२०८१ बैशाख १४

कोभिड निको भएको एक वर्ष नकटेका यात्रुले कतारमा क्वारेन्टिन बस्नु नपर्ने

२७ असार, काठमाडौं । कतारले खोपको मात्रा पुरा गरेका यात्रुलाई क्वारेन्टिन बस्नु नपर्ने नियम ल्याएको छ । कतारस्थित नेपाली दूतावासका अनुसार अब कतारमा दुबै मात्रा खोप लगाई खोपको प्रमाणपत्र प्राप्त गरेका यात्रुले क्वारेन्टिन बस्नु पर्ने छैन ।

कतारमा कोभिड संक्रमण निको भएको १२ महिनाभित्र कतार प्रवेश गर्ने यात्रुलाई समेत अनिवार्य क्वारेन्टिनको प्रावधान हटाइएको छ । यो नियम सोमबारबाट लागू हुने दूतावासले जनाएको छ ।


Advertisement


खोपको मात्रा पुरा नगरेका वा नलगाएका यात्रुले भने अनिवार्य रुपमा ‘डीस्कोभर कतार’ वेवसाइटबाट बुकिङ गरि १० दिन होटेल क्वारेन्टिन वा १४ दिन मेखाईनिस क्वारेन्टिन बस्नु पर्नेछ ।

तोकिएको शर्त पुरा गर्ने यात्रुले पारिवारिक भ्रमण, व्यवसाय र पर्यटक भिसा समेत पाउने छन् । यात्रा गर्नुअघि कम्तिमा १२ घण्टा अगाडी अनिवार्य एहतराज वेवसाइटमा अनलाइनबाट प्रि-रजिष्ट्रेसन गरेर आवश्यक कागजात अपलोड गरेपछि प्राप्त हुने ट्राभल अनुमति साथमा लिएर मात्र यात्राको अनुमति दिइने दूतावासले जनाएको छ ।

हरेक यात्रुको साथमा ७२ घण्टा यताको पिसिआर रिर्पोट नेगेटिभ हुनुपर्छ ।

Credit: OnlineKhabar

Copy link
Powered by Social Snap