२०८१ बैशाख ७

गण्डकीमा १५७ जनामा कोरोना संक्रमण पुष्टि, थप ५ जनाको मृत्यु

उनकाअनुसार कास्की ८५, बागलुङ २, स्याङ्जा २१, म्याग्दी ५, पर्वत २, गोरखा ९,लमजुङ १०, तनहुँमा १० र नवलपरासी पूर्वमा १३ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८२ हजार १४९ पुगेको छ ।

गण्डकी प्रदेशका विभिन्न अस्पतालमा उपचाररत ५ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–१९ का ८१ वर्षीय पुरुष, पोखरा–२६ का ४४ वर्षीय पुरुष, पोखरा–१२ की ८४ वर्षीय महिला, पर्वत कुश्मा–३ का ७५ वर्षीय पुरुष र तनहुँ ब्यास–३ की ४८ वर्षीय महिलाको मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३०६ पुगेको छ ।


Advertisement


गण्डकी प्रदेशमा हालसम्म ७७ हजार ९२३ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । प्रदेशमा एकै दिन संक्रमणमुक्त हुनेको संख्या ३४४ पुगेको छ ।  गण्डकीमा सक्रिय कोरोना संक्रमितको संख्या २ हजार ९२० रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।  

साभार: रातोपाटी

Copy link
Powered by Social Snap