२०८१ जेष्ठ ४

विदेश / एन.आर.एन

नयाँ दिल्लीको पार्कमा नेपाली युवकको शव फेला

नयाँ दिल्लीको पार्कमा नेपाली युवकको शव फेला

देश, विदेश / एन.आर.एन, समाचार, सामाजिक, स्वास्थ्य
नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीस्थित एउटा पार्कमा नेपाली युवकको शव फेला परेको छ । भारतीय समाचार एजेन्सी ‘इन्डो–एसियन न्यूज सर्भिस’ले जनाएअनुसार मृतक युवकको नाम दिपेश थापा हो । २४ वर्षीय थापाको शव स्थानीय पार्कको एउटा रुखमा झुण्डिएको अवस्थामा बुधबार फेला परेको उक्त समाचार एजेन्सीले जनाएको छ । दिपेश नेपाली नागरिक रहेको उल्लेख गरिए पनि उनको ठेगाना खुलाइएको छैन । चिराग दिल्लीको रामलीला पार्कमा एउटा रुखमा झुण्डिएको अवस्थामा दिपेशको शव फेला परेको जनाइएको छ । Advertisement दिल्ली प्रहरीका एक अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार उनी चिराग दिल्लीमै मःमः बेच्ने गर्दथे । मंगलबार साँझ करिब ७ बजे दिपेशलाई उनका साथीहरुले देखेको तर त्यसपछि उनी कहाँ गएका थिए भन्ने पत्तो लाग्न नसकेको प्रहरीको भनाइ छ । प्रहरीले दिपेशको शवलाई पोस्ट...
भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप, दुईजना सशस्त्र प्रहरी घाइते

भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप, दुईजना सशस्त्र प्रहरी घाइते

देश, विदेश / एन.आर.एन, समाचार, सामाजिक, स्वास्थ्य
३० माघ, वीरगञ्ज । नेपाली भूमिमा प्रवेश गरेर बालुवा उत्खनन गरिरहेका भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा दुईजना सशस्त्र प्रहरी घाइते भएका छन् । २४ वर्षीय आयुष राय यादव र अन्दाजी २५ वर्षीय नरेश यादव घाइते भएका हुन् । उनीहरुको नारायणी अस्पतालमा उपचार भइरहेको छ । Advertisement आयुषको देब्रे कानमा चोट लागेको छ । कानमा १८ वटा टाँका लगाइएको नारायणी अस्पताल आकस्मिक विभाग प्रमुख डाक्टर उदय नारायण सिंहले जानकारी दिए । नरेशको देब्रे हातको हड्डी भाँचिएको र खुट्टामा चोट लागेको डाक्टर सिंहले जानकारी दिए । दुवै जना खतरामुक्त रहेको नारायणी अस्पतालले जनाएको छ । ओरिया खोलामा बालुवा उत्खनन गरेर लैजादै गरेको भारतीय ट्याक्टरलाई नियन्त्रणमा लिने क्रममा उनी घाइते भएको सशस्त्र प्रहरीले जनाएको छ । नेपालतर्फ पर्ने ओरिया खोलामा बालुव...
मलेसियाबाट श्रमिकको सामाजिक सुरक्षा सुविधा नेपाल ल्याउन समझदारी हुँदै

मलेसियाबाट श्रमिकको सामाजिक सुरक्षा सुविधा नेपाल ल्याउन समझदारी हुँदै

देश, विदेश / एन.आर.एन, समाचार
२८ माघ, काठमाडौं । मलेसियामा वैधानिक रुपमा कार्यरत नेपाली श्रमिकको सामाजिक सुरक्षाबापतको सुविधा तथा क्षतिपूर्ति नेपाल ल्याउनेबारे मलेसिया र नेपालबीच सहकार्यको समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ । समझदारीपत्रमा हस्ताक्षर गर्न सोमबारको मन्त्रिपरिषद बैठकले वैदेशिक रोजगार बोर्डलाई अनुमति दिइसकेको छ । मलेसियाको करिब डेढ वर्षअघि नै आप्रवासी श्रमिकलाई पनि समाजिक सुरक्षा दिने गरी कानून बनाएको थियो । मलेसियास्थित नेपाली दूतावासका अनुसार मलेसियामा कार्यरत करिब ९० प्रतिशत कामदार मलेसियाली सामाजिक सुरक्षा संस्था -सोसल सेक्युरिटी अर्गनाइजेसन) ‘सोक्सो’मा आवद्ध भइसकेका छन् । यो मलेसियाको श्रमिकको समाजिक सुरक्षा हेर्ने संस्था हो । Advertisement मलेसियामा अहिले करिब साढे ३ लाख नेपाली श्रमिक वैधानिक रुपमा कार्यरत रहेको अनुमान छ । मलेसियाका लागि नेपाली राजदूत...
भारतको माल्पामा पहिरो, महाकाली नदी थुनिएको आशंका

भारतको माल्पामा पहिरो, महाकाली नदी थुनिएको आशंका

देश, विदेश / एन.आर.एन, समाचार
दार्चुला । भारतले निर्माण गरिरहेको सडकका कारण माल्पा क्षेत्रमा पुनः पहिरो गएको छ । कैलाश मानसरोवर मार्गमा पर्ने उक्त क्षेत्रमा आज पहिरो गएको हो । पहिरोका कारण महाकाली नदी थुनिएको आशंका गरिएको छ । पहिरो गएको क्षेत्रमा अहिले भारतीय प्रशासनले ढुङ्गा माटो हटाउने कार्य गरिरहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताए । “पहिरो पन्छ्याउने काम भइरहेको छ”, उनले भने, “धेरै खतराको अवस्था छैन । हिउँदेयाम भएको र अहिले वर्षा र हिमपात नभएका कारण खतरा छैन ।”  Advertisement पहिरोको अवस्था बुझ्न प्रहरीचौकी दुम्लीङबाट टोली खटिएको दार्चुलाका निमित्त प्रहरी प्रमुख भास्कर चन्दले बताए । यहाँबाट प्रहरी टोली पुग्न ५÷६ घण्टा बढी समय लाग्छ तर जिल्ला प्रशासन कार्यालय दार्चुलाले सार्वजनिक सूचना जारी नगर्दै कञ्चनपुर जिल्ला प्रशासनले सीमा क्षेत्रका नागरिकलाई सतर...
भाइरसको पहेली – निरन्तर रुप बदल्दै, सम्भवत: कहिले काहीँ खतरनाक पनि बन्दै !

भाइरसको पहेली – निरन्तर रुप बदल्दै, सम्भवत: कहिले काहीँ खतरनाक पनि बन्दै !

देश, विदेश / एन.आर.एन, समाचार, स्वास्थ्य
बेलायतमा फेला परेको रुप बदलिएको भाइरसले खोपलाई प्रतिरोध गर्न सक्ने आशंका बेलायती अधिकारीहरुले गरेका छन् । यही रुप बदलिएको भाइरसको कारण यतिखेर पोर्तुगल युरोपकै सबैभन्दा बढी मृत्युदर देखिएको छ भने अस्पतालहरुमा ठाउँ उपलब्ध हुन छाडेको छ । Advertisement तीब्ररुपमा फैलिइरहेको कोरोनाभाइरसको यो बदलिएको रुप पहिलो पटक बेलायतमा देखापरेको थियो । त्यो रुप बदलिएको भाइरसले नै पनि निरन्तर रुपमा आफूलाई बदलिइरहेको कारण यसलाई भ्याक्सिनले पनि रोकथाम गर्न मुश्किल पर्ने कुरा सोमबार बेलायतका जनस्वास्थ्य अधिकारीहरुले जनाएका छन् । यतिखेर बेलायतमा म्युटेन्ट भएको यही कोरोनाभाइरस संसारभयिर खतरनाक ढंगले फैलिएर गइरहेको छ । बी.१.१.७  नाम दिइएको यो रुप बदलिएको कोरोनाभाइरस पहिलो पटक गत डिसेम्बरमा बेलायतमा देखापरेको थियो । अनुसन्धानकर्ताहरुका अनुसार देखापरेको दुई महिनामा नै यो ...
अमेरिकाको आधारभूत नेपाल नीतिमा परिवर्तन हुन्न : राजदूत बेरी

अमेरिकाको आधारभूत नेपाल नीतिमा परिवर्तन हुन्न : राजदूत बेरी

देश, राजनीति, विदेश / एन.आर.एन, समाचार
१९ माघ, काठमाडौं । अमेरिकी राजदूत र्‍याण्डी बेरीले राष्ट्रपति जो बाइडनको कार्यकालमा अमेरिकाको आधारभूत नेपाल नीतिमा परिर्वतन नहुने बताएका छन् । Advertisement सोमबार काठमाडौंमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै बेरीले विश्वव्यापी प्राथमिकताहरु फेरिन सक्ने बताए । ‘तर, समग्र नीतिमा परिर्वतन हुँदैन’ उनले भनेका छन् । Credit: OnlineKhabar ...
भारतीय प्रधानमन्त्रीले भने– ‘कोभिड विरुद्धको लडाइँमा नेपाली जनतालाई सहयोग गर्न भारत सधैँ प्रतिबद्ध छ’

भारतीय प्रधानमन्त्रीले भने– ‘कोभिड विरुद्धको लडाइँमा नेपाली जनतालाई सहयोग गर्न भारत सधैँ प्रतिबद्ध छ’

देश, राजनीति, विदेश / एन.आर.एन, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना खोप उपलव्ध गराएकोमा भारत सरकारलाई धन्यवाद दिएका छन् । भारतले नेपाललाई १० लाख डोज कोरोना खोप उपलव्ध गराएलगत्तै प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, त्यहाँको सरकार र भारतीय जनतालाई ट्वीटरमार्फत धन्यवाद दिएका हुन् । Advertisement प्रधानमन्त्री ओलीले धन्यवाद दिएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड १९ विरुद्धको लडाइँमा नेपाली जनतालाई सहयोग गर्न भारत सधैं प्रतिबद्ध रहेको बताएका छन् । ट्वीटरमार्फत प्रधानमन्त्री मोदीले नेपाली जनतालाई सहयोग गर्न प्रतिबद्ध रहेको बताएका हुन् । उनले  भारतमा बनाइएका खोपहरूले महामारी नियन्त्रण गर्ने  विश्वव्यापी प्रयासमा पनि योगदान पुर्याउने स्पष्ट पारेका छन् । भारतले बिहीबार नेपाललाई १० लाख डोज कोरोना खोप उपलव्ध गराएको छ । साभार: रातोपाटी ...
नेपाल आइपुग्यो भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोप

नेपाल आइपुग्यो भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोप

देश, विदेश / एन.आर.एन, समाचार, सामाजिक
नेपाल सरकारको पहलमा भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको १० लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप आज बिहीबार काठमाडौं आइपुगेको छ । खोप बोकेको एयर इन्डियाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । Advertisement विमानस्थालमा एक औपचारिक कार्यक्रमबीच भारतले नेपाललाई सो खोप हस्तान्तरण गर्नेछ । सो खोप जोखिममा खटिएका व्यक्तिलाई प्राथमिकता निर्धारण गरेर उपलब्ध गराउने सरकारको तयारी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन स्वास्थ्यकर्मीको विवरण संकलन गरिसकेको छ । पहिलो चरणमा प्राथमिकताका आधारमा स्वास्थ्यकर्मी, अस्पतालमा काम गर्ने सहयोगी, महिला स्वास्थ्य स्वयंसेविका, पालिकाका सफाइकर्मी, शव व्यवस्थापनमा खटिएकालाई खोप उपलब्ध गराउने तयारी छ । साभार: रातोपाटी ...
डोनाल्ड ट्रम्पले ह्वाइट हाउस छोडे

डोनाल्ड ट्रम्पले ह्वाइट हाउस छोडे

विदेश / एन.आर.एन, समाचार
एजेन्सी । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको सपथ सुरु हुने केही घण्टाअघि डोनाल्ड ट्रम्पले ह्वाइट हाउस छोडेका छन् । ट्रम्प आफ्नो घर फ्लोरिडातर्फ लागेका छन् । निवर्तमान हुँदै गरेका राष्ट्रपति ट्रम्प एन्डुज एयरबेसबाट फ्लोरिडातर्फ लागेका हुन्  । विदाई भाषणमा ट्रम्प र उनकी पत्नी मेलेनियाले अमेरिकी नागरिकहरुलाई धन्यवाद दिएका छन् ।यद्यपि, ट्रम्पले आफ्नो विदाई भाषणमा आफ्नो फिर्तीको संकेत गरेका छन् । Advertisement उनले नयाँ प्रशासनलाई बधाई दिँदै केही नयाँ काम गर्ने आधारहरु रहेको बताएका छन् । नवनिर्वाचित राष्ट्रपति बाइडेनले अबका केही घण्टामा ४६ औं राष्ट्रपतिको रुपमा सपथ लिँदैछन् । सपथ समारोहलाई मध्यनजर गर्दै राजधानी वासिङ्गटन डिसीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । साभार: रातोपाटी ...
नेपालमा चुनाव भारतको पनि चाहना !

नेपालमा चुनाव भारतको पनि चाहना !

देश, राजनीति, विदेश / एन.आर.एन
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारतको तीन दिने भ्रमण पूरा गरी आज दिउँसो नेपाल फर्किदैछन् । उनको भ्रमणमा सीमा विवादबारे छलफल हुने अपेक्षा गरिए पनि भारतीय पक्षसँग त्यस किसिमको छलफल हुन सकेन । बरु कामचलाउ हैसियतमा रहेको वर्तमान सरकारले सीमा विवादको तिक्ततालाई थाँती राखेर भारतबाट थप विश्वास आर्जन गर्नका लागि भ्रमण केन्द्रित गरेको विश्लेषकहरुको भनाइ छ । Advertisement दुबै पक्षले कनेक्टिभिटी, अर्थव्यवस्था र व्यापार, विद्युत, तेल र ग्यास, जलस्रोत, राजनीतिक र सुरक्षा मुद्दाहरू, सीमा व्यवस्थापन, विकास साझेदारी, पर्यटन, सँस्कृति, शिक्षा र क्षमता अभिवृद्धि लगायतका सहयोगका विभिन्न क्षेत्रहरूमा छलफल गरेका छन् । तर कालापानी, लिपुलेक लिम्पियाधुरा लगायत सीमा विवादको विषयमा परराष्ट्रमन्त्रीको भारत भ्रमणका क्रममा चर्चा नै भएन । परराष्ट्रमन्त्री ज्ञवा...