२०८३ बैशाख २७

स्वास्थ्य

स्वास्थ्य मापदण्ड पालना नभएमा त्रिविका परीक्षा स्थगित गर्न प्रधानमन्त्रीको निर्देशन

स्वास्थ्य मापदण्ड पालना नभएमा त्रिविका परीक्षा स्थगित गर्न प्रधानमन्त्रीको निर्देशन

राजनीति, स्वास्थ्य
त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मापदण्ड पालना गरी त्रिविका परीक्षा सञ्चालन भएका छन् कि छैनन् भन्ने अनुगमन गर्न निर्देशन दिएका छन्। Advertisement त्रिविले सञ्चालन गरेका परीक्षामा कोरोना संक्रमित विद्यार्थी पनि अरू विद्यार्थीसँगै राखेर परीक्षा लिइरहेको भन्दै गुनासा आएका थिए। परीक्षा केन्द्रमा सामाजिक दूरी कायम गरी विद्यार्थी राखे वा नराखेको तथा सेनिटाइजर लगायतका सामग्री व्यवस्था भए वा नभएकोलगायत अनुगमन गर्न प्रधानमन्त्री देउवाले निर्देशन दिएका हुन्। त्रिविका परीक्षा केन्द्रहरूमा आज अनुगमन गर्न प्रधानमन्त्री देउवाले निर्देशन दिएका हुन्। अनुगमनका क्रममा स्वास्थ्य मापदण्ड पालना गरेको नपाइएमा केही साता परीक्षा स्थगित गर्नसमेत देउवाले निर्देशन दिएको उनको सचिवालयले जनाएको छ। ‘परीक्षा चलेका कलेजमा आज...
कर्णाली प्रदेश अस्पतालमा आजदेखि अतिरिक्त समयमा विशेषज्ञ सेवा सुरू

कर्णाली प्रदेश अस्पतालमा आजदेखि अतिरिक्त समयमा विशेषज्ञ सेवा सुरू

समाचार, स्वास्थ्य
कर्णाली प्रदेश अस्पतालले अतिरिक्त समयमा विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको छ। सोमबारदेखि विभिन्न रोगहरुको विशेषज्ञ सेवाहरु अतिरिक्त समयमा दिन थालिएको हो। Advertisement अस्पतालमा आजदेखि शनिबारबाहेक हप्तामा ६ दिन दैनिक दुई घण्टा अतिरिक्त विशेषज्ञ सेवा दिन थालिएको हो। बिहान ७ बजेदेखि ९ बजेसम्म विशेषज्ञ डाक्टरहरुबाट सेवाहरु प्रदान गर्न लागिएको कर्णाली प्रदेश अस्पतालले जनाएको छ। बालरोग, मेडिसिन, सर्जरी, स्त्री तथा प्रसुती रोग, हाडजोर्नी तथा नसा रोग, नाक, कान, घाँटीसम्बन्धी रोग, छाला, सौन्दर्य तथा यौन रोग, मानसिक रोगहरुको विशेषज्ञ सेवा अतिरिक्त समय दिन थालिएको अस्पतालले जनाएको छ। अस्पतालमा आउने बिरामीलाई सहज र सरल सेवा पुर्‍याउने उद्देश्यले अतिरिक्त समय विशेषज्ञ सेवा सुचारु गरिएको अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले बताए...
अर्थ मन्त्रालयले भन्यो– स्यानिटरी प्याडमा भन्सार महशुल बढाइएको छैन, भ्रममा नपरौं

अर्थ मन्त्रालयले भन्यो– स्यानिटरी प्याडमा भन्सार महशुल बढाइएको छैन, भ्रममा नपरौं

समाचार, स्वास्थ्य
वर्तमान सरकारले स्यानिटरी प्याडको आयातमा भन्सार महशुल बढाएको भन्दै आलोचना भएपछि अर्थ मन्त्रालयले यसबारे भ्रम फैलाइएको स्पष्ट पारेको छ।  Advertisement स्यानिटरी प्याड आयातमा आर्थिक वर्ष २०६९/७० अघिदेखि लाग्दै आएको १५ प्रतिशत भन्सार महशुल आर्थिक ऐन २०७८ मा जस्ताको तस्तै कायम राखिएको अर्थ मन्त्रालयले जनाएको छ।   ‘वर्तमान सरकारले महशुल बढाएको भन्ने तथ्यहीन हल्लाहरुको भ्रममा नपर्न सरोकारवाला सबैमा अनुरोध गर्दछौं’ मन्त्रालयले विज्ञप्तिमा भनेको छ  ‘बरु स्यानिटरी प्याड उत्पादन गर्ने स्वदेशी उद्योगमा प्रयोग हुने कच्चा पदार्थ आयातमा लाग्दै आएको १० प्रतिशत भन्सार महशुल आधा घटाएर ५ प्रतिशत मात्र कायम गरिएको छ।’ स्वदेशी उद्योगलाई प्रोत्साहन गरी आयात प्रतिस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले कच्चा पदार्थ आयातमा भन्सार शुल्क घटाइएको मन्त्रालयले जनाएको...
टिकटक बनाउने क्रममा सेती नदीमा खसेर युवती बेपत्ता

टिकटक बनाउने क्रममा सेती नदीमा खसेर युवती बेपत्ता

देश, समाचार, सामाजिक, स्वास्थ्य
टिकटक बनाउने क्रममा तनहुँमा सेती नदीमा खसेर युवती बेपत्ता भएकी छिन् । शुक्लागण्डकी नगरपालिका –८ पुलचोकस्थित रहेको सेती नदीको रक गार्डेनबाट खस्दा नवविवाहित युवती बेपत्ता भएकी छन् ।  टिकटक बनाउने क्रममा शुक्लागण्डकी–८ की १९ वर्षीया पवित्रा लम्साल खसेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।  Advertisement उनका अनुसार ३ जना साथीहरू सहित सेतीको किनारको रक गार्डेनमा फोटो र टिकटक बनाउन गएकी लम्साल नदीमाथिको पुलको बीचबाट खसेर बेपत्ता भएकी हुन् । केही दिन अघि मात्र विवाह भएकी लम्साल दुल्हन फर्काउन माइत आएकी थिइन् । मंगलबार दिउँसो दुई साथीहरूसँग घुम्न सेती नदीमा रहेको रकगार्डेन पुगेकी थिइन् । लम्साल टिकटक बनाउने क्रममा चिप्लिएर बेपत्ता भएपछि साथीहरूले अभिभावक र प्रहरीलाई खबर गरेका थिए । दिउँ...
२४ घण्टामा ११ सय बढी कोरोना संक्रमित थपिए, २१ को मृत्यु

२४ घण्टामा ११ सय बढी कोरोना संक्रमित थपिए, २१ को मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
पछिल्लो २४ घण्टामा देशभर ११४६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १६६० जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ७५ हजार ५४८ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८६ हजार ४०४ जना  पुगेको छ ।  Advertisement संक्रमितमध्ये ७ लाख ३६ हजार ६६६ जना निको भएका छन् ।  यस्तै पछिल्लो २४ घण्टामा २१ जनाले कोरोनाबाट ज्यान गुमाएसँगै मृतकको कुल संख्या १० हजार ९२४ जना पुगेको मन्त्रालयले जनाएको छ ।  हाल देशभर कोरोनाका सक्रिय संक्रमित २७ हजार ९५८ जना रहेका छन् ।  साभार: रातोपाटी ...
गण्डकीमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

गण्डकीमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

देश, समाचार, स्वास्थ्य
गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत ६ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्‍चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए ।  कोरोना संक्रमणबाट मृत्यु हुनेमा पोखरा–१४ की ६४ वर्षीय महिला, म्याग्दी रघुगंगा–३ का ७२ वर्षीय पुरुष, स्याङजा बिरुवा–४ का ५८ वर्षीय पुरुष, पर्वत कुश्मा–६ की ६९ वर्षीय महिला, बागलुङ नगरपालिका –८ की ६७ वर्षीय महिला र तनहुँ ब्यास–४ की ३३ वर्षीय महिला रहेका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ३१२ पुगेको छ । Advertisement त्यसैगरी गण्डकी प्रदेशमा थप ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९०४ जनाको नमुना परीक्षण गरिएकामा ९२ जनामा संक्रमण देखिएको हो ।  संक्रमितमध...
सुदूरपश्चिममा थप ३४ जनामा कोरोना सङ्क्रमण, ३१ डिस्चार्ज

सुदूरपश्चिममा थप ३४ जनामा कोरोना सङ्क्रमण, ३१ डिस्चार्ज

देश, समाचार, स्वास्थ्य
सुदूरपश्चिममा प्रदेशमा आज थप ३४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा  पिसिआर र एन्टिजेन विधिबाट प्रदेशभर ८०४ जनाको नमूना परीक्षण गर्दा ३४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । चौतीस जनामध्ये २७ जनामा पिसिआर र सात जनामा एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो । Advertisement पिसीआर विधिमार्फत गरिएको परीक्षणमा सेती प्रादेशिक अस्पतालमा २६ जना र बैतडी अस्पतालमा एक जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा कञ्चनपुरमा पाँच र बाजुरामा दुई जनामा कोरोना सङक्रमण देखिएको निर्देशनालयले जनाएको छ । यसैबीच गएको २४ घण्टामा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन भने सोही अवधिमा प्रदेशभर ३१ जना सङ्क्रमणमुक्त भएका हुन् । साभार: रातोपाटी ...
एमाले अध्यक्ष ओली अस्वस्थ

एमाले अध्यक्ष ओली अस्वस्थ

राजनीति, स्वास्थ्य
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन्।  Advertisement पार्टी विभाजनपछि नेता/ कार्यकर्तासँगको भेटघाट र सक्रियताको धपेडीले उनी अस्वस्थ भएको ओलीका प्रेस संयोजक रामशरण बजगाईंले बताए। ओली बिरामी भएपछि शनिबारका औपचारिक कार्यक्रम र भेटघाट बन्द गरिएको छ। 'यो बीचमा धेरै दौडधुप भएकाले होला। ज्वरो आएको छ',उनले भने, ‘ आजका लागि तय भएको भेटघाट तथा भेला कार्यक्रम बन्द गरिएको छ।’  ...
गण्डकीमा १५७ जनामा कोरोना संक्रमण पुष्टि, थप ५ जनाको मृत्यु

गण्डकीमा १५७ जनामा कोरोना संक्रमण पुष्टि, थप ५ जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
उनकाअनुसार कास्की ८५, बागलुङ २, स्याङ्जा २१, म्याग्दी ५, पर्वत २, गोरखा ९,लमजुङ १०, तनहुँमा १० र नवलपरासी पूर्वमा १३ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८२ हजार १४९ पुगेको छ । गण्डकी प्रदेशका विभिन्न अस्पतालमा उपचाररत ५ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–१९ का ८१ वर्षीय पुरुष, पोखरा–२६ का ४४ वर्षीय पुरुष, पोखरा–१२ की ८४ वर्षीय महिला, पर्वत कुश्मा–३ का ७५ वर्षीय पुरुष र तनहुँ ब्यास–३ की ४८ वर्षीय महिलाको मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३०६ पुगेको छ । Advertisement गण्डकी प्रदेशमा हालसम्म ७७ हजार ९२३ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । प्रदेशमा एकै दिन संक्रमणमुक्त हुनेको संख्या ३४४ पुगेको छ ।  गण्डकीमा सक्रिय क...
काठमाडौं महानगरपालिका १९ का वडाध्यक्षको निधन

काठमाडौं महानगरपालिका १९ का वडाध्यक्षको निधन

देश, समाचार, सामाजिक, स्वास्थ्य
काठमाडौँ महानगरपालिका–१९ का वडाध्यक्ष शशिलाल श्रेष्ठको निधन भएको छ । खाना खाने नलीको क्यान्सर रोगबाट पीडित ६५ वर्षीय श्रेष्ठको आज दिउँसो नर्भिक अस्पतालमा निधन भएको वडा कार्यालयले जनाएको छ । तीन महिनाअघि मात्र उनमा खाना खाने नलीको क्यान्सर रोग पत्ता लागेको थियो । बिहानसम्म साविक झैँ कुराकानी गर्नुभएका श्रेष्ठलाई दिउँसो २ बजेपछि रोगले चापेको हो । Advertisement विद्यार्थीकालदेखि नै नेपाल विद्यार्थी सङ्घको राजनीतिमा सक्रिय भएका श्रेष्ठ २०४९ सालको स्थानीय निकाय निर्वाचनदेखि वडाध्यक्ष निर्वाचित भएका थिए । विसं २०५४ र २०७४ स्थानीय निर्वाचनमा पनि नेपाली काँग्रेसबाट उम्मेदवार भई श्रेष्ठ वडाध्यक्ष पदमा निर्वाचित हुनुभएको वडा सदस्य मधुसुदन प्रधानले  जानकारी दिए । पञ्चायतकालमा पनि उनी वडा सदस्य पदमा निर्वाचित भएका थिए ।  नर्भिक अस्पतालबाट शुक्रबार बिहान श्...