२०८१ जेष्ठ ४

ट्रम्पले गर्न सक्छन् परमाणु बमको हमला

वाशिंगटन  । क्यापिटल हिलमा भएको हिंसा पश्चात् अमेरिकी प्रतिनिधि सभाको स्पीकर नेन्सी पेलोसी अति चिन्तित भएकी छन । उनका अनुसार सन्काहा ट्रम्प जेसुकै गर्न सक्छन् ।

अमेरिकामा सम्पन्न भएको निर्वाचनपछि ३ जनवरी २०२१ मा स्पीकर निर्वाचित भएकी नेन्सी राष्ट्रपति ट्रम्पको धुर विरोधी रही आएकी छन् ।  नेन्सी  अमेरिकी प्रतिनिधि सभामा  चौथो पटक स्पीकर पदका लागि निर्वाचित भएकी हुन् । यसभन्दा अघिल्लो प्रतिनिधि सभामा पनि ३ जनवरी २०१९ देखि  स्पीकर रहदै आएकी थिइन् । अमेरिकामा कमला हैरीसन उपराष्ट्रपति बन्नु अघि नेन्सी नै अमेरिकी  सरकारको सबैभन्दा ठूलो हैसियतमा पुग्ने  पहिलो महिला थिइन्  । यसअघि २००७ र २०११ मा पनि उनी स्पीकर निर्वाचित भएकी थिइन् ।


Advertisement


ट्रम्पका समर्थकले मच्चाएको उधुमबाट नेन्सी भयभीत भएकी छन् ।  उनको विचारमा राष्ट्रपति ट्रम्प अन्तिमका दिनमा जुनसुकै पाइला चालन सक्छन् । उनको बुझाइमा ट्रम्पले राष्ट्रपतिको रूपमा परमाणु अस्त्र नै प्रयोग गर्न सक्छन् ।  अमेरिकी राष्ट्रपतिसँग परमाणु अस्त्र प्रयोग गर्ने   परमाणु कोड हुन्छ ।  नेन्सीलाई आशंका छ राष्ट्रपतिले यो कोडको प्रयोग गरी परमाणु विपदा निम्त्याउन सक्छन् ।

आफ्नो यसै आशंकालाई मध्यनजर गरी स्पीकर नेन्सीले अमेरिकी सेनाका उच्च पदस्थ अधिकारीहरुसँग परामर्श गरेकी छन् ।  उनले अधिकारीगणहरुसँग अमेरिकी सेनाले परमाणु कोडको सुरक्षा सुनिश्चित गर्ने अनुरोध गरेकी छन् ।

नेन्सीले यस सम्बन्धमा आफुले अमेरिकी सेनाको   ‘ज्वाइन्ट चीफ अफ स्टाफ’ का  चेयरम्यान मार्क मिले (Mark Milley  ) संग भेट गरेको जानकारी दिएकी छिन्। उनले चेयरम्यान मार्क मिलेसँग भेटेर सनकाहा ट्रम्पलाई परमाणु सैन्य शत्रुता शुरू गर्नबाट रोक्न, न्यूक्लियर लन्च कोडको सुरक्षा र परमाणु आक्रमणको आदेश आएमा त्यसलाई रोक्न सम्बन्धमा कुरा गरेको बताएकी छन् ।

नेन्सीका अनुसार यसभन्दा नराम्रो स्थिति अरु केही हुन सक्दैन ।  ट्रम्प जुनसुकै स्तरसम्म जान सक्छन् ।  जति छिट्टै उनलाई राष्ट्रपतिबाट हटाउन  सके त्यही नै उत्तम हुनेछ ।  ट्रम्प विश्व शान्तिका लागि  सबैभन्दा  ठूलो  खतरा  हुन सक्छन् ।

ज्ञातव्य छ, अमेरिकी राष्ट्रपति न्यूक्लियर लन्च कोड मार्फत सेनालाई परमाणु अस्त्र प्रयोग गर्ने आदेश दिन सक्छन् ।  एकपटक राष्ट्रपतिबाट यस्तो आदेश आए पछि अमेरिकी सेनाले आदेशको अवहेलना गर्न सक्दैन ।  अमेरिकामा चुनिएका  नयाँ राष्ट्रपतिलाई ज्वाइन्ट चीफ अफ स्टाफले ‘न्यूक्लियर लन्च कोड’ दिने परम्परा रही आएको छ ।

त्यसो त केही दिनअघि मात्रै इरानले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूमाथि आणविक हमला गर्ने तयारी गरिरहेको गुप्तचरी सूचना प्राप्त भएको बताएको थियो ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap