२०८१ बैशाख २५

कोकिन कारोबारीमाथि प्रहरी अप्रेशन : भारततर्फ भाग्दाभाग्दै समातिइन् विदेशी महिला

नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरो अवैध लागुऔषध कोकिन कारोबारमा संलग्न गिरोहसम्म पुग्न सफल भएको छ । प्रहरीले ९ करोड मूल्य बराबरको झण्डै ३ किलो कोकिन बरामद गरेको हो भने त्यसमा संलग्न ३ विदेशी नागरिकलाई पक्राउ गरेर सार्वजनिक गरेको छ । 

पक्राउ परेका एकजना भारतीय नागरिक हुन् भने अर्का एकजना अफ्रिकन र अर्का एक तान्जानियाका नागरिक हुन् । अफ्रिकन र तान्जानि महिला हुन् भने भारतीय अभियुक्त पुरुष हुन् । तान्जानियाकी महिला भारततर्फ भाग्दाभाग्दै सिन्धुलीबाट पक्राउ परेकी हुन् । 


Advertisement


यसरी पक्राउ परे अभियुक्त
ब्यूरोका अनुसार गत भदौ ३ गते कतार एयरलाइन्सको विमानमार्फत केपटाउनबाट दोहा हुँदै नेपाल दक्षिण अफ्रिकन नागरिक सिर्ले गामा २ किलो ९६६ ग्राम कोकिन लिएर नेपाल आएकी थिइन् ।  उनीबारे प्रहरीले थप खुलाइसकेको छैन । उनले त्यति ठूलो परिमाणको लागूऔषध कसरी विमानस्थलबाट छिराउन सफल भइन् भन्नेबारे पनि बताइएको छ । तर उनलाई विशेष सूचनाको आधारमा ब्यूरोको टोलीले कमलादीस्थित एक होटलबाट पक्राउ गरेको उल्लेख गरिएको छ । 

यस्तै  कारोबारमा संलग्न भारतको बैंकलोरका विजय सिंहलाई पनि भदौ ८ गते कमलादीबाटै पक्राउ गरिएको थियो । उनी गामासँग कोकिन लिनका लागि आएको खुल्न आएको प्रहरीको भनाइ छ ।  यस्तै उक्त कारोबारमा संलग्न तान्जानियाको नागरिक गेरट्रुड लियोनार्ड किमारो भने भारततर्फ भाग्दै गरेको अवस्थामा सिन्धुलीको खुर्कोटबाट पक्राउ परेको ब्युरोले जनाएको छ ।  सो कोकिनको मूल्य ९ करोड मूल्य बराबरको रहेको र संलग्न व्यक्तिउपर १५ देखि जन्म कैद र २५ लाखसम्म जरिवाना हुने कानुनी प्रावधान रहेको छ ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap