२०८१ बैशाख ८

नेपालमा एक सातापछि कोरोनाविरुद्ध खोपको क्लिनिकल ट्रायल सुरु गरिँदै

नेपालले चिनियाँ कम्पनी वालभ्याक्सले निर्माण गरेको एमआरएनए खोपको क्लिनिकल परीक्षण एक सातापछि सुरु गरिने भएको छ । देउराली जनता फर्मास्युटिकल्सले बिपी कोइराला इस्टलभेन्स साइन्सेज धरानबाट क्लिनिकल ट्रायल सरु गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले जानकारी दिए ।


Advertisement


 गएको बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले नेपालमा चीनको एमआरएनए खोपलाई क्लिनिकल परीक्षण गर्न अनुमति दिएको थियो । विश्व स्वास्थ्य संगठनले मान्यता नदिइकन चीनको कम्पनी वालभ्याक्सको एमआरएनए निर्माण गरेको खोप नेपालमा क्लिनिकल ट्रायलका लागि परीक्षण सुरु गर्न लागिएको हो ।

एमआरएनए खोपले शरीरको कोषलाई निश्चित प्रकारको जीवाणुसँग लड्न रोग प्रतिरोधात्मक क्षमता विकासका लागि सहयोग गर्ने खोप विज्ञहरुले बताउँदै आएका छन् । 

साभार: रातोपाटी

Copy link
Powered by Social Snap