२०८१ बैशाख ८

सुदूरपश्चिममा थप ३४ जनामा कोरोना सङ्क्रमण, ३१ डिस्चार्ज

सुदूरपश्चिममा प्रदेशमा आज थप ३४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा  पिसिआर र एन्टिजेन विधिबाट प्रदेशभर ८०४ जनाको नमूना परीक्षण गर्दा ३४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । चौतीस जनामध्ये २७ जनामा पिसिआर र सात जनामा एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो ।


Advertisement


पिसीआर विधिमार्फत गरिएको परीक्षणमा सेती प्रादेशिक अस्पतालमा २६ जना र बैतडी अस्पतालमा एक जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा कञ्चनपुरमा पाँच र बाजुरामा दुई जनामा कोरोना सङक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।

यसैबीच गएको २४ घण्टामा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन भने सोही अवधिमा प्रदेशभर ३१ जना सङ्क्रमणमुक्त भएका हुन् ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap