२०८२ चैत्र ६

स्वास्थ्य

कोकिन कारोबारीमाथि प्रहरी अप्रेशन : भारततर्फ भाग्दाभाग्दै समातिइन् विदेशी महिला

कोकिन कारोबारीमाथि प्रहरी अप्रेशन : भारततर्फ भाग्दाभाग्दै समातिइन् विदेशी महिला

देश, समाचार, सामाजिक, स्वास्थ्य
नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरो अवैध लागुऔषध कोकिन कारोबारमा संलग्न गिरोहसम्म पुग्न सफल भएको छ । प्रहरीले ९ करोड मूल्य बराबरको झण्डै ३ किलो कोकिन बरामद गरेको हो भने त्यसमा संलग्न ३ विदेशी नागरिकलाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।  पक्राउ परेका एकजना भारतीय नागरिक हुन् भने अर्का एकजना अफ्रिकन र अर्का एक तान्जानियाका नागरिक हुन् । अफ्रिकन र तान्जानि महिला हुन् भने भारतीय अभियुक्त पुरुष हुन् । तान्जानियाकी महिला भारततर्फ भाग्दाभाग्दै सिन्धुलीबाट पक्राउ परेकी हुन् ।  Advertisement यसरी पक्राउ परे अभियुक्तब्यूरोका अनुसार गत भदौ ३ गते कतार एयरलाइन्सको विमानमार्फत केपटाउनबाट दोहा हुँदै नेपाल दक्षिण अफ्रिकन नागरिक सिर्ले गामा २ किलो ९६६ ग्राम कोकिन लिएर नेपाल आएकी थिइन् ।  उनीबारे प्रहरीले थप खुलाइसकेको छैन । उनले त्यति ठूलो परिमाणको लागूऔषध कसरी ...
खुकुरीले श्रीमतीको ढाडमा प्रहार गरेर हत्या गरेपछि श्रीमानले गरे आत्महत्या

खुकुरीले श्रीमतीको ढाडमा प्रहार गरेर हत्या गरेपछि श्रीमानले गरे आत्महत्या

देश, समाचार, स्वास्थ्य
 विराटनगर । भोजपुर षडानन्द नगरपालिका -९ तालखर्क का ४० बर्षीय बुद्दीमान राईले आफ्नै श्रीमतीको हत्या गरेर आत्महत्या गरेका छन् ।  शनिबार बिहान साढे १ बजे उनले आफ्नै श्रीमती २८ बर्षीया ईन्द्रकला राईलाई धारिलो हतियार खुकुरीले ढाडमा प्रहार गरी हत्या गरेका थिए । Advertisement त्यसलगत्तै आफूले पनि घरबाट अन्दाजी ४० मिटर टाढा रहेको दुधिलोको रुखमा झुन्डिएर आत्महत्या गरेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ। प्रहरीका अनुसार घटनास्थलमा आमालाई खुकुरी प्रहार गरेको देखेर उनीहरुकै ८ बर्षीय छोराले स्थानीयलाई खबर गर्न गएका थिए ।  स्थानीयबासी घटनास्थलमा पुग्दा ईन्द्रकला राईको मृत्यु भई सकेको र उनको पतिलाई खोजी गर्दा झुन्डिएको अवस्थामा शव फेला परेका थिए ।  घटनास्थलको ईलाका प्रहरी कार्यालय साङपाङ र ईलाका प्रहरी कार्यालय तिवारी भञ्ज्याङबाट प्र...
सुर्खेतमा तरुण दलका वडा उपाध्यक्षमाथि खुँडा प्रहार

सुर्खेतमा तरुण दलका वडा उपाध्यक्षमाथि खुँडा प्रहार

देश, समाचार, सामाजिक, स्वास्थ्य
सुर्खेतमा तरुण दलका एक वडा उपाध्यक्षमाथि खुँडा प्रहार भएको छ । वीरेन्द्रनगर नगरपालिका–१ का तरुण दलका उपाध्यक्ष समेत रहेका २५ वर्षीया सन्तोष गिरीमाथि वीरेन्द्रनगरको धमला चोकमा  खुँडा प्रहार भएको प्रहरीले बताएको छ। Advertisement शुक्रबार बेलुकी ६ बजेतिर धमला चोकको एक कटेजमा घटना भएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीले गिरीको दायाँ हातको बुढी औँला र बायाँ हातमा चोट लागेको रातोपाटीलाई जानकारी दिए । यद्यपि, उनले घटनाबारे थप कुरा अनुसन्धानपछि जानकारी गराउने बताए ।  मोटरसाइकलमा आएको एक समूहले सन्तोषमाथि खुँडा प्रहार गरेको तरुण दलका जिल्ला अध्यक्ष हरि विष्टले रातोपाटीलाई जानकारी दिए । उनले भने, ‘घटनाको सुरुवात बिहीबार साँझ एक होटलबाट नै सुरुवात भएको बुझिएको छ।  खुँडा हान्ने को हुन भन्नेबारे स्पष्ट जानकारी भने आ...
बढ्न थाले मौसमी फ्लुका बिरामी, कोरोना हो कि मौसमी फ्लु भनेर कसरी थाहा पाउने?

बढ्न थाले मौसमी फ्लुका बिरामी, कोरोना हो कि मौसमी फ्लु भनेर कसरी थाहा पाउने?

समाचार, स्वास्थ्य
नेपालमा अहिले गर्मी सिजन सकिएर बिस्तारै हिउँद सुरू हुँदै गर्दा मौसमी फ्लुका बिरामी बढ्न थालेको चिकित्सकहरू बताउँछन्। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनले पछिल्लो साता मौसमी फ्लुका बिरामी बढ्न थालेको बताए।  Advertisement 'अब सिजन परिवर्तन हुँदै गर्दा मौसमी ज्वरो र रुघाखोकीका बिरामी पनि बढ्न थालेका छन्। काठमाडौंभन्दा पनि बाहिरका जिल्लामा झन् धेरै बिरामी देखिएको भन्ने सुनेको छु,' उनले भने।  डा. पुनका अनुसार मौसमी फ्लुले समात्दा ज्वरो आउने, घाँटी दुख्ने, जीउ दुख्ने र खोकी लाग्ने गर्छ। त्यसैले यस्ता लक्षण देखिनसाथ मौसमी फ्लु भएको भनेर सम्झिनुपर्ने उनको भनाइ छ।  तर यी लक्षण कोरोनासँग मिल्दोजुल्दो भएकालाई धेरैलाई मौसमी फ्लु र कोरोना भएको छुट्याउन गाह्रो पर्ने डा. पुन बताउँछन्। ...
काठमाडौंमा आजदेखि भेराेसेलको दोस्रो डोज दिइँदै

काठमाडौंमा आजदेखि भेराेसेलको दोस्रो डोज दिइँदै

देश, समाचार, सामाजिक, स्वास्थ्य
११ भदौ, काठमाडौं । काठमाडौंमा कोभिड–१९ विरुद्धको भेरोसेलको पहिलो डोज लगाएका नागरिकलाई शुक्रबारदेखि दोस्रो डोज दिन शुरु गरिएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार गत साउन १४ गतेबाट भेरोसेलको पहिलो डोज लगाएका नागरिकलाई दोस्रो डोज दिन थालिएको हो । Advertisement तीन दिनसम्म चल्ने खोप अभियानमा पहिलो डोज लगाएका ५० वर्षभन्दामाथि उमेर समूहका नागरिकलाई खोप दिइने उनले बताए । यसैगरी विश्व विद्यालयका प्राध्यापक एवं विद्यालयका शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातका चालक, सहचालक, नेपाल सरकारले तोकेको अत्यावश्यक सेवामा कार्यरत व्यक्तिहरु, खोप अनिवार्य गरिएका देशमा जाने नेपाली नागरिक र यसअघि भेरोसेलको दोस्रो डोज लगाउन छुटेका नागरिकलाई खोप दिइने उनले बताए । खोप लगाउन जाने नागरिकले पहिलो डोज लगाएको खोपकार्ड र विद्युतीय दर्...
प्रदेश १ मा ६३७ मा कोरोना सङ्क्रमण

प्रदेश १ मा ६३७ मा कोरोना सङ्क्रमण

देश, समाचार, सामाजिक, स्वास्थ्य
पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ६३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा एक हजार ५६५ जनाको पीसीआर परीक्षण गर्दा ४३३ र एक हजार ७८ जनाको एन्टिजेन परीक्षण गर्दा २०४ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । Advertisement मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १५०, मोरङमा १३८, सुनसरीमा १०५, इलाममा १२, धनकुटामा आठ, भोजपुरमा चार, तेह्रथुम र उदयपुरमा तीन–तीन, पाँचथर, सोलुखुम्बु र सङ्खुवासभामा एकरएक र प्रदेश बाहिरका सात जनामा सङ्क्रमण देखिएको हो । प्रदेशमा आजै ५२८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २६३ महिला र २६५ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट छ महिलासहित नौ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । साभार: रातोपाटी ...
जापानको खोप कक्षा १२ का परीक्षार्थीलाई, १८ वर्षभन्दा मुनिकालाई मोडर्ना र फाइजर

जापानको खोप कक्षा १२ का परीक्षार्थीलाई, १८ वर्षभन्दा मुनिकालाई मोडर्ना र फाइजर

देश, शिक्षा, समाचार, स्वास्थ्य
जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले जापान सरकारले दिएको खोप स्टक रहेको भन्दै सोही खोप कक्षा १२ का परीक्षार्थीहरुलाई उपलब्ध गराउन शुरु गरिसकेको बताएका छन् । देशभरका गाउँ तथा शहरका कक्षा १२ का परीक्षार्थीले खोप लगाउन पाउने उनको भनाइ छ । उनले भने, ‘जापान सरकारले १६ लाख दिएको जुन खोप हो त्यो आइसक्यो । जेष्ठ नागरिकलाई दिइसकेपछि ५÷७ लाख स्टक छ । त्यो स्टक भएको चाहिँ कमसेकम १२ कक्षाका विद्यार्थीलाई देशभर उपलब्ध गराउने भनेर अहिले शुरु भएको छ । त्यो फेजमा आएको हुँदा खेरी १ नम्बर र २ नम्बर प्रदेशमा रिसेन्ट्ली हामीले पठाएका छौँ, ३÷४ दिन भयो । अरु ठाउँमा देशभरी पाँचवटा प्रदेशमा गइसकेको हुँदा खेरी ५ वटा प्रदेशको शहरको, गाउँको सबैले लाउन पाउँछन् ।’ Advertisement स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले सरकारले १८ वर्षभन्दा मुनिका बालबालिकाका लागि पनि खोप खरिदको प्रक्रिया...
वीरगञ्जमा स्टिल फ्याक्ट्रीको भट्टी बिस्फोट हुँदा १२ श्रमिक घाइते

वीरगञ्जमा स्टिल फ्याक्ट्रीको भट्टी बिस्फोट हुँदा १२ श्रमिक घाइते

देश, समाचार, सामाजिक, स्वास्थ्य
१० भदौ, वीरगञ्ज । वीरगञ्ज–पथलैया औद्योगिक करिडोरको एक स्टिल कम्पनीको भट्टीमा बिस्फोट हुँदा १२ जना श्रमिक घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर छ भने ५ जनाको अवस्था सामान्य रहेको पर्सा प्रहरीले जनाएको छ । करिडोर भित्रको सार्वोत्तम स्टिलको फलाम पगाल्ने भट्टी पड्किँदा तरल पदार्थ उछिट्टिएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले अनलाइनखबरलाई जानकारी दिए । Advertisement बिहीबार दिउँसो पौने एक बजे भएको घटनामा घाइतेहरु सबै भारतीय नागरिक रहेको र उनीहरुको बयोधा अस्पतालमा उपचार भइरहेको पाण्डेले बताए । उद्योगमा बिस्फोटपछि लागेको आगो दमकलको सहयोगमा नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको उनले बताए । Credit: OnlineKhabar ...
बिहिबार र शुक्रबार ललितपुरका विद्यार्थीलाई भेरोसिलको पहिलो मात्रा खोप

बिहिबार र शुक्रबार ललितपुरका विद्यार्थीलाई भेरोसिलको पहिलो मात्रा खोप

समाचार, स्वास्थ्य
ललितपुर ललितपुर महानगरपालिकाले भदौं १० बिहीबार र भदौं ११ शुक्रबार महानगरभित्र सञ्चालित विद्यालय र विश्वविद्यालय विद्यार्थीलाई भेरोसिलको पहिलो मात्रा खोप लगाउने भएको छ। Advertisement त्यसैगरी यी दुबै दिनमा महानगरभित्र बसोबास गर्ने ४० वर्ष माथिकालाई पनि भेरोसिलको पहिलो मात्रा लगाउने महानगरद्धारा जारी सूचनामा उल्लेख छ। भेरासिलको पहिलो मात्रा लगाएको २१ दिन पुरा भएकालाई महानगरले भदौं १२, १३, १४ गते दोस्रो मात्रा लगाउने महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले बताए। ‘खोपको उपलब्धतासँगै सबै पेशा र उमेर समूहलाई खोप उपलब्ध गराउँछौ,’ उनले भने। र्‍यापिड रेस्पोन्स टिमका संयोजकसमेत रहेका अर्यालले वडैपिच्छे तोकिएका खोप केन्द्रमा पुगेर खोप लगाउन अनुरोध गरे। विद्यार्थीलाई विद्यार्थी परिचयपत्र र अन्यलाई उमेर खुल्ने परिचयपत्रको आधारमा खोप लगाइनेछ। दो...
सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित एक पुरुषको मृत्यु

सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित एक पुरुषको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
८ भदौ, धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–२ का ९३ वर्षीय पुरुषको मृत्यु भएको हो । Advertisement प्रादेशिक अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले साउन ६ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गराइरहेका पुरुषको मृत्यु भएको जानकारी दिए । प्रादेशिक अस्पतालमा अहिले १० जना संक्रमितको उपचार भइरहेको छ । उनीहरु मध्ये पाँचजना आईसीयू र पाँचजना जनरल वार्डमा उपचाररत छन् । Credit: OnlineKhabar ...