतले नेपालका परराष्ट्रमन्त्रीको भारत भ्रमणको मितिको बारेमा गृहकार्य भइरहेको बताएको छ ।

परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले मंसिरको अन्तिम साता भ्रमण गर्ने विषयमा छलफल भएपनि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी भित्रको विवादले केही पर सरेको छ ।


Advertisement


भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भने,‘ भ्रमणको मितिको गृहकार्य भइरहेको छ ।’ परराष्ट्र मन्त्रालय स्रोतका अनुसार डिसम्बरको अन्तिम साता वा जनवरीको पहिलो साता भ्रमण गर्नेगरी गृहकार्य भइरहेको छ । एजेण्डाहरुको बारेमा भने छलफल भइरहेको छ ।

Credit: OnlineKhabar

Copy link
Powered by Social Snap