२०८० चैत्र १५

चिनियाँ खोपले ब्राजिलमा जगाएको आशा

२० जेठ, काठमाडौं । ब्राजिलको एक सहरमा गरिएको एक परीक्षणले चिनियाँ खोप कोरोना भाइरस (कोभिड–१९) को महामारी अन्त्य गर्न महत्वपूर्ण बन्न सक्ने देखाएको छ ।

यो परीक्षण कोरोनाले सबभन्दा धेरै प्रभावित मुलुकमध्येकको एक ब्राजिलको दक्षिणपूर्वी सहर सेरानामा गरिएको हो ।


Advertisement


यो सहरको जनसंख्या ४५ हजार छ । अहिले नयाँ संक्रमितको संख्यामा पनि उल्लेख्य कमी आएको छ भने कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्यामा ९५ प्रतिशतको कमी आएको छ ।

सेराना शहर के लोग

यसको प्रमुख कारण त्यहाँ चलाइएको खोप अभियान हो । वैज्ञानिकहरुका अनुसार यो सहरको करिब सबै वयस्क मानिसले चिनियाँ कम्पनी सिनोभ्याकले बनाएको खोप लगाएका छन् ।

यो खोप विकास गर्ने क्रममा पनि ब्राजिलमै परीक्षण गरिएको थियो ।

शोधकर्ताको दाबीअनुसार यो सहरमा खोप नपाएका मानिसहरु पनि अहिले सुरक्षित देखिएका छन्, किनकी यो सहरमा कोरोना संक्रमणमा उल्लेख्य कमी आइसकेको छ ।

यो अध्ययनको नतिजामा यदि कुनै पनि क्षेत्रमा ७५ प्रतिशत मानिसले खोप लगाएको अवस्थामा महामारीलाई नियन्त्रणमा लिन सकिने उल्लेख गरिएको छ । यस्तो अवस्थालाई हर्ड इम्युनिटी भनिन्छ ।

कसरी गरिएको अध्ययन ?

यो परीक्षण विश्वको लागि एक फरक किसिमको अभ्यास थियो । साओ पाउलोभन्दा ३१५ किलोमिटर टाढा रहेको सेराना सहरमा यो परीक्षण फेब्रुअरी र अप्रिलमा गरिएको थियो ।

यो परीक्षण बुटान्टान इन्स्टिच्युटले गरेको थियो । यो कम्पनीले चिनियाँ कोरोना खोप उत्पादन गर्दै आएको छ ।

ब्राज़ील

परीक्षणका क्रममा भाइरसलाई नियन्त्रित गर्ने सीमा निर्धारित गर्न सहरलाई चार क्षेत्रमा विभाजित गरिएको थियो । शोधकर्ताको टोलीले बताएअनुसार चारमध्ये तीन क्षेत्रमा ७५ प्रतिशत जनसंख्यालाई पूरा डोज खोप दिइयो । जसमा १८ वर्षमाथिका मानिसहरु सामेल थिए ।

सहरमा वयस्क मानिसको ९५ प्रतिशत जनसंख्यालाई खोप दिइएपछि यस्तो नतिजा पाइयो –

१. मृत्युदरमा ९५ प्रतिशतको कमी

२. अस्पतालमा भर्ना हुनेको दरमा ८६ प्रतिशत कमी

३. लक्षण देखिने संक्रमितको संख्यामा ८० प्रतिशतको कमी

यद्यपि बुटान्टन इन्स्टिच्युटका शोध निर्देशक रिकार्डो पालासियसका अनुसार यो परीक्षणको लक्ष्य ७५ प्रतिशत मात्र नतिजा हात पार्ने थियो । ‘सबैभन्दा महत्वपूर्ण नतिजा यो हो कि समग्र जनसंख्यालाई खोप नलगाईकन नै महामारीलाई नियन्त्रण गर्न सकिन्छ’, उनले भने ।

पालासियसले बालबालिका र किशोरहरुमा पनि कोेरोना संक्रमणमा उल्लेख्य कमी आएको थियो । जबकी उनीहरुलाई खोप लगाइएको थिएन । यो परीक्षणले पुनः विद्यालयहरु खोल्न बालबालिका वा किशोरहरुलाई खोप दिनु जरुरी नरहेको संकेत देखिएको पालासियस बताउँछन् ।

पालासियसका अनुसार चिनियाँ खोप ब्राजिलमा फैलिएको कोरोनाको भेरियन्ट पी.१ मा पनि प्रभावकारी देखिएको छ । अहिले यसलाई गामा नाम दिइएको छ । ब्राजिलमा कोरोना संक्रमण तीव्र गतिमा बढ्नुमा यो संक्रमण एक कारण रहेको हुन सक्ने मानिँदै आएको छ ।

खोपप्रतिको विश्वास

चिनियाँ कोरोना सिनोभ्यासकको प्रयोग अहिले धेरै विकासशील मुलुकले गरिरहेका छन् । तर सेरान सहरको नतिजाको कारण चिनियाँ कोरोना खोपप्रति विश्वास पनि बढाउन सक्छ ।

यसअघि यो खोपबारे विवाद पनि देखिएको थियो । ब्राजिल, इन्डोनेसिया र टर्कीमा गरिएको क्लिनिकल परीक्षणमा यो खोप ५० देखि ९० प्रतिशतको बीचमा प्रभावकारी देखिएको थियो । ब्राजिलले भने यो खोप ५०.४ प्रतिशत मात्र प्रभावकारी रहेको बताएको थियो ।

अहिलेको परीक्षणमा भने यो खोपको कुनै गम्भीर किसिमको साइड इफेक्ट पनि नरहेको पाइएको छ । यो खोपको दुवै डोज दिइएका मानिसहरुको कोरोनाबाट मृत्यु पनि भएको छैन ।

अहिले त्यस्तै परीक्षण बोटुकाटु सहरमा भइरहेको छ । यो सहरको जनसंख्या एक लाख ४८ हजार छ । यद्यपि यो परीक्षणमा भने अक्सफोर्ड–एस्ट्राजेनेकाको खोपको परीक्षण भइरहेको छ ।

ब्राजिलमा निरन्तर कोरोना संक्रमण बढिरहेको समयमा यो परीक्षण गरिएको हो । ब्राजिलमा कोरोना खोपको अभावको कारण खोप अभियान पनि निकै सुस्त गतिमा चलिरहेको छ ।

बीबीसीबाट

Credit: OnlineKhabar

Copy link
Powered by Social Snap